परिवारको महत्त्व
‘परिवार महत्त्वपुर्ण कुरामात्र होइन, यो त सबथोक हो । संसारभर सुखको सबैभन्दा ठूलो स्रोत परिवारलाई मानिन्छ । तर, मान्छेको जीवनमा हुने निराशा र हारको सबैभन्दा ठूलो स्रोत पनि परिवारिक समस्यासँगै जोडिएको हुन्छ । भनिन्छ– फ्रेन्च सम्राट नेपोलियनको पतनमा उनको पारिवारिक विखण्डन र विचलनको पनि हात थियो ।
परिवार पनि लोकतान्त्रिक संस्था हो । एक जनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ ।
परिवार टुक्रने कारण
बाउछोराबीच वैमनस्य, दाजुभाइबीच पानी बराबरका घटना हाम्रो समाजमा नौलो होइन । विविध कारणले हाम्रो समाजमा पारिवारिक एकता कमजोर हुँदै गइरहेका छन् । जोडिनुको सट्टा भत्किरहेका छन् परिवारहरू । समाजशास्त्री डा. मीना उप्रेती भन्छिन्, ‘पछिल्लो समय धेरैजसो परिवारमा निराशावादी चिन्तन बढेको छ, एकताभन्दा बढी विचलन छ ।’ केही महिनाअघि एउटा अनुसन्धानका क्रममा डा. उप्रेती थुप्रै परिवारकहाँ पुगेकी थिइन् । त्यतिबेला थुप्रै महिलाले परिवारलाई बलियो बनाउन समय र प्रेम महत्त्वपूर्ण रहेको बताएका थिए । ‘धेरै महिलाले मलाई ‘पैसामात्र होइन, समय पनि चाहियो, प्रेम पनि गर्नुप¥यो’ भन्दै गुनासो पोखेका थिए,’ उनले सुनाइन् ।
त्यसो त पछिल्लो समय आर्थिक कारणले परिवारहरू टुक्रिरहेका छन् । अंशबण्डा गरेर छुट्टिरहेका छन् । अन्तरजातीय बिहेलाई स्विकार्न नसक्दा पनि परिवारभित्र विग्रह निम्तिइरहेको छ । समाजशास्त्री उप्रेती भन्छिन्, ‘स–सानो कारणले परिवार टुक्रिरहेको छ । जस्तैः रक्सी खाएको कारण, अर्कोसँग बोलेको कारण, तरकारीमा नुन नहालेको, जागिर छोडेका आदि–इत्यादी ।
वास्तवमा किन भत्किरहेको छ त परिवार ? टुक्रिएका मनहरूलाई सोधे पुग्छ । काठमाडौँ, बौद्धकी मनु लिम्बू (नाम परिवर्तन) चार वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडेर दुईवर्षे छोरासँगै बस्दै आइरहेकी छिन् । ‘सबैभन्दा ठूलो कुरा प्रेम रहेछ,’ उनले आफ्नो परिवार भत्किनुको कारण खुलाइन्, ‘हाम्रो तीनजनाको सानो परिवार अहिले छैन ।
श्रीमान कता छन्, मलाई थाहा छैन । स–साना कुरामा निहुँ खोज्थे । परपुरुषसँग कुरा गर्नासाथ शंका गर्थे । हामी आमा–छोरालाई समय फिटिक्कै दिँदैनथे । बिहान घरबाट निस्केको मान्छे राति १२ बजे फर्किन्थे । अत्याचार सहनुभन्दा त छुट्टिनै नै जाती भनेर यस्तो निर्णय गरेँ ।’
विश्वासः सबैभन्दा ठूलो कुरा
वास्तवमा जग, पिलर र चार भित्ताले मात्रै घर बलियो बन्दैन । यसलाई बलियो बनाउन त सबैभन्दा पहिले परिवार बलियो हुनुपर्छ । र, परिवार बलियो बनाउनलाई एउटै छतमुनि बस्ने सदस्यबीच प्रेम र विश्वास हुनु आवश्यक छ । अभिनेत्री करिश्मा मानन्धरको धारणा पनि यस्तै छ । उनले व्यवसायी विनोद मानन्धरसँग बिहे गरेको २५ वर्ष पूरा भइसकेको छ । उनकी छोरी २२ वर्षकी भइसकिन्, जो अमेरिकामा छिन् । ‘परिवार बलियो बनाउने सबैभन्दा ठूलो औजार विश्वास हो,’ उनी भन्छिन्, ‘हामी एकअर्काप्रति कुनै अनावश्यक शंका गर्दैनौँ । यही कारण हाम्रो परिवार बलियो छ । मलाई जसरी मेरो काम गर्ने स्वतन्त्रता छ, त्यसै गरी श्रीमान् र छोरीलाई पनि छ । हामी सबै एकअर्कालाई प्रेम, सम्मान र विश्वास गर्छाैं । मेरो त घरमा विनोदजीले नुनदेखि सुनसम्मका सबै काम गर्नुहुन्छ । त्यसैले होला, हाम्रो परिवार अहिलेसम्म ‘इन्ट्याक्ट’ छ ।’
पैसा र परिवार
भनिन्छ, घर कति ठूलो र भव्य छ भन्दा पनि कति खुशी छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । र, घर त्यतिबेला खुशी हुन्छ, जतिबेला परिवारका हरेक सदस्य खुशी हुन्छन् । मान्छेका यति धेरै आवश्यकता हुने आजको युगमा आर्थिक अभावमा परिवार सुखी र खुशी हुन सक्दैन । पैसाका कारण परिवारहरू टुक्रिरहेका उदाहरण हामी गाउँशहरमा प्रशस्तै देख्न सक्छौँ ।
‘परिवारका सबै सदस्य आत्मनिर्भर हुँदा परिवार बलियो बन्छ,’ गायक रामचन्द्र काफ्लेको तर्क छ, ‘विश्वास र प्रेम त छँदैछ, हाम्रो परिवार बलियो हुनुको अर्को कारण यो पनि हो । म र मेरी श्रीमती दुवै बराबर कमाउँछौँ । त्यसो भएपछि भान्छादेखि छोरीको हेरचाहसम्मको काम उनले मात्र गर्नुपर्ने किन ? त्यसैले हामी दुवै घरको काम पनि बराबर गर्छौं । उनी खाना पकाउँछिन्, म भाँडा माझिदिन्छु ।’ रामचन्द्रले गायिका जुनु काफ्लेसँग बिहे गरेको १० वर्ष भइसक्यो । काठमाडौँस्थित सिफलमा उनीहरूको सुखी परिवार बस्दै आइरहेको छ ।
परिवारभित्र संवाद भएन भने आफ्नो मनको कुरा प्रष्टसँग राखिएन भने, ठूलाबडाले जे भन्दा पनि सहेर बस्यो भने समस्या उत्पन्न हुन्छ ।
➖समझदारी अनिवार्य
➖जतिसक्दो धेरै संवाद
協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Thursday, May 23, 2019
Subscribe to:
Post Comments (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...
No comments:
Post a Comment