हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, May 21, 2019
माघे संक्रान्तिको विषेशता
हामी मगरहरुको माघे संक्रान्ति पर्व
उत्पत्ति
माघेसक्राति मनाउने शैली र खानाका परिकारहरूका आधारमा यो चाडको विकास सिकारी युग ९जगलतष्लन नबतजभचष्लन बनभ० मा भएको बुझिन्छ । माघेसक्रातिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कण्दमुल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ । रुकुमका कुनै भेगका मगरहरूले माघेसक्रातिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको वदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ ।
सांस्कृतिक पक्ष
मगर समाजमा मनाइने माघेसक्रातिको प्रमुख आयाम भनेको सामाजिक र सांस्कृतिक पक्ष हो । मगरहरू स्वभावैले बढी मनोरञ्जनमुखी हुने भएकाले गीत, संगीत, नाच र खेलहरू पहिलो प्राथमिकतामा परेका हुन्छन् । यो चाडमा बन्दुक वा धनुवाण वा गुलेलीले तारो हानेर मनोरञ्जन लिने गरिन्छ । रुकुम रोल्पातिरको मगर समाजमा पुस १५ गते नम्सुइँ (तीर फुकाउने) विधि गरेर तीर हान्ने अभ्यास शुरु गरिन्छ । माघको तेस्रो दिनदेखि पाँचौं दिनसम्म एक ठाउँमा भेला भएर तारो हान्ने चलन रहेको छ । स्थानीय मगर भाषामा लामुई र कोथले भनिने धनुषवाणले काठको फल्याकमा बनाइएको गोलो चिन्हमा तिर हान्ने गरिन्छ । तारो हान्दा निसाना ढाल्ने व्यक्तिलाई बाजा बजाउँदै र ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ भन्ने गीत गाउदै बोकेर डुलाउने गरिन्छ । यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्दछन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरुप फिर्ता दिने चलन छ ।
खास गरी सौर्य तिथिका हिसाबले माघ महिनाको पहिलो दिन सूर्य मकरराशीमा प्रवेश गर्दछ । यो दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा वर्षभरिको सबैभन्दा छोटो दिन, लामो रात र न्यून तापक्रम हुन्छ । माघेसक्रातिकै दिनदेखि सूर्यले मकर राशीबाट उत्तर कर्कट राशीतर्फको यात्रा प्रारम्भ गर्ने भएकाले दिन लामो, रात छोटो र तापक्रम बृद्धि हुँदै जान्छ । त्यसकारण मगरपरम्परामा सूर्य उत्तरायणको समयावधि अर्थात माघेसक्रातिदेखि साउने सक्रातिसम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरुमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहमनाउने गरिन्छ ।
जसमध्ये माघेसँक्रान्ति आदिबासी जनजाती मध्येको मगर समुदायको मुख्य चाडका रुपमा मनाईन्छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । यो चाडमा दाजुभाई तथा माईतिले आफ्ना दिदी बहिनी चेलीबेटीलाई सम्मान तथा माया स्वरुप विभिन्न प्रकारका खानेकुरा खान दिने , उपहार,दानदक्षिणा दिएर खुसि बनाएर चेली र माईती विचको सम्बन्ध अझै मजबुट बनाउने तथा स्वर्गबास भएका आफन्तहरुलाई सम्झना गरिने हुदा परापुर्वकालदेखिनै मगर समुदायले यो चाड मुख्य चाडका रुपमा निकै धुमधामका साथ मनाउदै आएको विज्ञहरु बताउछन् । मगर समुदायकका पुर्खाहरु प्रकृति पुजारी भएकोले यसरी माघ १ गतेबाट प्राकृतिक रुपमै रात छोटीदै जाने तथा दिन लामो हुदै जान्छ सोहि अनुसार मगर समुदायले आफना चेलीबेटी तथा पितृलाई भगवानका रुपले मान्ने भएकोले यो पर्व मुख्य पर्वका रुपमा मनाउन लागिएको विज्ञहरुको भनाई छ । नेपालको मुख्यगरि पश्चिम पहाड गण्डकी नदीको–रिडी, म्याग्दी–बेनी, बाग्लुङ, धोर पतन, रोल्पा–मारीबाङ, दाङ लगाएतका स्थिानमा यो पर्वको बढि महत्व दिने गरिन्छ ।
मनाउने शैली
माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ मनाउने गरेको पाइन्छ । युवाहरु धनु काँड खेल्दै माघेसङ्क्रान्तिको रौनकका सुरू गर्छन् । दाजुभाईहरु धनुसंगै जंगलमा सिकार गरि ल्याईएको सिकार तथा वन तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जंगलतिर लाग्छन् । घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घरतरुल खनेर तयारी गर्छन्। जंगलबाट लिएको सिकार तथा वनतरुल लिएर फर्केका युवाहरु रात गरी तरुल पकाउने देखि पुरी बनाउने अधिष्ठान्न भोज पकाउनुमामा व्यस्त हुन्छन् । तर सरकारले अवैध रुपमा सिकार खेल्न बन्देज लगाएपछि सिकार खेल्न जाने प्रचलन हटेको छ ।
संक्रान्तिका दिन बिहान दाजुभाइले जलप्रथना गर्दै नुहाएर खाली पेटमा कुल कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ‘निस्रो’ले पुज्ने गर्छन् । पूजा गर्दा टपरीमा एक माना चामलका साथ विभिन्न तरुल, नुनखुर्सानी र दक्षिणा राखेर दिने चलनलाई ‘निस्रो’ भनिन्छ । निस्रो बाडने प्रचलन पनि फरक स्थानमा फरक शैलीमा भएको पाईन्छ ।
बाग्लुङका अधिकांश मगर समुदायमा विवाह नभएका कन्यालाई मात्र नेस्रो दिने चलन छ भने रुकुम रोल्पा लगाएतका स्थानमा विवाह गरेर गएका चेलीलाई पनि दिने चलन रहेको छ त्यसैले छिमेकी गाउँठाउँमा पुगेका दिदीबहिनीलाई ‘निस्रो’ बाँड्दै घरघरमा पुग्छन्। दोस्रो दिन युवतीहरू परिवारका अन्य सदस्यले खान नमिल्ने र खाएको पनि हेर्न नमिल्ने भएकोले ‘माघ खान’ ( निस्रौ) समूह÷समूहमा बाँडिएर फुपुको छोरा (भिनाजु)हरुसंग गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन । दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन्। निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५÷६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खाएर रमाईलो गर्छन । गाउँको चौतारामा भेला भएर ‘होम्पई’ (परम्परागत जातीय नृत्य) नाच्छन्। यसमा डोकोलाई सारी÷चोलो लगाइदिएर पोते(तिलहरी र चुरा लगायतका गहनाले सजाइन्छ । होम्पई नाँच्दा केटी डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, जिस्कँदै फन्फनी घुमेर नाच्छन् । जुनसुकै उमेरका पनि यो नृत्य र मेला हेर्न गाउँको चौतारीमा भेला हुन्छन् । माघ ३ गते अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ‘तारो हान्ने’ चलन छ । विभिन्न स्थानमा धनुषकाँडले तारो हान्न फ्ल्याकमा अंगारले लगाइएको गोलो चिह्नलाई बन्दुकको निसाना बनाइन्छ। पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिह्नमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ । ६ महिनासम्म धापा (युवा) तथा धामी (युवती)हरु उधेली(साउन —पौष) ऋतुमा विभिन्न औपचारिक नाँचमा सहभागी हुन्छन् । पुषको अन्तिममा विभिन्न नाँचहरु समापन गरी पीडा महसुस गर्दै साथीहरु छुट्छन् । महिला–पुरुष कलाकारको प्रतिक पुतली बनाएर राखिन्छ । मादल बाजा बन्द गरिए पछि, ती कलाकारका प्रतिक ब्याउली (पुतली) एकान्त ठाउँमा महिलाहरुले जलाउन प्रचलन रहेको छ यसरी नै उधौलीको विदाई गरि उभौलीको स्वागत गरिन्छ ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरका अनुसार मगर परम्परामा माघेसंक्रान्तिलाई माघदेखि असारलाई उभेली ऋतु मानिन्छ त्यसैले मादल बजाउन बन्द गरिन्छ अनि घाँटु, मारुनी, सोरठी तथा पुतलीलगाएतका नाच तथा बाजा बजाईन्छ । साउनदेखि पुष महिनालाई उधेली ऋतु हुने भएकोले साउन १ गते भुमे पर्वबाट पुन मादल बजाएर उधेलीमा जमिन बाहिर नचारु, जोरा, पैस्यारु , सरङ्ङया, दाम्फ्या जस्ता नाँचहरु ओखला (प्रकृति) पूजा गरेर औपचारिक रुपमा नाँचको आरम्भ र समापन गरिन्छ । अध्यक्ष मगरका अनुसार मादल मगर जातिको मौलिक बाजा भएकोले विभिन्न उपरोक्त औपचारिक नाँचको लागि तितेपाती, रातो–सेतो पाता जोली धजा, पैसा र अछेताले पूजा गरेर बजाउन आरम्भ गरिन्छ र नाँच समापन गर्दा पनि सोही विधिबाट पुष महिनाभरी औपचारिक नाँचहरुसंगै माघे सकरातीका दिनदेखि साउन सम्म मादल बन्द गरिन्छ ।साउने सकरातीमा मादल फुकाएर जैसी (मगर विद्वान)द्वारा शुभ साइत हेराएर हिलो हटेपछि ओखलो (भूमि) पूजा गरेर नाँच आरम्भ गरिन्छ ।
थारुसंगको भिन्नता
यो चाड थारु समुदायले पनि धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउछन् । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी पर्वको अध्ययन अनुसन्धानमा लाग्नुभएका कृष्णराज सर्वहारीले जानकारी दिनुभएको छ । विसं २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायमा चिनिन्छ । तर थारु समुदायले माघी पर्व(उत्सव)का रुपमा मनाउछन भने मगर समुदायले चाडका रुपमा मनाउदै आएका छन् । नेपाल मगर संघका अध्यक्ष रोका मगरका अनुसार प्रचिन समुदाय मध्येको मगर समुदायको साँकृतिक परम्परा,चालचलन,रितिरिवाजका विषयमा अनुसन्धानकर्ताहरुसंगको बहसबाट निकालिएको निचोड र प्रमाणका आधारमा डकुमेन्ट्रि प्रशकाशन गरि छारिएर रहेको मगर समुदायलाई एउटै धर्म,रितिरिवाज तथा चालचलनमा एकिकृत गर्ने तयारी भैरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment