協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Tuesday, May 14, 2019
मगरहरुको परिचय र अस्थित्त्व बोकेको खुर्पेटो चिन्हको झन्डा
हामी मगरहरुको झण्डा सेतो रंग मा खुर्पेटोको चिन्ह किन
राखिएको हो ? यस्लाई मगरको चिनारी भनेर चिन्निछ तर यो चिनारी कसरी रहन गयो /आयो? यो झण्डा नै किन राखिएको हो त ? यो झण्डा मा खुर्पेटोले के कस्तो विशेषता बोकेको छ त?यो बारे केही जानकारी दिन चाहान्छु !
लखन थापा मगर नेपालका प्रथम शहीद को केही जानकारी !!
लखन थापा मगर नेपालका प्रथम शहीद हुन् । राणा शासन बिरुद्ध आवाज उठाउने उनी पहिलो व्यक्ती थिए । तत्कालिन समयमा उनी नेपाली सेनामा क्याप्टेन थिए जो जङ्ग बहादुर राणाका तानाशाही हुकुमी शासनका बिरुद्धमा उत्रेका थिए । त्यस बेला उनले आफैलाई स्वतन्त्र राज्यको राजा घोषित गरेका थिए र उनका जयसिंह चुमी मगर मन्त्री थिए, जो उनका हितैषी मित्र मात्र नभएर समर्थक पनि थिए । उनले बुङ्कोट गोर्खामा आफ्नो छुट्टै राजधानी स्थापित गरेका थिए जहाँ उनको आफ्नै तीनतले दरबार थियो साथमा सेना र परेड मैदान पनि । उनले आफ्नो नीति बिशेषत: क्रुर जङ्ग बहादुर राणाको तानाशाही शासन खत्तम बनाई एक स्वतन्त्र राज्य र ठुलो सेना स्थापना गर्ने प्रयासतिरै केन्द्रित गरे ।
तर बिडम्बना भनौं राणा सरकारले बि.सं. १९३३ फागुन ३ गते (सन् २७ फेब्रुअरी १८७७) को दिन सयौं मगरहरूले देख्�नेगरेर गोर्खाको उनकै गाउँमा लगेर खिरौंको रुखमा झुण्ड्याएर फाँसी दियो । यसरी स्वतन्त्रताको लागि संघर्षरत एक बीरको सार्वजनिक स्थलमै क्रुर तानाशाहीहरूले निर्ममतापूर्वक हत्या गरिदिए । यसरी उनी नेपालको ईतिहाँसमा पहिलो शहीद भए । उनले नेपालको ईतिहाँसमा कालो दिन भनेर मानिएको १०४ बर्षिय क्रुर जहानियाँ राणा शासनको अन्त्यको लागि आन्दोलनको शुरुवात गरेका थिए । स्मरणीय रहोस् उनले मर्ने बेलामा यदि जङ्गेले उनिलाई फाँसी दिएको खण्डमा त्यसको एक हफ्ताभित्र उ पनि मर्नेछ भनेर घोषणा गरेका थिए र त्यस्तै पनि भयो ।
बिडम्बना भनौं देशमा प्रजातन्त्र आगमन भएको लामो समय बितिसक्दा पनि नेपाल सरकारले बीर शहीद लखन थापा मगरलाई अझैंपनि औपचारिकरुपमा सम्मान गर्न कन्जुस्याँई गरेको तथ्य स्पष्�ट छ । उनलाई ढिलो गरी (सन् २००० फेब्रुअरी २३ मा) शहीद घोषणा गरेर नेपाल सरकारले नाममात्रको औपचारिकता पुरा गरेको छ । यसको ज्वलन्त उदाहरण भनेको अधिकांश नेपालीहरूलाई उनी नेपालका प्रथम शहीद हुन् भन्ने तथ्य ज्ञात नहुनु हो । यद्धपि उनलाई अन्य चार शहीदहरू (गंगालाल श्रेष्ठ,शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द) को हाराहारीमा राखी नेपालको प्रथम शहीदको रुपमा सम्मान गर्नु सरकारको दायित्व हो भन्दा फरक नपर्ला ।
वास्तविक कुरा नेपाल को पहिलो सहिद लखन थापा मगर लाई मारेर राणा शासन मा रातो तिका लगाएर बिजय घोषणा गरेका थिए र तेस पश्चात् मगर राज्य र मगर सामुदाय मा
सेतो तिका लगाउने गरे र झन्डा मा पनि सेतो कलर सान्ती को पहिचान भनेर राखेका थिए र खुर्पेटो को अर्थ हुन्छ मगर राज्य को पालामा कुनै पनि लडाइ वा आन्दोलन मा जादा
खुर्पेटो मा हसिय वा खुर्पा भिरेर धेरै लडाई हरु जितेका थिए र मगर हरुको बस्ती विशेष गरि हिमाली भेग र पहाडी भेगमा बसोबास गर्दै आएका थिए र खुर्पेटो को बनावट मगर जतिले नै पुर्खा को इतिहासमा बनाएका थिए त्यस् कारण मगर राज्यको झन्डा मा सेतो कलर र खुर्पेटो को पहिचान हामी मगर को गौरव हो र मगर राज्यको पहिचान चिनारी हो भनेर राखेको थिए \
मगर हुनुमा गर्व गरौ आफ्नो भाषा सबैले सिकौं !! कानुङ ढुट कानुङ रोष जिवाट्मो डईङ = हाम्रो भाषा हाम्रो सस्कृती जिउदो राखौं !! जय मगर ! जय मगरात !!
#धन्यवाद !!
Subscribe to:
Post Comments (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...
No comments:
Post a Comment