हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Friday, May 24, 2019
भैरमलाई कालो बोंका र कालो भाले
प्रक्रिति पुजक बेगखोलेहरू
गतबर्ष झै बेग-३ का बल बहादुर चोचाड.गीले गाउँमा रहेको भैरमथानमा यसबर्ष पनि कालों बोका र कालों भाले ले मन्दिरमा मसानको अनौठो पूजा पूजेका छन् ।
पुजा गरिने दिन घरबाट मन्दिर तथा पुजा अवधिभर मौन बस्नुपर्ने धार्मिक मान्यता रहेको अवस्थामा कसैले बेलाएर अनिष्ठ हुने भएकाले अर्को बर्ष बली दिएर पुजा गर्नुपर्ने अनौठो तथा पुन मगर समुदायको पवित्र पुजाको रुपमा मानिने भैरमथानको पुजा शनिबार गरिएको छ ।मानबस्तीको विस्तारसंगै ओखरबोट गाविसमा बसोबास गर्ने पुन मगर समुदायले हरेकबर्ष थानमा पुगेर पुजा गर्ने गर्दछन् । ‘पुजामा बोल्नु जरिमाना जस्तै हो ।
विधि र प्रक्रिया पुरा गरेर पुजा सकेपछि खानपिन गरेर घर फर्कने चलन छ।मन्दिरमा बली दिएका पशुपंक्षीको पुजाआजा सकेपछि मासु घरमा लैजान नमिल्ने र अन्य जातीलाई समेत दिन नमिल्ने हभएकोले पुजाको क्रममा कसैले बेलाएमा त्यसका बारेमा समुदायभित्रका मन्दिरमा पुजा गर्न नगएकाहरूलाई समेत जानकारी हुने गरेको स्थानीयको भनाई छ ।
बेग गाउँमा करिव ३०० घरधुरी रहेको पुन मगर समुदायले आफ्नो परम्परागत पुजाका दिन अन्य जातजातीले पुजाका विधिहरू अनुसार चल्ने गरेका छन् । ‘पुजाको दिन हामीले पनि बोलाउँदैनौ,जसले बोलाएपनि अनिष्ठ हुन्छ भन्ने पुरानो भनाई छ’ पुन मगर समुदायले यसलाई एकता, सदभाव, सुख, शान्ति र समृद्धिको कामना गर्ने पुजाका रुपमा समेत लिने गरेका छन् ।
आफ्नो लक्ष्य प्राप्तीका लागि गरिएको भाकल अनिवार्य पुजा गर्नुपर्ने र मनोकामना पुरा गर्न समेत भाकल गर्ने चलन रहेको छ । मन्दिरमा ६५ बर्षिय गो प्रसाद पुन र बल बहादुर चोचाड.गी सहित पुन मगर समुदायका अगुवा, यूवा, आमा समुह लगाएतको सक्रियतामा पुजारीको उपस्थितीमा पुजा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...



No comments:
Post a Comment