हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Sunday, May 12, 2019
अर्थ र महत्त्व खिईदै गईरहेको प्रेमको नयाँ यूग
प्रेमको अर्थ र महत्व अहिले खिइदै गएको छ ।
विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने सोंच हुन्थ्यो । विवाहलाई जीवनभरको सम्बन्ध मानिन्थ्यो । सम्बन्धमा पनि मर्यादा र अनुशासन थियो ।
त्यही कारण त विवाहमा एक किसिमको कमटिमेन्ट अर्थात प्रतिवद्धता गराइन्थ्यो, दुलहा र दुलहीलाई । जीवनभर एकसाथ रहने, दुःख सुख बाढ्ने, दाम्पत्य जीवनको मूल्य बुझ्ने, श्रीमान्-श्रीमतीको मर्यादा र जिम्मेवारी पालना गर्ने इत्यादि ।
त्यही अनुसार कुनैपनि दम्पतीले आफ्नो पारिवारिक मर्यादा, सीमा र अनुशासन पूर्णत पालना गर्थे । दाम्पत्य सुखभोग गर्थे ।
तर, आज त्यस्तो अवस्था छैन ||
सम्बन्धको अस्त्तित्व गुमेको युग...
सामाजिक संजालका भित्ताहरुमा टाङ्गिने तस्विरहरु र तिनै तस्विरहरुको आधारमा आदान प्रदान गरिने मित्रताको अनुरोध।कुरा केवल एक दुई दिन के बित्छ।मोबाईल नम्बर साटा साट गरिन्छ,फोनको कुराकानी केहि दिन मै भेट घाट।माया अनि बिबाह।एक अर्कालाई राम्ररी बुजी नसक्दै बिबाहको निष्कर्षमा।त्यो बिबाह सफल हैन एउटा समस्याको रुपमा खडा भईन्छ।घाटिमा अड्केको हड्डी जस्तो न निल्नु न ओकल्नु।रुपमा फसेर हैन सम्बन्ध एक अर्कालाई बुजेर अगि बढ्न जरुरि छ।भन्छन नि अगि सोच्नु एक हात पछि सोच्नु बाह्र हात.......
मानव जीवन त जन्म र मृत्यु बिचको एउटा झोलुङ्गे पुल हो....वार पार गर्ने बटुवाहरु कति कति तर मनको राजा एकै हुन्छन जसले सम्बन्धको अस्त्तित्व बुझेको हुन्छl
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...


No comments:
Post a Comment