हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Sunday, May 5, 2019
मगर एक प्रमुख राष्ट्रिय जाती
मगर एक प्रमुख राष्ट्रिय जाती हो
( नेपाल जोडने मगर सन्तानहरुप्रति श्रद्धा समर्पित )
नेपालको इतिहाँसमा मगर जाति
=====================
नेपालमा मगर समुदाय चानचुन १७००००० जति भएको अनुमान छ | उनीहरुको बसोबास ज्यादातर पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यानतिर छ भने अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुरतिर पनि छरिएर बसेको देखिन्छ | सोझो गरी भन्नु पर्दा नेपालको ७५ जिल्ला भरिनै मगरहरुको धेर थोर स्थायी बसोबास रहेको छ | उनीहरुको पुर्ख्यौली भूमि बाह्र मगराँत र अठार मगराँत भनिएपनि गण्डकी र कर्णाली क्षेत्र मगरहरुको मूल थलो हो | बाह्र मगर भाषा , खाम भाषा र काइके भाषा गरि मुख्यतः तीन प्रकारका भाषा उनीहरुको बोलचालमा छ | "१२ थरी मगरको १२ भान्सा " भन्ने भनाई यसैकारण चलेको हो | मगर जाति भित्र ६३३ थर रहे पनि सात थरहरु - थापा ,राना , आले ,पुन , बुढा ,रोका र घर्तीनै मुख्य मानिन्छन |
जैविक परिचय
==========
चेप्टो छाती, पिठ्यूँ, कमर शिर नयन केही साना भएका |
बाटिएका पिडौला, शरिरभरी नशा ढाकी भित्रै गएका ||
धेरै अग्ला, न पुडका गहुँसरि रङ्गका, जिउ निरोगी छ भारी |
नेप्टो नाक हुन्छ ज्यादा, असल मगरका नास्ती जुँगा न दाह्री ||
- अज्ञात कवि
प्राचिन इतिहाँसका ख्याति प्राप्त मगरहरु
==========================
शिन्तू सति शेंग - कंगवाचन , सिक्किम र नेपाल , ळिच्छबि साशन पहिले |
अरमुडी - नेपालदेस्यस्य राजा , काली गण्डकी क्षेत्र , ८ औं शताब्दी |
जीतु मगर - छबिसकोट , रोल्पा |
बलीहांग राना मगर - बल्देंगगढी १२ औं शताव्दी |
मुकुन्द सेन - तानसेन -पाल्पा र बुटवल , ११ औं शताब्दी |
गज लक्ष्मन सिंह - मकवानपुर गढी |
मिचा खान - नुवाकोट -स्यांग्जा |
दल्सुर घले मगर - लिग लिग कोट (गोर्खा ) बि.स. १६०५ -१६१६ |
मानसिंह खड्का मगर - गोर्खा , १६१६ सम्म |
टुलु पिजा मगर - पाखापानी |
विश्वमा मगरहरुले पाएको पदक
--------------------------------
ब्रिटिश शैनिकले दिएको १३ ओटा VC मध्ये ५ ओटा VC मगर जातिले पाएको इतिहाँस साक्षी छ | राइफल म्यान कुलबीर थापा मगरले पहिलो VC ,फ्रान्समा सन् १९१५ मा,राइफल म्यान करणबहादुर रानाले VC इजिप्टमा ,सुबेदार लालबहादुर थापाले VC .ट्युनिसियामा , राइफलम्यान तुल बहादुर पुनले बर्मामा, सुबेदार नेत्रबहादुर थापाले बर्मामा ,सर्जेन्ट दिप प्रसाद पुनले (CGC),ब्रिटेनमा पाएका थिए |
नेपालको एकीकरण इतिहाँसमा मगरहरुको देन :
===============================
इतिहाँस केलाउदा पन्ध्रौँ शताब्दीमा पाल्पामा सेन राजाको बढोत्तरी गर्नमा मगरहरूको ठूलो हात थियो | मगर वीर लडाकू भएको कारणले नै खस र मगर सैन्यवलले मुकुन्द सेनले आफ्नो पाल्पा राज्य बढाएर सुखिमसम्म पुर्याएका थिए | सेन दरबारमा मगर सरदारको प्रभुत्व थियो | सेन राजाहरू मगर राजाका रूपमा चिनिन्थे भने जनतामा पनि घुलमिल भएर बस्ने यिनको सरल स्वभाव थियो | यसैलाई लक्ष्य गरेर “सुख पाए सहर पस्नु, दुःख पाए मगरात पस्नु” भन्ने उखान नेपालका चलेको थियो |
पृथ्विनारायण शाहको एकीकरणपछि पनि सेनका पालादेखि चलिआएको रीतिथिति यथावत् चलाइयो | मगरहरू सैन्य नेतृत्वमा मात्र होइन, देवीथानका पुजारीका रूपमा पनि स्थापित गराइए | बाग्लुङमा खड्का पुजारी भएजस्तै मनकामनामा मगर छन् | विजयपुरका बूढा सुब्बाका पुजारीपनि मगर छन् | गोरखा राज्य स्थापनामा ६ थरी जनताको सहयोगबाट सम्भव भएको थियो | ६ थरीमा बाहुन, क्षेत्रीदेखि राना मगरसम्मका जात थिए | धार्मिक कार्य र न्याय सम्पादनमा बाहुनको हात थियो भने अन्य राजकाज र युद्धकार्यमा खस मगर, गुरूङ आदिकै पहुँच थियो |
मधु राना, जसु राना, नरबिर आले, संजित थापा , गंगाराम रानामगर, गङ्गा राना मगर ,जयन्त राना मगर ,विराज बखती थापा मगर , प्रतिमन राना मगर, सुरजसिंह रानामगर, मानसिंह रोका मगर, सरदार भक्ति थापामगर सुरथ सिंह राना मगर , कालिदास खड्का मगर, भीमसिंह थापा मगर , सुरसिंह राना मगर, जसिवंत राना , मणिकण्ठ राना ,देवु राना , सोया वनुवा थापा मगर , जयन्त राना , बन्धु राना मगर, कालु खड्का मगर, विस्न्या नाउ, हतियार बनाउन लखनौ देखि ल्याएका भेषा सिंह , शेख जरवार र मुहम्मद ताकि मुसलमानहरुले मगर संगै मिलेर नेपाल जोगाएका थिए |
लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिए पछि मनकामना मन्दिरका मूल पुजारी रैथाने थापा मगरनै राखिए | विराज थापा मगर , मान सिंह खडका मगर ,राजा द्रब्य शाहको पालामा गंगाराम राना मगरलाई प्रधानन्यायाधिस ,न्याय विभाग प्रमुखनै दिइएको थियो | लखन थापा , जयन्त राना , शंखमणि राना , सर्वजीत राना मगर , लखन थापा मगर ,जयन्त राना ,सर्बजीत राना मगर र वि. सं १९०२ देखि १९०३ सम्म अभिमानसिहं राना मगर नेपालको प्रधान सेनापति पदमा कार्यरत थिए | विराज थापा मगरल , गगन सिंह राना उच्च पदस्थ थिए | अभिमान सिंह राना ,विराज वखेती (मगर) जस्ता योद्धा र बूढा काजी अभिमानसिंह राना कोत पर्वमा परेपछि भने राणाकालमा सैनिक पेशामा वाहेक राजकाजमा मगर जातीय सहभागितको क्रम टुट्न पुग्यो |
नेपालको इतिहाँसमा ख्याति प्राप्त मगरहरु :-
===========================
गंगाराम राना मगर
=============
लमजुङको राजकुमार द्रव्य शाह विस १६१६ मा लिगलिगकोटको राजा भएपछी गंगाराम राना मगर प्रधानन्यायाधिस न्याय विभाग प्रमुख नियुक्त गरेका थिए |
लखन थापा (प्रथम)
=============
यी गोर्खाका राजा रामशाहको पालाको जल्दोबल्दो काजी थिए | उनी राजा रानीका अंरक्षक थिए | उनी धर्मभीरु महात्मा भएका र उनकै सपना अनुसार हाल गोरखा मनकामना देवी उत्पत्ति भएको थलो फेला परेको थियो |
जयन्त राना
=========
यी राजा नरभुपाल शाहको प्रधानसेनापति काजी थिए | नरभुपाल शाहको पालामा कान्तिपुर राज्यको नुवाकोटमाथि गरिएको हमलाको नाइके पनि यिनै थिए | उक्तयुद्ध असफल भयो | त्यसपछि यीनी काजीबाट हटाइए र त्यसपछि कान्तिपुरका राजा जय प्रकाश मल्लको फौजमा काम गर्न थाले |
शंखमणि राना
==========
यीनी जयन्त रानाका छोरा थिए | जयन्त राना काम विशेषले कान्तिपुर गएका बेला शंखमणि नुवाकोट किल्लाको प्रमुख भईबसेका बेलामा पृथ्वीनारायण शाहले नुवाकोटामाथि हमला गरी विजय प्राप्त गरे भने शंखमणि यसैयुद्धमा विस १८०१ मा मारिए |
काजी विराज थापा मगर (विस १८००-१८०१)
=============================
राजा रामशाहको पालादेखिनै मनकामनाका थापा मगरहरुले गोर्खा दरवारको मन जितेका थिए | पृथ्वीनारायण शाहको पालासम्म यिनीहरु थिए | काजी विराज थापा मगर गोर्खाका राज परिवारका ददा हुन | विराज थापा मगर पृथ्वीनारायण शाहले पहिलो पटक नुवाकोटमाथि हमला गर्दाका सेनापति पनि हुन | यी लाह्यु वा लाहे मगर हुन |
जोहरसिँह थापा मगर
============
सहेराम थापा मगर र माता मनमायाको कोखबाट विस १८४४ मा जन्मेका जोहरसिँ थापा मगरले नेपाल एकिकरण र नेपाल अँग्रेज युद्धमा देहरादुनको नालापानी छेउको खलंगाको युद्धमा बलभद्र कुँवरको मातहतमा रहंदा , उनी तोपखाना हतियार चलाउने कमाण्डरहुद्दा भएपनि उनले हानेको तोपको गोलाले नालापानी युद्धमा अंग्रेज जनरल जिलेस्पीको मृत्यु भएको थियो ।
सिँहवीर घर्ति मगर
============
सन् १८१४ को नोभेम्बर २७ तारेखको विहान नालापानी किल्लामा अँग्रेज फौज विरुद्धको युद्धमा जमदार सिँहवीर घर्ति मगरले पुरानो गोरख पल्टनबाट कर्णेल माबीले नेतृत्व गरेका सैनिकहरु मध्ये एक दर्जन भन्दा बढीलाई मार्न सफल भएका थिए |
अभिमानसिँह राना मगर (वि.स. १९०२ -१९०३)
==============================
वि.स. १६१६ मा राजा द्रव्य शाह लिगलिगकोटको राजा हुँदा देखिनै राना मगरहरु काजी दर्जामा काम गर्न थालेका थिए | पछि राजा नरभुपाल शाहको राज्यकालमा जयन्त राना मगरले सेनापतिको भूमिका निभाए | पछि कान्तिपुर विजय पश्चात अभिमानसिँह राना मगर नेपालको प्रधान सेनापति भए | भीमसेन थापाको देहान्त पछि बनेका विभिन्न मन्त्री मण्डलमा उनी पनि सदस्य थिए | उनले सैनिक विभागको जिम्मेवारी पनि निभाए | त्यस बेलाको लालमोहर रुक्काहरु मध्ये विस १८९९ भाद्र वदी ७ रोज १ मा उनले सही गरेको भेटिएको पनि छ |
जय मगरात
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment