協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Saturday, May 25, 2019
新開地「愛に恋」
会わんと
伝わらないものがある
実際、愛も恋も
会ってはじめて
成就じゃないのか?
だから、おれ、ずっと
「会いに来いよ」を
「愛に恋よぉ」
言うとんねん
会うたら始まる
1回会うたら友達
2回会うたら親友
3回会うたら家族や
人とのつながりいうのは
時間かかんねやて
絆いうのは
その継続の先に
得られる果実や
大好きなアニキの
教えです。
Friday, May 24, 2019
जापान मा रहनु हुने सम्पूर्ण दाजु भाई दिदि बहिनि हरुले जानी राख्नु पर्ने कुराहरु
जापान मा रहनु हुने सम्पूर्ण दाजु भाई दिदि बहिनि हरुले जानी राख्नु पर्ने कुराहरु
जापानमा बस्ने नेपालीहरूको संख्या ८० हजार नाघिसकेको छ र नेपालीहरूको संख्या बढ्दै गए अनुसार बिभिन्न समस्याहरू पनि बढ्दै गएको छ । यो सबै हुनु भनेको नेपालबाट जापान आउने बेलामा जापानको बारेमा केही पनि नबुझी अन्धाधुन्ध जापान भित्रिनु एउटा मूख्य कारण हो भने अर्को जापानमा भएका नेपाली दलालहरू नै हुन ।
अपराध भनेको ठूलो पनि अपराध र सानो पनि अपराध नै हो । कतिपयलाई अपराध भन्ने शब्दको वास्तविक अर्थ थाहा नहुन सक्छ ।
जापान जस्तो बिकशित देश, जहाँ परिश्रम गर्ने हो भने महिनामा २,३ लाख आरामले जसले पनि कमाउन सक्छ । तर जापान जस्तो विकशित देशमा आएर पनि श्रम गरेर नखाई, नेपालीलाई नै ठगेर खान पल्केका अल्छी दलालहरूले गर्दा विविध समस्या उत्पन्न भएको पाइन्छ ।
हाल जापानमा नेपालीहरू के कस्तो केशमा पुलिसको फन्दामा परि थुना र जेलको जीवन ब्यतित गरिरहेका छन भन्ने कुरा सबैलाई जानकारी गराउनको लागि छोटकरीमा बुँदागत रुपमा लेख्दैछु । यी बुँदाहरू पढ्नुहुनेहरूले यस्ता कुराहरू गर्नु जापानमा क्राइम रहेछ भन्ने बुझी सचेत हुनुभयो भने नेपालीहरूको जापानमा क्राइम डाटा अलिकति भए पनि तल झर्छ कि भन्ने लाग्दछ । जबकी कसैले पनि यस्तो काम गरी जापानको कानुन उल्लंघन नगरोस र एउटा सपना बोकेर जापान आएको कुनै पनि नेपाली जापान पुलिसको खोरमा थुनिएर बस्नु नपरोस । अपराध भनेको ठूलो पनि अपराध र सानो पनि अपराध नै हो । कतिपयलाई अपराध भन्ने शब्दको वास्तविक अर्थ थाहा नहुन सक्छ ।
नेपालको सन्दर्भमा अपराध भन्ने बित्तीकै हत्या, चोरी डकैती हो भन्ने कुरा हाम्रो दिमागमा हुन्छ। हत्या भन्ने कुरा अपराधभित्रको एउटा हाँगा मात्र हो र हजारौ अपराध भित्र पर्ने एउटा अपराध हो । नियम र कानुन देश अनुसार फरक फरक हुन्छन् । जुनै पनि देशमा नियम-कानुन बनाउने बेलामा त्यो देशका देशवासीहरूको रितिरिवाज, धर्म, सँस्कृति र परम्परा र परिस्थितीहरूलाई मध्यनजर गरी निर्धारण गरेको हुन्छ । त्यसैले हामी जुन देशमा गए पनि त्यो देशको बारेमा अलिकति भए पनि ज्ञान लिएर जानु उपयूक्त हुन्छ । कतिपय कुराहरू हाम्रो देशमा सामान्य लाग्ने कुराहरू विदेशमा अपराध हुन जान्छ । नेपालमा जो सुकैले सामान्य र पचाउन सक्ने कुरा जापानमा ठूलोअपराधको रुपमा लिइएको पनि हुन्छ।
हाल नेपालीहरू पुलिसको कठघरामा थुनिनु परेको मुख्य धटनाहरू निम्नानुसार छन –
१. झै-झगडा गर्ने, हात हाल्ने, तोडफोड गर्ने, मारपिट गर्ने ।
२. जापानीहरू सँग नक्कली विवाह ( कागजी बिवाह) गर्ने ।
३. पैसाखाएर नक्कली सन्तान बनाई जापान बोलाउने ।
४. विविध तरिकाले ठगी गर्ने, दलाली गर्ने ।
५. भिजिट भिषामा बोलाइ रिफ्यूजी हुन प्रोत्साहन गराउने र सो गरेवापत मोटो रकम लिने ।
६. अर्काको रेसिडेन्स कार्ड बोकि हिड्ने र अर्काको कार्ड देखाइ काम गर्ने ।
७. लाइसेन्स बिना गाडी चलाउने ।
८. मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ।
९. ओभरस्टे बस्ने ।
१०. जापानमा दर्ता नभएका अबैधानिक फोन कार्डहरू प्रयोग गर्ने (किन्ने बेच्ने दुबै)
११. अर्काको क्रेडिट कार्ड बोकि हिड्ने, किनमेल गर्ने ।
१२. अर्काको भिषा देखाएर फोन, इन्टरनेट निकाल्ने ।
१३. नक्कली कार्डहरू बोकि हिड्ने तथा प्रयोग गर्ने ।
१४. अर्काको डकुमेन्ट मा सम्बन्धित ब्यक्तिलाई थाहै नदीईकन नक्कली डिपेन्डेन्टहरू बोलाउने ।
१५. नक्कली भिषा र नक्कली कार्ड प्रयोग गरी काम गर्ने ।
१६. डिपेन्डेन्ट भिषा र विध्यार्थी भिषा भएकाहरूले २८ घण्टा भन्दा बढी २-३ ठाउँमा काम गर्ने ।
१७. भिषा एउटा कम्पनीको तर काम अर्कै कम्पनिमा गर्ने ।
१८. चोरी ( कन्भिनीमा १०० येनको क्याण्डी देखि लिएर लाखौको सामान) ।
१९. पाकेट मार्ने ।
२०. लागूपदार्थ ओसारपसार एवं बिक्री बितरण ।
२१. अर्काले लगाएको फलफूल साग सब्जी चोरी खाने ।
२२. राती हो-हल्ला गर्ने, अर्कालाई डिस्टर्ब हुने काम ( मेइवाकु) गर्ने ।
२३. राती १० बजे पछि अर्कालाई फोन गरी डिस्टर्ब गर्ने ।
२४. जथाभावी फोहोर फाल्ने । जल्ने र नजल्ने फोहोर एकै ठाउँमा मिसाएर फाल्ने ।
२५. सुपर मार्केट देखि कन्भिनी भित्र वा निषेधित क्षेत्र भित्र थुक्ने या फोहोर फाल्ने ।
२६. २० बर्ष नपुगेकाले चुरोट, रक्सी किन्ने ।
२७. ट्राफिक नियम विपरीत बाटो काट्ने ।
२८. ओभर स्पीड गाडी चलाउने ।
२९. कन्ट्रयाक्ट पेपर अनुसार कामदार लाई तलब नदिने ।
३०. कामदारलाई अाठ घण्टा भन्दा बढी काम लगाइ ओभर टाइमको पैसा नदिने ।
३१. पैसा लिएर काममा लगाउने ।
३२. पैसा ब्याजमा लेनदेन गर्ने ।
३३. हुण्डीबाट बिदेश पैसा पठाउने ।
३४. जुवा तास खेल्ने, खेलाउने ।
३५. अवैधानिक यौन ब्यापार गर्ने, गराउने ।
३६. दर्ता नगरी कम्पनि, संघ-संस्था खोल्ने ।
३७. टिकट छलेर ट्रेन चढ्ने । ( बच्चाको सस्तो टिकट किनेर ठूलो मान्छे त्यसमा यात्रा गर्ने )
३८. अर्काको होकेन ( इन्स्योरेन्स ) प्रयोग गरी उपचार गर्ने, गराउने ।
३९. सार्बजनिक ठाउँमा दिसा-पिसाब गर्ने ।
४०. पुरानो र बिग्रेका साइकलहरू जथाभावी फाल्ने, अर्काले फालेको साइकल चढी हिड्ने ।
४१. घर भाडा, पानी, बत्ती, ग्याँस , फोन , इन्स्योरेन्सको पैसा नतिर्ने ।
४२. ट्याक्स नतिर्ने ।
४३. जथाभाबी पार्किङ गर्ने ।
४४. भिड भएको बस र ट्रेनमा महिलाहरूको गुप्ताङ्गहरूमा हात लगाउने ।
४५. जबरजस्ती यौन सम्पर्क गर्न खोज्ने र केटीहरू समात्ने ।
४६. क्रेडिट कार्ड प्रयोग गरी लिएकाे ऋण फिर्ता नगर्ने ।
४७. अपहरण गर्ने , थर्काउने, धम्काउने ।
४८. अर्काले खसालेको सामान टिपेर पुलिसमा नबुझाइकन आफैले लिएर जाने ।
४९. स्कूल तथा कलेजको होस्टल भनी यौन ब्यापार सेन्टर खोल्ने ।
५०. सामाजिक संजालमा(बिशेषगरी) अर्काको मानहानी गरी बिभिन्न लेखहरू लेख्ने । ( साइबर क्राइम गर्ने ) ।
५१. घरेलु हिंसा गर्ने ( श्रीमतीलाई थर्काउने, पिट्ने) ।
५२. नेपालमा श्रीमति भएर पनि नक्कली कागजपत्र बनाई जापानमा अर्को विवाह गर्ने ।
५३. एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेको १५ दिन भित्रमा आफ्नो रेसिडेन्स कार्डमा एड्रेश चेन्ज नगर्ने ।
भैरमलाई कालो बोंका र कालो भाले
प्रक्रिति पुजक बेगखोलेहरू
गतबर्ष झै बेग-३ का बल बहादुर चोचाड.गीले गाउँमा रहेको भैरमथानमा यसबर्ष पनि कालों बोका र कालों भाले ले मन्दिरमा मसानको अनौठो पूजा पूजेका छन् ।
पुजा गरिने दिन घरबाट मन्दिर तथा पुजा अवधिभर मौन बस्नुपर्ने धार्मिक मान्यता रहेको अवस्थामा कसैले बेलाएर अनिष्ठ हुने भएकाले अर्को बर्ष बली दिएर पुजा गर्नुपर्ने अनौठो तथा पुन मगर समुदायको पवित्र पुजाको रुपमा मानिने भैरमथानको पुजा शनिबार गरिएको छ ।मानबस्तीको विस्तारसंगै ओखरबोट गाविसमा बसोबास गर्ने पुन मगर समुदायले हरेकबर्ष थानमा पुगेर पुजा गर्ने गर्दछन् । ‘पुजामा बोल्नु जरिमाना जस्तै हो ।
विधि र प्रक्रिया पुरा गरेर पुजा सकेपछि खानपिन गरेर घर फर्कने चलन छ।मन्दिरमा बली दिएका पशुपंक्षीको पुजाआजा सकेपछि मासु घरमा लैजान नमिल्ने र अन्य जातीलाई समेत दिन नमिल्ने हभएकोले पुजाको क्रममा कसैले बेलाएमा त्यसका बारेमा समुदायभित्रका मन्दिरमा पुजा गर्न नगएकाहरूलाई समेत जानकारी हुने गरेको स्थानीयको भनाई छ ।
बेग गाउँमा करिव ३०० घरधुरी रहेको पुन मगर समुदायले आफ्नो परम्परागत पुजाका दिन अन्य जातजातीले पुजाका विधिहरू अनुसार चल्ने गरेका छन् । ‘पुजाको दिन हामीले पनि बोलाउँदैनौ,जसले बोलाएपनि अनिष्ठ हुन्छ भन्ने पुरानो भनाई छ’ पुन मगर समुदायले यसलाई एकता, सदभाव, सुख, शान्ति र समृद्धिको कामना गर्ने पुजाका रुपमा समेत लिने गरेका छन् ।
आफ्नो लक्ष्य प्राप्तीका लागि गरिएको भाकल अनिवार्य पुजा गर्नुपर्ने र मनोकामना पुरा गर्न समेत भाकल गर्ने चलन रहेको छ । मन्दिरमा ६५ बर्षिय गो प्रसाद पुन र बल बहादुर चोचाड.गी सहित पुन मगर समुदायका अगुवा, यूवा, आमा समुह लगाएतको सक्रियतामा पुजारीको उपस्थितीमा पुजा सम्पन्न भएको थियो ।
Thursday, May 23, 2019
परिवारको महत्त्व
परिवारको महत्त्व
‘परिवार महत्त्वपुर्ण कुरामात्र होइन, यो त सबथोक हो । संसारभर सुखको सबैभन्दा ठूलो स्रोत परिवारलाई मानिन्छ । तर, मान्छेको जीवनमा हुने निराशा र हारको सबैभन्दा ठूलो स्रोत पनि परिवारिक समस्यासँगै जोडिएको हुन्छ । भनिन्छ– फ्रेन्च सम्राट नेपोलियनको पतनमा उनको पारिवारिक विखण्डन र विचलनको पनि हात थियो ।
परिवार पनि लोकतान्त्रिक संस्था हो । एक जनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ ।
परिवार टुक्रने कारण
बाउछोराबीच वैमनस्य, दाजुभाइबीच पानी बराबरका घटना हाम्रो समाजमा नौलो होइन । विविध कारणले हाम्रो समाजमा पारिवारिक एकता कमजोर हुँदै गइरहेका छन् । जोडिनुको सट्टा भत्किरहेका छन् परिवारहरू । समाजशास्त्री डा. मीना उप्रेती भन्छिन्, ‘पछिल्लो समय धेरैजसो परिवारमा निराशावादी चिन्तन बढेको छ, एकताभन्दा बढी विचलन छ ।’ केही महिनाअघि एउटा अनुसन्धानका क्रममा डा. उप्रेती थुप्रै परिवारकहाँ पुगेकी थिइन् । त्यतिबेला थुप्रै महिलाले परिवारलाई बलियो बनाउन समय र प्रेम महत्त्वपूर्ण रहेको बताएका थिए । ‘धेरै महिलाले मलाई ‘पैसामात्र होइन, समय पनि चाहियो, प्रेम पनि गर्नुप¥यो’ भन्दै गुनासो पोखेका थिए,’ उनले सुनाइन् ।
त्यसो त पछिल्लो समय आर्थिक कारणले परिवारहरू टुक्रिरहेका छन् । अंशबण्डा गरेर छुट्टिरहेका छन् । अन्तरजातीय बिहेलाई स्विकार्न नसक्दा पनि परिवारभित्र विग्रह निम्तिइरहेको छ । समाजशास्त्री उप्रेती भन्छिन्, ‘स–सानो कारणले परिवार टुक्रिरहेको छ । जस्तैः रक्सी खाएको कारण, अर्कोसँग बोलेको कारण, तरकारीमा नुन नहालेको, जागिर छोडेका आदि–इत्यादी ।
वास्तवमा किन भत्किरहेको छ त परिवार ? टुक्रिएका मनहरूलाई सोधे पुग्छ । काठमाडौँ, बौद्धकी मनु लिम्बू (नाम परिवर्तन) चार वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडेर दुईवर्षे छोरासँगै बस्दै आइरहेकी छिन् । ‘सबैभन्दा ठूलो कुरा प्रेम रहेछ,’ उनले आफ्नो परिवार भत्किनुको कारण खुलाइन्, ‘हाम्रो तीनजनाको सानो परिवार अहिले छैन ।
श्रीमान कता छन्, मलाई थाहा छैन । स–साना कुरामा निहुँ खोज्थे । परपुरुषसँग कुरा गर्नासाथ शंका गर्थे । हामी आमा–छोरालाई समय फिटिक्कै दिँदैनथे । बिहान घरबाट निस्केको मान्छे राति १२ बजे फर्किन्थे । अत्याचार सहनुभन्दा त छुट्टिनै नै जाती भनेर यस्तो निर्णय गरेँ ।’
विश्वासः सबैभन्दा ठूलो कुरा
वास्तवमा जग, पिलर र चार भित्ताले मात्रै घर बलियो बन्दैन । यसलाई बलियो बनाउन त सबैभन्दा पहिले परिवार बलियो हुनुपर्छ । र, परिवार बलियो बनाउनलाई एउटै छतमुनि बस्ने सदस्यबीच प्रेम र विश्वास हुनु आवश्यक छ । अभिनेत्री करिश्मा मानन्धरको धारणा पनि यस्तै छ । उनले व्यवसायी विनोद मानन्धरसँग बिहे गरेको २५ वर्ष पूरा भइसकेको छ । उनकी छोरी २२ वर्षकी भइसकिन्, जो अमेरिकामा छिन् । ‘परिवार बलियो बनाउने सबैभन्दा ठूलो औजार विश्वास हो,’ उनी भन्छिन्, ‘हामी एकअर्काप्रति कुनै अनावश्यक शंका गर्दैनौँ । यही कारण हाम्रो परिवार बलियो छ । मलाई जसरी मेरो काम गर्ने स्वतन्त्रता छ, त्यसै गरी श्रीमान् र छोरीलाई पनि छ । हामी सबै एकअर्कालाई प्रेम, सम्मान र विश्वास गर्छाैं । मेरो त घरमा विनोदजीले नुनदेखि सुनसम्मका सबै काम गर्नुहुन्छ । त्यसैले होला, हाम्रो परिवार अहिलेसम्म ‘इन्ट्याक्ट’ छ ।’
पैसा र परिवार
भनिन्छ, घर कति ठूलो र भव्य छ भन्दा पनि कति खुशी छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । र, घर त्यतिबेला खुशी हुन्छ, जतिबेला परिवारका हरेक सदस्य खुशी हुन्छन् । मान्छेका यति धेरै आवश्यकता हुने आजको युगमा आर्थिक अभावमा परिवार सुखी र खुशी हुन सक्दैन । पैसाका कारण परिवारहरू टुक्रिरहेका उदाहरण हामी गाउँशहरमा प्रशस्तै देख्न सक्छौँ ।
‘परिवारका सबै सदस्य आत्मनिर्भर हुँदा परिवार बलियो बन्छ,’ गायक रामचन्द्र काफ्लेको तर्क छ, ‘विश्वास र प्रेम त छँदैछ, हाम्रो परिवार बलियो हुनुको अर्को कारण यो पनि हो । म र मेरी श्रीमती दुवै बराबर कमाउँछौँ । त्यसो भएपछि भान्छादेखि छोरीको हेरचाहसम्मको काम उनले मात्र गर्नुपर्ने किन ? त्यसैले हामी दुवै घरको काम पनि बराबर गर्छौं । उनी खाना पकाउँछिन्, म भाँडा माझिदिन्छु ।’ रामचन्द्रले गायिका जुनु काफ्लेसँग बिहे गरेको १० वर्ष भइसक्यो । काठमाडौँस्थित सिफलमा उनीहरूको सुखी परिवार बस्दै आइरहेको छ ।
परिवारभित्र संवाद भएन भने आफ्नो मनको कुरा प्रष्टसँग राखिएन भने, ठूलाबडाले जे भन्दा पनि सहेर बस्यो भने समस्या उत्पन्न हुन्छ ।
➖समझदारी अनिवार्य
➖जतिसक्दो धेरै संवाद
‘परिवार महत्त्वपुर्ण कुरामात्र होइन, यो त सबथोक हो । संसारभर सुखको सबैभन्दा ठूलो स्रोत परिवारलाई मानिन्छ । तर, मान्छेको जीवनमा हुने निराशा र हारको सबैभन्दा ठूलो स्रोत पनि परिवारिक समस्यासँगै जोडिएको हुन्छ । भनिन्छ– फ्रेन्च सम्राट नेपोलियनको पतनमा उनको पारिवारिक विखण्डन र विचलनको पनि हात थियो ।
परिवार पनि लोकतान्त्रिक संस्था हो । एक जनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ ।
परिवार टुक्रने कारण
बाउछोराबीच वैमनस्य, दाजुभाइबीच पानी बराबरका घटना हाम्रो समाजमा नौलो होइन । विविध कारणले हाम्रो समाजमा पारिवारिक एकता कमजोर हुँदै गइरहेका छन् । जोडिनुको सट्टा भत्किरहेका छन् परिवारहरू । समाजशास्त्री डा. मीना उप्रेती भन्छिन्, ‘पछिल्लो समय धेरैजसो परिवारमा निराशावादी चिन्तन बढेको छ, एकताभन्दा बढी विचलन छ ।’ केही महिनाअघि एउटा अनुसन्धानका क्रममा डा. उप्रेती थुप्रै परिवारकहाँ पुगेकी थिइन् । त्यतिबेला थुप्रै महिलाले परिवारलाई बलियो बनाउन समय र प्रेम महत्त्वपूर्ण रहेको बताएका थिए । ‘धेरै महिलाले मलाई ‘पैसामात्र होइन, समय पनि चाहियो, प्रेम पनि गर्नुप¥यो’ भन्दै गुनासो पोखेका थिए,’ उनले सुनाइन् ।
त्यसो त पछिल्लो समय आर्थिक कारणले परिवारहरू टुक्रिरहेका छन् । अंशबण्डा गरेर छुट्टिरहेका छन् । अन्तरजातीय बिहेलाई स्विकार्न नसक्दा पनि परिवारभित्र विग्रह निम्तिइरहेको छ । समाजशास्त्री उप्रेती भन्छिन्, ‘स–सानो कारणले परिवार टुक्रिरहेको छ । जस्तैः रक्सी खाएको कारण, अर्कोसँग बोलेको कारण, तरकारीमा नुन नहालेको, जागिर छोडेका आदि–इत्यादी ।
वास्तवमा किन भत्किरहेको छ त परिवार ? टुक्रिएका मनहरूलाई सोधे पुग्छ । काठमाडौँ, बौद्धकी मनु लिम्बू (नाम परिवर्तन) चार वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडेर दुईवर्षे छोरासँगै बस्दै आइरहेकी छिन् । ‘सबैभन्दा ठूलो कुरा प्रेम रहेछ,’ उनले आफ्नो परिवार भत्किनुको कारण खुलाइन्, ‘हाम्रो तीनजनाको सानो परिवार अहिले छैन ।
श्रीमान कता छन्, मलाई थाहा छैन । स–साना कुरामा निहुँ खोज्थे । परपुरुषसँग कुरा गर्नासाथ शंका गर्थे । हामी आमा–छोरालाई समय फिटिक्कै दिँदैनथे । बिहान घरबाट निस्केको मान्छे राति १२ बजे फर्किन्थे । अत्याचार सहनुभन्दा त छुट्टिनै नै जाती भनेर यस्तो निर्णय गरेँ ।’
विश्वासः सबैभन्दा ठूलो कुरा
वास्तवमा जग, पिलर र चार भित्ताले मात्रै घर बलियो बन्दैन । यसलाई बलियो बनाउन त सबैभन्दा पहिले परिवार बलियो हुनुपर्छ । र, परिवार बलियो बनाउनलाई एउटै छतमुनि बस्ने सदस्यबीच प्रेम र विश्वास हुनु आवश्यक छ । अभिनेत्री करिश्मा मानन्धरको धारणा पनि यस्तै छ । उनले व्यवसायी विनोद मानन्धरसँग बिहे गरेको २५ वर्ष पूरा भइसकेको छ । उनकी छोरी २२ वर्षकी भइसकिन्, जो अमेरिकामा छिन् । ‘परिवार बलियो बनाउने सबैभन्दा ठूलो औजार विश्वास हो,’ उनी भन्छिन्, ‘हामी एकअर्काप्रति कुनै अनावश्यक शंका गर्दैनौँ । यही कारण हाम्रो परिवार बलियो छ । मलाई जसरी मेरो काम गर्ने स्वतन्त्रता छ, त्यसै गरी श्रीमान् र छोरीलाई पनि छ । हामी सबै एकअर्कालाई प्रेम, सम्मान र विश्वास गर्छाैं । मेरो त घरमा विनोदजीले नुनदेखि सुनसम्मका सबै काम गर्नुहुन्छ । त्यसैले होला, हाम्रो परिवार अहिलेसम्म ‘इन्ट्याक्ट’ छ ।’
पैसा र परिवार
भनिन्छ, घर कति ठूलो र भव्य छ भन्दा पनि कति खुशी छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । र, घर त्यतिबेला खुशी हुन्छ, जतिबेला परिवारका हरेक सदस्य खुशी हुन्छन् । मान्छेका यति धेरै आवश्यकता हुने आजको युगमा आर्थिक अभावमा परिवार सुखी र खुशी हुन सक्दैन । पैसाका कारण परिवारहरू टुक्रिरहेका उदाहरण हामी गाउँशहरमा प्रशस्तै देख्न सक्छौँ ।
‘परिवारका सबै सदस्य आत्मनिर्भर हुँदा परिवार बलियो बन्छ,’ गायक रामचन्द्र काफ्लेको तर्क छ, ‘विश्वास र प्रेम त छँदैछ, हाम्रो परिवार बलियो हुनुको अर्को कारण यो पनि हो । म र मेरी श्रीमती दुवै बराबर कमाउँछौँ । त्यसो भएपछि भान्छादेखि छोरीको हेरचाहसम्मको काम उनले मात्र गर्नुपर्ने किन ? त्यसैले हामी दुवै घरको काम पनि बराबर गर्छौं । उनी खाना पकाउँछिन्, म भाँडा माझिदिन्छु ।’ रामचन्द्रले गायिका जुनु काफ्लेसँग बिहे गरेको १० वर्ष भइसक्यो । काठमाडौँस्थित सिफलमा उनीहरूको सुखी परिवार बस्दै आइरहेको छ ।
परिवारभित्र संवाद भएन भने आफ्नो मनको कुरा प्रष्टसँग राखिएन भने, ठूलाबडाले जे भन्दा पनि सहेर बस्यो भने समस्या उत्पन्न हुन्छ ।
➖समझदारी अनिवार्य
➖जतिसक्दो धेरै संवाद
Wednesday, May 22, 2019
JLPT 日本語能力試験必死で頑張っている
ようやく落ち着いて来ました一年生
7/1に開催される日本語能力試験を向い、授業以外の時間を利用し留学生センターで日本語を学んでる姿です。
目指せ JLPT〜
いつも応援しております。
#日本語能力試験
#JLPT
地震防災訓練を開催された
地震防災訓練➕静岡安全安心リフォーム協会
We are be aware how fortunate we are to have the platform 5 Seconds of Earthquakes disaster prevention has provided us. So, we are creating FRIENDS OF FRIENDS as a Buildings to use & to Save ourself this platform to help make a difference in the communities around us.
2019年5月21日
静岡英和大学院大学
午前中は大雨で休校だったが、午後からは天気が良くなって授業も再開したし、地震防災訓練まで参加出来て良かったです。
皆さんいつも安心、安全対策でいようね!
#shizuokaEiwaUniversity
#日本安全生命
#地震防災訓練
#静岡安全安心リフォーム
#防災訓練
観光デザイン論用宗の魅力発見フィルドワーク終了
観光デザイン論用宗フィルドワーク無事に終了しました
11日、観光デザイン論の授業で静岡市から近い港用宗の観光調査を行いました。用宗の資源、魅力、インフラ、グルメ、観光スポット、コミュニティ形果、イベント、市民の生活、課題点などを調査し、色々な体験や市民の生の声聴いて意外と発見点が多くありました。
駅、海、港、公園、温泉、学校、コミュニティホールがあり、特に生しらすやしらす丼が最高でした。
そして、自慢ができる写真がいっぱい撮れました。
生しらすが有名な用宗港は、観光スポットでも注目され今は新たな店や市民受託ができ、住みやすくなってるそうです。
用宗港からは毎日船が出てしらすだけではなく、エビ、カニ、マグロなども沢山取れるそうです。
用宗海岸は広くて遊べるし、大勢でバーベキューまでできると現地の方がおっしゃいました。
用宗港広場で新しい市場もでき、新鮮な魚を購入できるし、魚を調理体験もできます。
その広場で、生しらす、用宗丼も召し上がれますよ!
用宗広場公園は子供から大人までとにかく遊べる〜遊べる!
最近ではきれいなオシロもでき、宿泊やキャンペーンも楽しめる。
コミュニティ形果としめどんどん進化し、学校やコミュニティホールで子供向けや国際異文化交流も開催されるそうです。
これからもっと発展して行き住みやすい、暮らしやすい、地域になっていくことが間違えなく考えられる。
#用宗ダイバーシティ
#用宗のくに
#静岡の観光スポット用宗
藤枝オンパク2019年
2019年5月16日
静岡英和大学院大学
チョチャンギ
観光学特殊講義I 「藤枝オンパク」
【お寺×音楽〝東海道音楽祭】5月5日蓮生寺
【プログラム選択した理由】
フジのくに地域コンソーシアムが進めしてくれ、私も祈りする場所、お寺でコンサートは初体験して観たかったためです。
【プログラム内容】蓮生寺
東海道藤枝宿界隈には、歴史あるお寺が数多く点在し、その中の3つのお寺を会場にコンサートを開催された。各会場ごとに内容もジャンルもさまざまで、お堂に響きわたる音色は格別であった。初日の大慶寺では、飲み物や食べ物の販売などもあり!普段はなかなか入ることのないお寺でコンサートでした。
東海道音楽祭実行委員会により、
藤枝オンパクとは、『藤枝温故知新博覧会』の事で、地域資源を活かした体験プログラムを50日間藤枝市内で行っているそうです。
東海道藤枝宿は寺院の集積地で、寺社空間を活用したまちづくりをしていると答えた。
【体験して感じたこと】
最初はなぜお寺の中でコンサートを開催するのと思っていたが、お寺室内では音楽の音が響いて感動した。同日に開催された第36回藤まつりにも参加し仮面ライダージオウにもお会い出来た。
数あるプログラムに参加し、地域の楽しさや豊かさを体感し、おんぱくプログラム一つ一つは小さなイベントで、魅力ある企画が満載。
食・伝統文化・スポーツ・歴史など、ジャンルもさまざま。自分が興味を持つジャンルはもちろん、おんぱくをきっかけに、様々な文化との出会える楽しいイベント企画であった。
【おんぱくへの課題点】
プログラム内容と申込方法が複雑で
事前のお申し込みが必要があり全てのイベントは少人数しか参加出来ないのでグループや団体で参加したい方々にはあまり進め出来ないことと天気情報によってキャンセルすることもあった。
皆さんに紹介します。
➖郷土博物館・文学館利用案内開館
➖体験学習室(作って学ぶ郷士の文化)
➖時間 9:00〜17:00
【200円大人(団体20名以上)160円】見学は自由です。
『オンパクって何?』と思った方が非常いると思うですが、私もそうでした。
藤枝オンパクとは、『藤枝温故知新博覧会』の事で、地域資源を活かした体験プログラムを50日間藤枝市内で行っているそうです。
午前中は『蓮花寺池公園』へ行ってきました。
午後からは、オンパクへ参加しました。視察のつもりで、今回は陶芸体験をしてきました。
それぞれ砂漠の砂、甲子園の土…思い出の詰まった土を少量混ぜて作品を作りました。
初めてロクロを回したよ〜(^^)
不器用な私は…予想通り(^^;;
先生に手直ししてもらい何とかカタチにはなりましたが、焼き上がりはどうなるか…1ヶ月後が恐ろしい💦
でも、すっごく楽しかったヽ(*^^*)ノ
२५६३आैं वुद्ध जयन्ती
२५६३ आैं वुद्ध जयन्ती
2563年ブッダ誕生記念日おめでとうございます。
ルンビニから世界平和へ〜
बुद्धम् शरणम् गच्छामि
धम्मम् शरणम् गच्छामि
संघम् शरणम् गच्छामि !!
नमोतस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स !!
विश्व शान्तिका अग्रदूत, एसियाका ज्योति सिद्धार्थ गौतम बुद्धको २५६३ औं जन्मजयन्ती, उभौली पर्व, चण्डी पूर्णिमा, चण्डेश्वरी जात्राको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।
#lumbiNepal
#LoadBuddha
#Buddha
#ルンビニ
#ネパール
#ナマステ
Tuesday, May 21, 2019
माघे संक्रान्तिको विषेशता
हामी मगरहरुको माघे संक्रान्ति पर्व
उत्पत्ति
माघेसक्राति मनाउने शैली र खानाका परिकारहरूका आधारमा यो चाडको विकास सिकारी युग ९जगलतष्लन नबतजभचष्लन बनभ० मा भएको बुझिन्छ । माघेसक्रातिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कण्दमुल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ । रुकुमका कुनै भेगका मगरहरूले माघेसक्रातिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको वदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ ।
सांस्कृतिक पक्ष
मगर समाजमा मनाइने माघेसक्रातिको प्रमुख आयाम भनेको सामाजिक र सांस्कृतिक पक्ष हो । मगरहरू स्वभावैले बढी मनोरञ्जनमुखी हुने भएकाले गीत, संगीत, नाच र खेलहरू पहिलो प्राथमिकतामा परेका हुन्छन् । यो चाडमा बन्दुक वा धनुवाण वा गुलेलीले तारो हानेर मनोरञ्जन लिने गरिन्छ । रुकुम रोल्पातिरको मगर समाजमा पुस १५ गते नम्सुइँ (तीर फुकाउने) विधि गरेर तीर हान्ने अभ्यास शुरु गरिन्छ । माघको तेस्रो दिनदेखि पाँचौं दिनसम्म एक ठाउँमा भेला भएर तारो हान्ने चलन रहेको छ । स्थानीय मगर भाषामा लामुई र कोथले भनिने धनुषवाणले काठको फल्याकमा बनाइएको गोलो चिन्हमा तिर हान्ने गरिन्छ । तारो हान्दा निसाना ढाल्ने व्यक्तिलाई बाजा बजाउँदै र ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ भन्ने गीत गाउदै बोकेर डुलाउने गरिन्छ । यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्दछन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरुप फिर्ता दिने चलन छ ।
खास गरी सौर्य तिथिका हिसाबले माघ महिनाको पहिलो दिन सूर्य मकरराशीमा प्रवेश गर्दछ । यो दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा वर्षभरिको सबैभन्दा छोटो दिन, लामो रात र न्यून तापक्रम हुन्छ । माघेसक्रातिकै दिनदेखि सूर्यले मकर राशीबाट उत्तर कर्कट राशीतर्फको यात्रा प्रारम्भ गर्ने भएकाले दिन लामो, रात छोटो र तापक्रम बृद्धि हुँदै जान्छ । त्यसकारण मगरपरम्परामा सूर्य उत्तरायणको समयावधि अर्थात माघेसक्रातिदेखि साउने सक्रातिसम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरुमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहमनाउने गरिन्छ ।
जसमध्ये माघेसँक्रान्ति आदिबासी जनजाती मध्येको मगर समुदायको मुख्य चाडका रुपमा मनाईन्छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । यो चाडमा दाजुभाई तथा माईतिले आफ्ना दिदी बहिनी चेलीबेटीलाई सम्मान तथा माया स्वरुप विभिन्न प्रकारका खानेकुरा खान दिने , उपहार,दानदक्षिणा दिएर खुसि बनाएर चेली र माईती विचको सम्बन्ध अझै मजबुट बनाउने तथा स्वर्गबास भएका आफन्तहरुलाई सम्झना गरिने हुदा परापुर्वकालदेखिनै मगर समुदायले यो चाड मुख्य चाडका रुपमा निकै धुमधामका साथ मनाउदै आएको विज्ञहरु बताउछन् । मगर समुदायकका पुर्खाहरु प्रकृति पुजारी भएकोले यसरी माघ १ गतेबाट प्राकृतिक रुपमै रात छोटीदै जाने तथा दिन लामो हुदै जान्छ सोहि अनुसार मगर समुदायले आफना चेलीबेटी तथा पितृलाई भगवानका रुपले मान्ने भएकोले यो पर्व मुख्य पर्वका रुपमा मनाउन लागिएको विज्ञहरुको भनाई छ । नेपालको मुख्यगरि पश्चिम पहाड गण्डकी नदीको–रिडी, म्याग्दी–बेनी, बाग्लुङ, धोर पतन, रोल्पा–मारीबाङ, दाङ लगाएतका स्थिानमा यो पर्वको बढि महत्व दिने गरिन्छ ।
मनाउने शैली
माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ मनाउने गरेको पाइन्छ । युवाहरु धनु काँड खेल्दै माघेसङ्क्रान्तिको रौनकका सुरू गर्छन् । दाजुभाईहरु धनुसंगै जंगलमा सिकार गरि ल्याईएको सिकार तथा वन तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जंगलतिर लाग्छन् । घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घरतरुल खनेर तयारी गर्छन्। जंगलबाट लिएको सिकार तथा वनतरुल लिएर फर्केका युवाहरु रात गरी तरुल पकाउने देखि पुरी बनाउने अधिष्ठान्न भोज पकाउनुमामा व्यस्त हुन्छन् । तर सरकारले अवैध रुपमा सिकार खेल्न बन्देज लगाएपछि सिकार खेल्न जाने प्रचलन हटेको छ ।
संक्रान्तिका दिन बिहान दाजुभाइले जलप्रथना गर्दै नुहाएर खाली पेटमा कुल कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ‘निस्रो’ले पुज्ने गर्छन् । पूजा गर्दा टपरीमा एक माना चामलका साथ विभिन्न तरुल, नुनखुर्सानी र दक्षिणा राखेर दिने चलनलाई ‘निस्रो’ भनिन्छ । निस्रो बाडने प्रचलन पनि फरक स्थानमा फरक शैलीमा भएको पाईन्छ ।
बाग्लुङका अधिकांश मगर समुदायमा विवाह नभएका कन्यालाई मात्र नेस्रो दिने चलन छ भने रुकुम रोल्पा लगाएतका स्थानमा विवाह गरेर गएका चेलीलाई पनि दिने चलन रहेको छ त्यसैले छिमेकी गाउँठाउँमा पुगेका दिदीबहिनीलाई ‘निस्रो’ बाँड्दै घरघरमा पुग्छन्। दोस्रो दिन युवतीहरू परिवारका अन्य सदस्यले खान नमिल्ने र खाएको पनि हेर्न नमिल्ने भएकोले ‘माघ खान’ ( निस्रौ) समूह÷समूहमा बाँडिएर फुपुको छोरा (भिनाजु)हरुसंग गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन । दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन्। निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५÷६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खाएर रमाईलो गर्छन । गाउँको चौतारामा भेला भएर ‘होम्पई’ (परम्परागत जातीय नृत्य) नाच्छन्। यसमा डोकोलाई सारी÷चोलो लगाइदिएर पोते(तिलहरी र चुरा लगायतका गहनाले सजाइन्छ । होम्पई नाँच्दा केटी डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, जिस्कँदै फन्फनी घुमेर नाच्छन् । जुनसुकै उमेरका पनि यो नृत्य र मेला हेर्न गाउँको चौतारीमा भेला हुन्छन् । माघ ३ गते अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ‘तारो हान्ने’ चलन छ । विभिन्न स्थानमा धनुषकाँडले तारो हान्न फ्ल्याकमा अंगारले लगाइएको गोलो चिह्नलाई बन्दुकको निसाना बनाइन्छ। पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिह्नमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ । ६ महिनासम्म धापा (युवा) तथा धामी (युवती)हरु उधेली(साउन —पौष) ऋतुमा विभिन्न औपचारिक नाँचमा सहभागी हुन्छन् । पुषको अन्तिममा विभिन्न नाँचहरु समापन गरी पीडा महसुस गर्दै साथीहरु छुट्छन् । महिला–पुरुष कलाकारको प्रतिक पुतली बनाएर राखिन्छ । मादल बाजा बन्द गरिए पछि, ती कलाकारका प्रतिक ब्याउली (पुतली) एकान्त ठाउँमा महिलाहरुले जलाउन प्रचलन रहेको छ यसरी नै उधौलीको विदाई गरि उभौलीको स्वागत गरिन्छ ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरका अनुसार मगर परम्परामा माघेसंक्रान्तिलाई माघदेखि असारलाई उभेली ऋतु मानिन्छ त्यसैले मादल बजाउन बन्द गरिन्छ अनि घाँटु, मारुनी, सोरठी तथा पुतलीलगाएतका नाच तथा बाजा बजाईन्छ । साउनदेखि पुष महिनालाई उधेली ऋतु हुने भएकोले साउन १ गते भुमे पर्वबाट पुन मादल बजाएर उधेलीमा जमिन बाहिर नचारु, जोरा, पैस्यारु , सरङ्ङया, दाम्फ्या जस्ता नाँचहरु ओखला (प्रकृति) पूजा गरेर औपचारिक रुपमा नाँचको आरम्भ र समापन गरिन्छ । अध्यक्ष मगरका अनुसार मादल मगर जातिको मौलिक बाजा भएकोले विभिन्न उपरोक्त औपचारिक नाँचको लागि तितेपाती, रातो–सेतो पाता जोली धजा, पैसा र अछेताले पूजा गरेर बजाउन आरम्भ गरिन्छ र नाँच समापन गर्दा पनि सोही विधिबाट पुष महिनाभरी औपचारिक नाँचहरुसंगै माघे सकरातीका दिनदेखि साउन सम्म मादल बन्द गरिन्छ ।साउने सकरातीमा मादल फुकाएर जैसी (मगर विद्वान)द्वारा शुभ साइत हेराएर हिलो हटेपछि ओखलो (भूमि) पूजा गरेर नाँच आरम्भ गरिन्छ ।
थारुसंगको भिन्नता
यो चाड थारु समुदायले पनि धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउछन् । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी पर्वको अध्ययन अनुसन्धानमा लाग्नुभएका कृष्णराज सर्वहारीले जानकारी दिनुभएको छ । विसं २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायमा चिनिन्छ । तर थारु समुदायले माघी पर्व(उत्सव)का रुपमा मनाउछन भने मगर समुदायले चाडका रुपमा मनाउदै आएका छन् । नेपाल मगर संघका अध्यक्ष रोका मगरका अनुसार प्रचिन समुदाय मध्येको मगर समुदायको साँकृतिक परम्परा,चालचलन,रितिरिवाजका विषयमा अनुसन्धानकर्ताहरुसंगको बहसबाट निकालिएको निचोड र प्रमाणका आधारमा डकुमेन्ट्रि प्रशकाशन गरि छारिएर रहेको मगर समुदायलाई एउटै धर्म,रितिरिवाज तथा चालचलनमा एकिकृत गर्ने तयारी भैरहेको छ ।
Tuesday, May 14, 2019
मगरहरुको परिचय र अस्थित्त्व बोकेको खुर्पेटो चिन्हको झन्डा
हामी मगरहरुको झण्डा सेतो रंग मा खुर्पेटोको चिन्ह किन
राखिएको हो ? यस्लाई मगरको चिनारी भनेर चिन्निछ तर यो चिनारी कसरी रहन गयो /आयो? यो झण्डा नै किन राखिएको हो त ? यो झण्डा मा खुर्पेटोले के कस्तो विशेषता बोकेको छ त?यो बारे केही जानकारी दिन चाहान्छु !
लखन थापा मगर नेपालका प्रथम शहीद को केही जानकारी !!
लखन थापा मगर नेपालका प्रथम शहीद हुन् । राणा शासन बिरुद्ध आवाज उठाउने उनी पहिलो व्यक्ती थिए । तत्कालिन समयमा उनी नेपाली सेनामा क्याप्टेन थिए जो जङ्ग बहादुर राणाका तानाशाही हुकुमी शासनका बिरुद्धमा उत्रेका थिए । त्यस बेला उनले आफैलाई स्वतन्त्र राज्यको राजा घोषित गरेका थिए र उनका जयसिंह चुमी मगर मन्त्री थिए, जो उनका हितैषी मित्र मात्र नभएर समर्थक पनि थिए । उनले बुङ्कोट गोर्खामा आफ्नो छुट्टै राजधानी स्थापित गरेका थिए जहाँ उनको आफ्नै तीनतले दरबार थियो साथमा सेना र परेड मैदान पनि । उनले आफ्नो नीति बिशेषत: क्रुर जङ्ग बहादुर राणाको तानाशाही शासन खत्तम बनाई एक स्वतन्त्र राज्य र ठुलो सेना स्थापना गर्ने प्रयासतिरै केन्द्रित गरे ।
तर बिडम्बना भनौं राणा सरकारले बि.सं. १९३३ फागुन ३ गते (सन् २७ फेब्रुअरी १८७७) को दिन सयौं मगरहरूले देख्�नेगरेर गोर्खाको उनकै गाउँमा लगेर खिरौंको रुखमा झुण्ड्याएर फाँसी दियो । यसरी स्वतन्त्रताको लागि संघर्षरत एक बीरको सार्वजनिक स्थलमै क्रुर तानाशाहीहरूले निर्ममतापूर्वक हत्या गरिदिए । यसरी उनी नेपालको ईतिहाँसमा पहिलो शहीद भए । उनले नेपालको ईतिहाँसमा कालो दिन भनेर मानिएको १०४ बर्षिय क्रुर जहानियाँ राणा शासनको अन्त्यको लागि आन्दोलनको शुरुवात गरेका थिए । स्मरणीय रहोस् उनले मर्ने बेलामा यदि जङ्गेले उनिलाई फाँसी दिएको खण्डमा त्यसको एक हफ्ताभित्र उ पनि मर्नेछ भनेर घोषणा गरेका थिए र त्यस्तै पनि भयो ।
बिडम्बना भनौं देशमा प्रजातन्त्र आगमन भएको लामो समय बितिसक्दा पनि नेपाल सरकारले बीर शहीद लखन थापा मगरलाई अझैंपनि औपचारिकरुपमा सम्मान गर्न कन्जुस्याँई गरेको तथ्य स्पष्�ट छ । उनलाई ढिलो गरी (सन् २००० फेब्रुअरी २३ मा) शहीद घोषणा गरेर नेपाल सरकारले नाममात्रको औपचारिकता पुरा गरेको छ । यसको ज्वलन्त उदाहरण भनेको अधिकांश नेपालीहरूलाई उनी नेपालका प्रथम शहीद हुन् भन्ने तथ्य ज्ञात नहुनु हो । यद्धपि उनलाई अन्य चार शहीदहरू (गंगालाल श्रेष्ठ,शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द) को हाराहारीमा राखी नेपालको प्रथम शहीदको रुपमा सम्मान गर्नु सरकारको दायित्व हो भन्दा फरक नपर्ला ।
वास्तविक कुरा नेपाल को पहिलो सहिद लखन थापा मगर लाई मारेर राणा शासन मा रातो तिका लगाएर बिजय घोषणा गरेका थिए र तेस पश्चात् मगर राज्य र मगर सामुदाय मा
सेतो तिका लगाउने गरे र झन्डा मा पनि सेतो कलर सान्ती को पहिचान भनेर राखेका थिए र खुर्पेटो को अर्थ हुन्छ मगर राज्य को पालामा कुनै पनि लडाइ वा आन्दोलन मा जादा
खुर्पेटो मा हसिय वा खुर्पा भिरेर धेरै लडाई हरु जितेका थिए र मगर हरुको बस्ती विशेष गरि हिमाली भेग र पहाडी भेगमा बसोबास गर्दै आएका थिए र खुर्पेटो को बनावट मगर जतिले नै पुर्खा को इतिहासमा बनाएका थिए त्यस् कारण मगर राज्यको झन्डा मा सेतो कलर र खुर्पेटो को पहिचान हामी मगर को गौरव हो र मगर राज्यको पहिचान चिनारी हो भनेर राखेको थिए \
मगर हुनुमा गर्व गरौ आफ्नो भाषा सबैले सिकौं !! कानुङ ढुट कानुङ रोष जिवाट्मो डईङ = हाम्रो भाषा हाम्रो सस्कृती जिउदो राखौं !! जय मगर ! जय मगरात !!
#धन्यवाद !!
Sunday, May 12, 2019
तोकुतेइ गिनोउ भिसा (特定技能ビザ) के हो ??
" तोकुतेइ गिनोउ भिसा (特定技能ビザ) के हो ? सबै ले बुझ्ने भाषामा "
● तोकुतेइ गिनोउ (特定技能) भनेको कामदारको चरम अभाव भोगेको जापानले विदेशी कामदारलाई दिने आवास अनुमतिको नया योजना हो ।
● यो भिसा २ प्रकार को छ । 特定技能1号 र 特定技能2号
● 特定技能1号 अन्तर्गत काम गर्ने क्षेत्र 14 वटा छ । भिसा अवधि अधिकतम ५ वर्ष हुन्छ र ५ वर्ष पछि आफ्नै देश फर्किनु पर्ने छ । परिवारलाई सँगै जापानमा ल्याउन पाइँदैन । काम सम्बन्धी दक्षता साधारण भए हुन्छ ।
● 特定技能2号अन्तर्गत काम गर्ने क्षेत्र 2 वटा मात्र छ । भिसा नवीकरण गरेर लामो समय सम्म परिवार सँगै जापान मा बस्न पाइन्छ । काम सम्बन्धी विशेष दक्षता हुनु पर्छ ।
● 特定技能1号अन्तर्गत पर्ने क्षेत्र :
①建設業 (कन्स्ट्रक्सन) ②造船・舶用工業 (जहाजको पाट पुर्जा निर्माण) ③自動車整備業 (सवारी साधन मर्मत संहार) ④航空業 (विमान स्थल बायु सेवा) ⑤宿泊業 होटेल लाज⑥介護 (नर्सिङ्ग) ⑦ビルクリーニング (भवन सरसफाइ) ⑧農業 (कृषि) ⑨漁業 (माछा पालन) ⑩飲食料品製造業 (खाद्य तथा पेय पदार्थ उत्पादन)⑪外食業 (रेस्टुरेण्ट) ⑫素形材産業 (कच्चा पदार्थ उत्पादन तथा प्रशोधन ) ⑬産業機械製造業 (ठूला औजार र मेसिन उत्पादन) ⑭電気電子情報関連産業 (इलेक्ट्रिक र इलेक्ट्रोनिक)
● 特定技能-2号अन्तर्गत पर्ने क्षेत्र:
①建設業 (कन्स्ट्रक्सन) ②造船・舶用工業 (जहाजको पाट पुर्जा निर्माण)
● कम्पनी परिवर्तन(転職 )गर्ने मिल्छ तर काम गर्ने क्षेत्र एउटै हुनु पर्छ ।जस्तो 特定技能1号को 宿泊業बाट काम को अनुमति पाएको कामदार ले 航空業 मा 転職 गर्न पाइँदैन, 宿泊業नै हुनु पर्छ ।
● यो भिसा प्राप्त गर्न जापानी भाषा र काम गर्न चाहेको क्षेत्र सम्बन्धी सीप/ज्ञान को परीक्षा पास गर्नु पर्ने छ । त्यस पछि सम्बन्धित क्षेत्रको कम्पनी बाट नियुक्ति पत्र प्राप्त गरि भिसा प्राप्त गर्न सकिन्छ ।
● परीक्षा जापानको विभिन्न सहर र श्रम सम्झौता भएका देशमा हुन्छ । काम को क्षेत्र अनुसार परीक्षा लिने संस्था र समय पनि फरक छ ।
● N4 लेबल बराबर भनिएको छ तर सीप परीक्षा जापानी भाषा मा मात्र दिनलाई धेरै गाह्रो छ ।
● श्रम सम्झौता भएका देश मा परीक्षा हुँदा गाह्रो शब्द मात्र English अथवा त्यही देशको भाषा मा पनि लेखि दिने भनिएको छ। तर काम गर्ने क्षेत्रको ज्ञान हुन आवश्यक छ ।
● जापान बाट परीक्षा दिन नमिल्नेहरू काम गर्ने क्षेत्र अनुसार फरक छ । साधारणतया जापानको स्कूल छोडेका बिधार्थी , काम छोडेर भागेका प्रशिक्षार्थी कामदार , शरणार्थी आवेदन दिएका हरू ले आवेदन दिन मिल्दैन ।
● जापान मा होटेल र रेस्टुरेण्ट सम्धी परीक्षा १ चोटि भैसकेको छ अब जुन महिना मा रेस्टुराँ सम्बन्धी परीक्षा हुँदै छ ।
● रेस्टुराँ सम्बन्धी परीक्षाको लिंक https://otaff.or.jp/
● होटेल सम्बन्धी परीक्षाको लिंक https://caipt.or.xn--jp-wu2cq2ao21are044fh9an8mizkrsb37n8s7bsnjs6ugqa920m57yb/
अर्थ र महत्त्व खिईदै गईरहेको प्रेमको नयाँ यूग
प्रेमको अर्थ र महत्व अहिले खिइदै गएको छ ।
विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने सोंच हुन्थ्यो । विवाहलाई जीवनभरको सम्बन्ध मानिन्थ्यो । सम्बन्धमा पनि मर्यादा र अनुशासन थियो ।
त्यही कारण त विवाहमा एक किसिमको कमटिमेन्ट अर्थात प्रतिवद्धता गराइन्थ्यो, दुलहा र दुलहीलाई । जीवनभर एकसाथ रहने, दुःख सुख बाढ्ने, दाम्पत्य जीवनको मूल्य बुझ्ने, श्रीमान्-श्रीमतीको मर्यादा र जिम्मेवारी पालना गर्ने इत्यादि ।
त्यही अनुसार कुनैपनि दम्पतीले आफ्नो पारिवारिक मर्यादा, सीमा र अनुशासन पूर्णत पालना गर्थे । दाम्पत्य सुखभोग गर्थे ।
तर, आज त्यस्तो अवस्था छैन ||
सम्बन्धको अस्त्तित्व गुमेको युग...
सामाजिक संजालका भित्ताहरुमा टाङ्गिने तस्विरहरु र तिनै तस्विरहरुको आधारमा आदान प्रदान गरिने मित्रताको अनुरोध।कुरा केवल एक दुई दिन के बित्छ।मोबाईल नम्बर साटा साट गरिन्छ,फोनको कुराकानी केहि दिन मै भेट घाट।माया अनि बिबाह।एक अर्कालाई राम्ररी बुजी नसक्दै बिबाहको निष्कर्षमा।त्यो बिबाह सफल हैन एउटा समस्याको रुपमा खडा भईन्छ।घाटिमा अड्केको हड्डी जस्तो न निल्नु न ओकल्नु।रुपमा फसेर हैन सम्बन्ध एक अर्कालाई बुजेर अगि बढ्न जरुरि छ।भन्छन नि अगि सोच्नु एक हात पछि सोच्नु बाह्र हात.......
मानव जीवन त जन्म र मृत्यु बिचको एउटा झोलुङ्गे पुल हो....वार पार गर्ने बटुवाहरु कति कति तर मनको राजा एकै हुन्छन जसले सम्बन्धको अस्त्तित्व बुझेको हुन्छl
Monday, May 6, 2019
https://mail.google.com/mail/u/0/?tab=wm#inbox?projector=1
https://mail.google.com/mail/u/0/?tab=wm#inbox?projector=1
Sunday, May 5, 2019
मगर संघ शिजुओका जापान
🐏जाती,भाषा,धर्म,भेषभूषा,कला-संस्क्रिती,रहनसहन हामी मगर हरुको पहिचान 🎵🎵🎱🎸
नेपाली NewYear2072 का साथै अली ढिलै भए पनि ३३औं मगर दिवशको शुभकामना आदान प्रदान संगै 🇯🇵🐏मगर संघ 静岡 Japan]को कार्यक्रम ^^
कार्यक्रम यस प्रकार
Date:-2015年4月12日 Sunday
Time:-8am~5pm
Place:-静岡 Abekhawa
Fee:-1000円(4月生free)
1>३३औं मगर दिवश + नयाँ वर्ष ०७२ को शुभकामना आदान-प्रदान
2>3月Graduation=farewell ~4月生welcome programe
👉Nepal-Japan बिच मौलीक संस्क्रितीको आदान प्रदान
👉👉वृहत सांस्क्रितीक कार्यक्रम
3>मगर हरुको कुल पूजा एक परीचय
4>विश्व भरीका मगरहरुको एकता आजको आवश्यता परीचर्चा
4>सदियौं देखीको मगरहरुको भाषा,संस्क्रिती,संस्कार संरक्षण.संवर्दणमा जोड
5>मौलीक सांस्क्रितिक कार्यक्रम (सालइजो,साली-भेना,कौंडा,यानीमाया-सुनीमाया,शिरफूले,भईचसाईलो,सोरठी,मादले-मारुणी,झ्याऊरे,चुट्का,खेली....जस्ता भाकाहरु प्रस्तुत हुनेछ)।
6>सेलरोटी,शाँणको मासु....सहितको Picnic+BBQ
[ [कार्यक्रमको संयोजक तथा जिम्मेवारी यस प्रकार]
क. संयोजक Tul bdr Chochangi & Aananda pulami
<= कार्यक्रम संचालक :- Bal thapa & Hari pun ख. Stage,banner,music>Khem garbuja & Zeewan Ale
👉अतिथी हरुमा :-Rachana pun,Prakriti pun,Vhuwan Thapa & Janam Garbuja
ग. भेषभुषा तथा साँस्क्रितक कार्यक्रम Usa Magar,vhima,sova pun
घ.खाना व्यावस्था Mahendra Shrees & Suraj Rana
+शेलरोटी Kalpana Rana,Bina Thapa,Asmita,Kumari,Hira
ड. बजार व्यावथापन Dinesh pun,kiran tilija,niraj purja
च. यातायात:-Min pun,Prem garbuja
छ. खेलकुद बिभाग Neel Pun,yam purja
ज. 学校 प्रतीनिधी
ープロスペラ学校:Bishal Pun
ー言葉学校:ーSuren Shrees
ー日本語教育センターSunil Pun
ーInternational 学校:ーHira Purja Pun
ー県立大学:ーKhem Garbuja
(卒業生 & 入学生 Name list dinu hola)
Note:-(जती सक्दो आफ्नो भेषभूषा मा उपस्थित भईदिनु हुन अनुरोध गर्दछौँ ।)
जापन भरीका पूर्व-पश्चिम का मगर हरुलाई हार्दिक आमन्त्रण गर्दछौँ !!🙏🙏
इमानदारी,बहादुर र विर गोर्खाली मगरहरु एकजुट हौंऊ।
धन्यवाद !!
मगर एक प्रमुख राष्ट्रिय जाती
मगर एक प्रमुख राष्ट्रिय जाती हो
( नेपाल जोडने मगर सन्तानहरुप्रति श्रद्धा समर्पित )
नेपालको इतिहाँसमा मगर जाति
=====================
नेपालमा मगर समुदाय चानचुन १७००००० जति भएको अनुमान छ | उनीहरुको बसोबास ज्यादातर पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यानतिर छ भने अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुरतिर पनि छरिएर बसेको देखिन्छ | सोझो गरी भन्नु पर्दा नेपालको ७५ जिल्ला भरिनै मगरहरुको धेर थोर स्थायी बसोबास रहेको छ | उनीहरुको पुर्ख्यौली भूमि बाह्र मगराँत र अठार मगराँत भनिएपनि गण्डकी र कर्णाली क्षेत्र मगरहरुको मूल थलो हो | बाह्र मगर भाषा , खाम भाषा र काइके भाषा गरि मुख्यतः तीन प्रकारका भाषा उनीहरुको बोलचालमा छ | "१२ थरी मगरको १२ भान्सा " भन्ने भनाई यसैकारण चलेको हो | मगर जाति भित्र ६३३ थर रहे पनि सात थरहरु - थापा ,राना , आले ,पुन , बुढा ,रोका र घर्तीनै मुख्य मानिन्छन |
जैविक परिचय
==========
चेप्टो छाती, पिठ्यूँ, कमर शिर नयन केही साना भएका |
बाटिएका पिडौला, शरिरभरी नशा ढाकी भित्रै गएका ||
धेरै अग्ला, न पुडका गहुँसरि रङ्गका, जिउ निरोगी छ भारी |
नेप्टो नाक हुन्छ ज्यादा, असल मगरका नास्ती जुँगा न दाह्री ||
- अज्ञात कवि
प्राचिन इतिहाँसका ख्याति प्राप्त मगरहरु
==========================
शिन्तू सति शेंग - कंगवाचन , सिक्किम र नेपाल , ळिच्छबि साशन पहिले |
अरमुडी - नेपालदेस्यस्य राजा , काली गण्डकी क्षेत्र , ८ औं शताब्दी |
जीतु मगर - छबिसकोट , रोल्पा |
बलीहांग राना मगर - बल्देंगगढी १२ औं शताव्दी |
मुकुन्द सेन - तानसेन -पाल्पा र बुटवल , ११ औं शताब्दी |
गज लक्ष्मन सिंह - मकवानपुर गढी |
मिचा खान - नुवाकोट -स्यांग्जा |
दल्सुर घले मगर - लिग लिग कोट (गोर्खा ) बि.स. १६०५ -१६१६ |
मानसिंह खड्का मगर - गोर्खा , १६१६ सम्म |
टुलु पिजा मगर - पाखापानी |
विश्वमा मगरहरुले पाएको पदक
--------------------------------
ब्रिटिश शैनिकले दिएको १३ ओटा VC मध्ये ५ ओटा VC मगर जातिले पाएको इतिहाँस साक्षी छ | राइफल म्यान कुलबीर थापा मगरले पहिलो VC ,फ्रान्समा सन् १९१५ मा,राइफल म्यान करणबहादुर रानाले VC इजिप्टमा ,सुबेदार लालबहादुर थापाले VC .ट्युनिसियामा , राइफलम्यान तुल बहादुर पुनले बर्मामा, सुबेदार नेत्रबहादुर थापाले बर्मामा ,सर्जेन्ट दिप प्रसाद पुनले (CGC),ब्रिटेनमा पाएका थिए |
नेपालको एकीकरण इतिहाँसमा मगरहरुको देन :
===============================
इतिहाँस केलाउदा पन्ध्रौँ शताब्दीमा पाल्पामा सेन राजाको बढोत्तरी गर्नमा मगरहरूको ठूलो हात थियो | मगर वीर लडाकू भएको कारणले नै खस र मगर सैन्यवलले मुकुन्द सेनले आफ्नो पाल्पा राज्य बढाएर सुखिमसम्म पुर्याएका थिए | सेन दरबारमा मगर सरदारको प्रभुत्व थियो | सेन राजाहरू मगर राजाका रूपमा चिनिन्थे भने जनतामा पनि घुलमिल भएर बस्ने यिनको सरल स्वभाव थियो | यसैलाई लक्ष्य गरेर “सुख पाए सहर पस्नु, दुःख पाए मगरात पस्नु” भन्ने उखान नेपालका चलेको थियो |
पृथ्विनारायण शाहको एकीकरणपछि पनि सेनका पालादेखि चलिआएको रीतिथिति यथावत् चलाइयो | मगरहरू सैन्य नेतृत्वमा मात्र होइन, देवीथानका पुजारीका रूपमा पनि स्थापित गराइए | बाग्लुङमा खड्का पुजारी भएजस्तै मनकामनामा मगर छन् | विजयपुरका बूढा सुब्बाका पुजारीपनि मगर छन् | गोरखा राज्य स्थापनामा ६ थरी जनताको सहयोगबाट सम्भव भएको थियो | ६ थरीमा बाहुन, क्षेत्रीदेखि राना मगरसम्मका जात थिए | धार्मिक कार्य र न्याय सम्पादनमा बाहुनको हात थियो भने अन्य राजकाज र युद्धकार्यमा खस मगर, गुरूङ आदिकै पहुँच थियो |
मधु राना, जसु राना, नरबिर आले, संजित थापा , गंगाराम रानामगर, गङ्गा राना मगर ,जयन्त राना मगर ,विराज बखती थापा मगर , प्रतिमन राना मगर, सुरजसिंह रानामगर, मानसिंह रोका मगर, सरदार भक्ति थापामगर सुरथ सिंह राना मगर , कालिदास खड्का मगर, भीमसिंह थापा मगर , सुरसिंह राना मगर, जसिवंत राना , मणिकण्ठ राना ,देवु राना , सोया वनुवा थापा मगर , जयन्त राना , बन्धु राना मगर, कालु खड्का मगर, विस्न्या नाउ, हतियार बनाउन लखनौ देखि ल्याएका भेषा सिंह , शेख जरवार र मुहम्मद ताकि मुसलमानहरुले मगर संगै मिलेर नेपाल जोगाएका थिए |
लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिए पछि मनकामना मन्दिरका मूल पुजारी रैथाने थापा मगरनै राखिए | विराज थापा मगर , मान सिंह खडका मगर ,राजा द्रब्य शाहको पालामा गंगाराम राना मगरलाई प्रधानन्यायाधिस ,न्याय विभाग प्रमुखनै दिइएको थियो | लखन थापा , जयन्त राना , शंखमणि राना , सर्वजीत राना मगर , लखन थापा मगर ,जयन्त राना ,सर्बजीत राना मगर र वि. सं १९०२ देखि १९०३ सम्म अभिमानसिहं राना मगर नेपालको प्रधान सेनापति पदमा कार्यरत थिए | विराज थापा मगरल , गगन सिंह राना उच्च पदस्थ थिए | अभिमान सिंह राना ,विराज वखेती (मगर) जस्ता योद्धा र बूढा काजी अभिमानसिंह राना कोत पर्वमा परेपछि भने राणाकालमा सैनिक पेशामा वाहेक राजकाजमा मगर जातीय सहभागितको क्रम टुट्न पुग्यो |
नेपालको इतिहाँसमा ख्याति प्राप्त मगरहरु :-
===========================
गंगाराम राना मगर
=============
लमजुङको राजकुमार द्रव्य शाह विस १६१६ मा लिगलिगकोटको राजा भएपछी गंगाराम राना मगर प्रधानन्यायाधिस न्याय विभाग प्रमुख नियुक्त गरेका थिए |
लखन थापा (प्रथम)
=============
यी गोर्खाका राजा रामशाहको पालाको जल्दोबल्दो काजी थिए | उनी राजा रानीका अंरक्षक थिए | उनी धर्मभीरु महात्मा भएका र उनकै सपना अनुसार हाल गोरखा मनकामना देवी उत्पत्ति भएको थलो फेला परेको थियो |
जयन्त राना
=========
यी राजा नरभुपाल शाहको प्रधानसेनापति काजी थिए | नरभुपाल शाहको पालामा कान्तिपुर राज्यको नुवाकोटमाथि गरिएको हमलाको नाइके पनि यिनै थिए | उक्तयुद्ध असफल भयो | त्यसपछि यीनी काजीबाट हटाइए र त्यसपछि कान्तिपुरका राजा जय प्रकाश मल्लको फौजमा काम गर्न थाले |
शंखमणि राना
==========
यीनी जयन्त रानाका छोरा थिए | जयन्त राना काम विशेषले कान्तिपुर गएका बेला शंखमणि नुवाकोट किल्लाको प्रमुख भईबसेका बेलामा पृथ्वीनारायण शाहले नुवाकोटामाथि हमला गरी विजय प्राप्त गरे भने शंखमणि यसैयुद्धमा विस १८०१ मा मारिए |
काजी विराज थापा मगर (विस १८००-१८०१)
=============================
राजा रामशाहको पालादेखिनै मनकामनाका थापा मगरहरुले गोर्खा दरवारको मन जितेका थिए | पृथ्वीनारायण शाहको पालासम्म यिनीहरु थिए | काजी विराज थापा मगर गोर्खाका राज परिवारका ददा हुन | विराज थापा मगर पृथ्वीनारायण शाहले पहिलो पटक नुवाकोटमाथि हमला गर्दाका सेनापति पनि हुन | यी लाह्यु वा लाहे मगर हुन |
जोहरसिँह थापा मगर
============
सहेराम थापा मगर र माता मनमायाको कोखबाट विस १८४४ मा जन्मेका जोहरसिँ थापा मगरले नेपाल एकिकरण र नेपाल अँग्रेज युद्धमा देहरादुनको नालापानी छेउको खलंगाको युद्धमा बलभद्र कुँवरको मातहतमा रहंदा , उनी तोपखाना हतियार चलाउने कमाण्डरहुद्दा भएपनि उनले हानेको तोपको गोलाले नालापानी युद्धमा अंग्रेज जनरल जिलेस्पीको मृत्यु भएको थियो ।
सिँहवीर घर्ति मगर
============
सन् १८१४ को नोभेम्बर २७ तारेखको विहान नालापानी किल्लामा अँग्रेज फौज विरुद्धको युद्धमा जमदार सिँहवीर घर्ति मगरले पुरानो गोरख पल्टनबाट कर्णेल माबीले नेतृत्व गरेका सैनिकहरु मध्ये एक दर्जन भन्दा बढीलाई मार्न सफल भएका थिए |
अभिमानसिँह राना मगर (वि.स. १९०२ -१९०३)
==============================
वि.स. १६१६ मा राजा द्रव्य शाह लिगलिगकोटको राजा हुँदा देखिनै राना मगरहरु काजी दर्जामा काम गर्न थालेका थिए | पछि राजा नरभुपाल शाहको राज्यकालमा जयन्त राना मगरले सेनापतिको भूमिका निभाए | पछि कान्तिपुर विजय पश्चात अभिमानसिँह राना मगर नेपालको प्रधान सेनापति भए | भीमसेन थापाको देहान्त पछि बनेका विभिन्न मन्त्री मण्डलमा उनी पनि सदस्य थिए | उनले सैनिक विभागको जिम्मेवारी पनि निभाए | त्यस बेलाको लालमोहर रुक्काहरु मध्ये विस १८९९ भाद्र वदी ७ रोज १ मा उनले सही गरेको भेटिएको पनि छ |
जय मगरात
Subscribe to:
Posts (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...