Email subscription

Enter your email address:

Delivered by FeedBurner

Sunday, May 12, 2019

अर्थ र महत्त्व खिईदै गईरहेको प्रेमको नयाँ यूग



प्रेमको अर्थ र महत्व अहिले खिइदै गएको छ ।

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने सोंच हुन्थ्यो । विवाहलाई जीवनभरको सम्बन्ध मानिन्थ्यो । सम्बन्धमा पनि मर्यादा र अनुशासन थियो ।

त्यही कारण त विवाहमा एक किसिमको कमटिमेन्ट अर्थात प्रतिवद्धता गराइन्थ्यो, दुलहा र दुलहीलाई । जीवनभर एकसाथ रहने, दुःख सुख बाढ्ने, दाम्पत्य जीवनको मूल्य बुझ्ने, श्रीमान्-श्रीमतीको मर्यादा र जिम्मेवारी पालना गर्ने इत्यादि ।

त्यही अनुसार कुनैपनि दम्पतीले आफ्नो पारिवारिक मर्यादा, सीमा र अनुशासन पूर्णत पालना गर्थे । दाम्पत्य सुखभोग गर्थे ।
तर, आज त्यस्तो अवस्था छैन ||

सम्बन्धको अस्त्तित्व गुमेको युग...
सामाजिक संजालका भित्ताहरुमा टाङ्गिने तस्विरहरु र तिनै तस्विरहरुको आधारमा आदान प्रदान गरिने मित्रताको अनुरोध।कुरा केवल एक दुई दिन के बित्छ।मोबाईल नम्बर साटा साट गरिन्छ,फोनको कुराकानी केहि दिन मै भेट घाट।माया अनि बिबाह।एक अर्कालाई राम्ररी बुजी नसक्दै बिबाहको निष्कर्षमा।त्यो बिबाह सफल हैन एउटा समस्याको रुपमा खडा भईन्छ।घाटिमा अड्केको हड्डी जस्तो न निल्नु न ओकल्नु।रुपमा फसेर हैन सम्बन्ध एक अर्कालाई बुजेर अगि बढ्न जरुरि छ।भन्छन नि अगि सोच्नु एक हात पछि सोच्नु बाह्र हात.......

मानव जीवन त जन्म र मृत्यु बिचको एउटा झोलुङ्गे पुल हो....वार पार गर्ने बटुवाहरु कति कति तर मनको राजा एकै हुन्छन जसले सम्बन्धको अस्त्तित्व बुझेको हुन्छl

No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...