हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Sunday, May 12, 2019
तोकुतेइ गिनोउ भिसा (特定技能ビザ) के हो ??
" तोकुतेइ गिनोउ भिसा (特定技能ビザ) के हो ? सबै ले बुझ्ने भाषामा "
● तोकुतेइ गिनोउ (特定技能) भनेको कामदारको चरम अभाव भोगेको जापानले विदेशी कामदारलाई दिने आवास अनुमतिको नया योजना हो ।
● यो भिसा २ प्रकार को छ । 特定技能1号 र 特定技能2号
● 特定技能1号 अन्तर्गत काम गर्ने क्षेत्र 14 वटा छ । भिसा अवधि अधिकतम ५ वर्ष हुन्छ र ५ वर्ष पछि आफ्नै देश फर्किनु पर्ने छ । परिवारलाई सँगै जापानमा ल्याउन पाइँदैन । काम सम्बन्धी दक्षता साधारण भए हुन्छ ।
● 特定技能2号अन्तर्गत काम गर्ने क्षेत्र 2 वटा मात्र छ । भिसा नवीकरण गरेर लामो समय सम्म परिवार सँगै जापान मा बस्न पाइन्छ । काम सम्बन्धी विशेष दक्षता हुनु पर्छ ।
● 特定技能1号अन्तर्गत पर्ने क्षेत्र :
①建設業 (कन्स्ट्रक्सन) ②造船・舶用工業 (जहाजको पाट पुर्जा निर्माण) ③自動車整備業 (सवारी साधन मर्मत संहार) ④航空業 (विमान स्थल बायु सेवा) ⑤宿泊業 होटेल लाज⑥介護 (नर्सिङ्ग) ⑦ビルクリーニング (भवन सरसफाइ) ⑧農業 (कृषि) ⑨漁業 (माछा पालन) ⑩飲食料品製造業 (खाद्य तथा पेय पदार्थ उत्पादन)⑪外食業 (रेस्टुरेण्ट) ⑫素形材産業 (कच्चा पदार्थ उत्पादन तथा प्रशोधन ) ⑬産業機械製造業 (ठूला औजार र मेसिन उत्पादन) ⑭電気電子情報関連産業 (इलेक्ट्रिक र इलेक्ट्रोनिक)
● 特定技能-2号अन्तर्गत पर्ने क्षेत्र:
①建設業 (कन्स्ट्रक्सन) ②造船・舶用工業 (जहाजको पाट पुर्जा निर्माण)
● कम्पनी परिवर्तन(転職 )गर्ने मिल्छ तर काम गर्ने क्षेत्र एउटै हुनु पर्छ ।जस्तो 特定技能1号को 宿泊業बाट काम को अनुमति पाएको कामदार ले 航空業 मा 転職 गर्न पाइँदैन, 宿泊業नै हुनु पर्छ ।
● यो भिसा प्राप्त गर्न जापानी भाषा र काम गर्न चाहेको क्षेत्र सम्बन्धी सीप/ज्ञान को परीक्षा पास गर्नु पर्ने छ । त्यस पछि सम्बन्धित क्षेत्रको कम्पनी बाट नियुक्ति पत्र प्राप्त गरि भिसा प्राप्त गर्न सकिन्छ ।
● परीक्षा जापानको विभिन्न सहर र श्रम सम्झौता भएका देशमा हुन्छ । काम को क्षेत्र अनुसार परीक्षा लिने संस्था र समय पनि फरक छ ।
● N4 लेबल बराबर भनिएको छ तर सीप परीक्षा जापानी भाषा मा मात्र दिनलाई धेरै गाह्रो छ ।
● श्रम सम्झौता भएका देश मा परीक्षा हुँदा गाह्रो शब्द मात्र English अथवा त्यही देशको भाषा मा पनि लेखि दिने भनिएको छ। तर काम गर्ने क्षेत्रको ज्ञान हुन आवश्यक छ ।
● जापान बाट परीक्षा दिन नमिल्नेहरू काम गर्ने क्षेत्र अनुसार फरक छ । साधारणतया जापानको स्कूल छोडेका बिधार्थी , काम छोडेर भागेका प्रशिक्षार्थी कामदार , शरणार्थी आवेदन दिएका हरू ले आवेदन दिन मिल्दैन ।
● जापान मा होटेल र रेस्टुरेण्ट सम्धी परीक्षा १ चोटि भैसकेको छ अब जुन महिना मा रेस्टुराँ सम्बन्धी परीक्षा हुँदै छ ।
● रेस्टुराँ सम्बन्धी परीक्षाको लिंक https://otaff.or.jp/
● होटेल सम्बन्धी परीक्षाको लिंक https://caipt.or.xn--jp-wu2cq2ao21are044fh9an8mizkrsb37n8s7bsnjs6ugqa920m57yb/
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment