हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Friday, May 24, 2019
जापान मा रहनु हुने सम्पूर्ण दाजु भाई दिदि बहिनि हरुले जानी राख्नु पर्ने कुराहरु
जापान मा रहनु हुने सम्पूर्ण दाजु भाई दिदि बहिनि हरुले जानी राख्नु पर्ने कुराहरु
जापानमा बस्ने नेपालीहरूको संख्या ८० हजार नाघिसकेको छ र नेपालीहरूको संख्या बढ्दै गए अनुसार बिभिन्न समस्याहरू पनि बढ्दै गएको छ । यो सबै हुनु भनेको नेपालबाट जापान आउने बेलामा जापानको बारेमा केही पनि नबुझी अन्धाधुन्ध जापान भित्रिनु एउटा मूख्य कारण हो भने अर्को जापानमा भएका नेपाली दलालहरू नै हुन ।
अपराध भनेको ठूलो पनि अपराध र सानो पनि अपराध नै हो । कतिपयलाई अपराध भन्ने शब्दको वास्तविक अर्थ थाहा नहुन सक्छ ।
जापान जस्तो बिकशित देश, जहाँ परिश्रम गर्ने हो भने महिनामा २,३ लाख आरामले जसले पनि कमाउन सक्छ । तर जापान जस्तो विकशित देशमा आएर पनि श्रम गरेर नखाई, नेपालीलाई नै ठगेर खान पल्केका अल्छी दलालहरूले गर्दा विविध समस्या उत्पन्न भएको पाइन्छ ।
हाल जापानमा नेपालीहरू के कस्तो केशमा पुलिसको फन्दामा परि थुना र जेलको जीवन ब्यतित गरिरहेका छन भन्ने कुरा सबैलाई जानकारी गराउनको लागि छोटकरीमा बुँदागत रुपमा लेख्दैछु । यी बुँदाहरू पढ्नुहुनेहरूले यस्ता कुराहरू गर्नु जापानमा क्राइम रहेछ भन्ने बुझी सचेत हुनुभयो भने नेपालीहरूको जापानमा क्राइम डाटा अलिकति भए पनि तल झर्छ कि भन्ने लाग्दछ । जबकी कसैले पनि यस्तो काम गरी जापानको कानुन उल्लंघन नगरोस र एउटा सपना बोकेर जापान आएको कुनै पनि नेपाली जापान पुलिसको खोरमा थुनिएर बस्नु नपरोस । अपराध भनेको ठूलो पनि अपराध र सानो पनि अपराध नै हो । कतिपयलाई अपराध भन्ने शब्दको वास्तविक अर्थ थाहा नहुन सक्छ ।
नेपालको सन्दर्भमा अपराध भन्ने बित्तीकै हत्या, चोरी डकैती हो भन्ने कुरा हाम्रो दिमागमा हुन्छ। हत्या भन्ने कुरा अपराधभित्रको एउटा हाँगा मात्र हो र हजारौ अपराध भित्र पर्ने एउटा अपराध हो । नियम र कानुन देश अनुसार फरक फरक हुन्छन् । जुनै पनि देशमा नियम-कानुन बनाउने बेलामा त्यो देशका देशवासीहरूको रितिरिवाज, धर्म, सँस्कृति र परम्परा र परिस्थितीहरूलाई मध्यनजर गरी निर्धारण गरेको हुन्छ । त्यसैले हामी जुन देशमा गए पनि त्यो देशको बारेमा अलिकति भए पनि ज्ञान लिएर जानु उपयूक्त हुन्छ । कतिपय कुराहरू हाम्रो देशमा सामान्य लाग्ने कुराहरू विदेशमा अपराध हुन जान्छ । नेपालमा जो सुकैले सामान्य र पचाउन सक्ने कुरा जापानमा ठूलोअपराधको रुपमा लिइएको पनि हुन्छ।
हाल नेपालीहरू पुलिसको कठघरामा थुनिनु परेको मुख्य धटनाहरू निम्नानुसार छन –
१. झै-झगडा गर्ने, हात हाल्ने, तोडफोड गर्ने, मारपिट गर्ने ।
२. जापानीहरू सँग नक्कली विवाह ( कागजी बिवाह) गर्ने ।
३. पैसाखाएर नक्कली सन्तान बनाई जापान बोलाउने ।
४. विविध तरिकाले ठगी गर्ने, दलाली गर्ने ।
५. भिजिट भिषामा बोलाइ रिफ्यूजी हुन प्रोत्साहन गराउने र सो गरेवापत मोटो रकम लिने ।
६. अर्काको रेसिडेन्स कार्ड बोकि हिड्ने र अर्काको कार्ड देखाइ काम गर्ने ।
७. लाइसेन्स बिना गाडी चलाउने ।
८. मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ।
९. ओभरस्टे बस्ने ।
१०. जापानमा दर्ता नभएका अबैधानिक फोन कार्डहरू प्रयोग गर्ने (किन्ने बेच्ने दुबै)
११. अर्काको क्रेडिट कार्ड बोकि हिड्ने, किनमेल गर्ने ।
१२. अर्काको भिषा देखाएर फोन, इन्टरनेट निकाल्ने ।
१३. नक्कली कार्डहरू बोकि हिड्ने तथा प्रयोग गर्ने ।
१४. अर्काको डकुमेन्ट मा सम्बन्धित ब्यक्तिलाई थाहै नदीईकन नक्कली डिपेन्डेन्टहरू बोलाउने ।
१५. नक्कली भिषा र नक्कली कार्ड प्रयोग गरी काम गर्ने ।
१६. डिपेन्डेन्ट भिषा र विध्यार्थी भिषा भएकाहरूले २८ घण्टा भन्दा बढी २-३ ठाउँमा काम गर्ने ।
१७. भिषा एउटा कम्पनीको तर काम अर्कै कम्पनिमा गर्ने ।
१८. चोरी ( कन्भिनीमा १०० येनको क्याण्डी देखि लिएर लाखौको सामान) ।
१९. पाकेट मार्ने ।
२०. लागूपदार्थ ओसारपसार एवं बिक्री बितरण ।
२१. अर्काले लगाएको फलफूल साग सब्जी चोरी खाने ।
२२. राती हो-हल्ला गर्ने, अर्कालाई डिस्टर्ब हुने काम ( मेइवाकु) गर्ने ।
२३. राती १० बजे पछि अर्कालाई फोन गरी डिस्टर्ब गर्ने ।
२४. जथाभावी फोहोर फाल्ने । जल्ने र नजल्ने फोहोर एकै ठाउँमा मिसाएर फाल्ने ।
२५. सुपर मार्केट देखि कन्भिनी भित्र वा निषेधित क्षेत्र भित्र थुक्ने या फोहोर फाल्ने ।
२६. २० बर्ष नपुगेकाले चुरोट, रक्सी किन्ने ।
२७. ट्राफिक नियम विपरीत बाटो काट्ने ।
२८. ओभर स्पीड गाडी चलाउने ।
२९. कन्ट्रयाक्ट पेपर अनुसार कामदार लाई तलब नदिने ।
३०. कामदारलाई अाठ घण्टा भन्दा बढी काम लगाइ ओभर टाइमको पैसा नदिने ।
३१. पैसा लिएर काममा लगाउने ।
३२. पैसा ब्याजमा लेनदेन गर्ने ।
३३. हुण्डीबाट बिदेश पैसा पठाउने ।
३४. जुवा तास खेल्ने, खेलाउने ।
३५. अवैधानिक यौन ब्यापार गर्ने, गराउने ।
३६. दर्ता नगरी कम्पनि, संघ-संस्था खोल्ने ।
३७. टिकट छलेर ट्रेन चढ्ने । ( बच्चाको सस्तो टिकट किनेर ठूलो मान्छे त्यसमा यात्रा गर्ने )
३८. अर्काको होकेन ( इन्स्योरेन्स ) प्रयोग गरी उपचार गर्ने, गराउने ।
३९. सार्बजनिक ठाउँमा दिसा-पिसाब गर्ने ।
४०. पुरानो र बिग्रेका साइकलहरू जथाभावी फाल्ने, अर्काले फालेको साइकल चढी हिड्ने ।
४१. घर भाडा, पानी, बत्ती, ग्याँस , फोन , इन्स्योरेन्सको पैसा नतिर्ने ।
४२. ट्याक्स नतिर्ने ।
४३. जथाभाबी पार्किङ गर्ने ।
४४. भिड भएको बस र ट्रेनमा महिलाहरूको गुप्ताङ्गहरूमा हात लगाउने ।
४५. जबरजस्ती यौन सम्पर्क गर्न खोज्ने र केटीहरू समात्ने ।
४६. क्रेडिट कार्ड प्रयोग गरी लिएकाे ऋण फिर्ता नगर्ने ।
४७. अपहरण गर्ने , थर्काउने, धम्काउने ।
४८. अर्काले खसालेको सामान टिपेर पुलिसमा नबुझाइकन आफैले लिएर जाने ।
४९. स्कूल तथा कलेजको होस्टल भनी यौन ब्यापार सेन्टर खोल्ने ।
५०. सामाजिक संजालमा(बिशेषगरी) अर्काको मानहानी गरी बिभिन्न लेखहरू लेख्ने । ( साइबर क्राइम गर्ने ) ।
५१. घरेलु हिंसा गर्ने ( श्रीमतीलाई थर्काउने, पिट्ने) ।
५२. नेपालमा श्रीमति भएर पनि नक्कली कागजपत्र बनाई जापानमा अर्को विवाह गर्ने ।
५३. एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेको १५ दिन भित्रमा आफ्नो रेसिडेन्स कार्डमा एड्रेश चेन्ज नगर्ने ।
Subscribe to:
Post Comments (Atom)
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment