協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Tuesday, September 24, 2019
आदिवासी माथि दशैं जवर्जस्ती लादियो ||
दशै तपाईको चाड हो वा होईन
बुझेर मात्र मनाउनु होला .....
(१) दशै भारतबाट आयत गरेको चाड हो ।
(२) नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?
(३) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र गाेर्खा भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।
(४) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ र रिदमा आठपरिया राईलाई झुण्डाएर हत्या गरेको थियो ।
(५) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
(६) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(७) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
(८) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।
(९) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउँमा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
Tuesday, September 17, 2019
अझै थिचोमिचो गरे नेपाल रुवान्डा तिर
नेपालमा सभ्यता लडाइँको प्रतिध्वनी । भबिश्यमा रूवाण्डाको जस्तै जातिय दन्द्द हुनुको साथै जातिय (genoside ) अर्थात सफाया हुने बेर छैन ।
नेपाल यस्तो देश हो जहाँ जाती ,भाषा ,धर्म, र संस्कृतिको हिसाबले भन्दा बहुभाषिक, बहुजातीय, बहुधर्मी, बहुसाँस्कृतिक बहुदलीय, मुलुक भएको असत्य होइनन । राज्यले असमावेशी एवं एकलजाती, एकलकेन्द्रीय, र एकलधर्मिय, ढंगले यहाँ सम्म चल्दै आएको पनि सत्य हो । समाजमा अछुत, महिला, मधेसी पहाडे,दलित अपाङ्गहरुमा विभेदकारी र अमानवीय व्यबहार हुदै आएको पनि सत्य हो । यस्ता निति र व्यबहार एक जातिले अर्को जाती र मान्छेले अर्को मान्छेको विरुद्ध नश्चल्वादी ब्यबहर भन्दा पनि शासकीय नितिको उपज नै हो । राणा शासन भन्दा पहिल्यै देखी शासकीय नितिहरु थिए जसले उपल्लो बर्ग होस या गरिब होस , सबै तप्कालाई ढाल नै बनाउथे । त्यो समयमा टाठा बाठा र धनिमानिलाई सहयोग गरि उपल्लो हैसियत राखी ढलिमली शासक गर्थे र गरिबलाई "शोषण"गर्दै आउथे ।
क्या. विजय लामाको नजर
म एक घन्टा जति बाहिर दौडन जादा...ब्रेकको समय यहाँ विभिन्न देश बाट रोजगारिमा आएकाहरु एकछिन घाम र चर्को गर्मी बाट उम्कन यसरी बसेको पाए...यसरी नै पाइछ खाडि मुलुकहरुमा मज्दूरहरु!
हाम्रा नेपाली दाजु भाइ दिदी बहिनिहरु पनि प्रसस्तै हुनुहुन्छन यसरी आफ्नो जिविका यापन गरेर बसेका...घाम पानी, भोक, निन्द्रा सबै त्यागी !!
वहाहरुले पुर्याएका योग्दान अनि त्यागलाइ सलाम..साथै वहाहरुको सुस्वास्थको लागि कामना गर्न सकिन्न र?? इच्छाले आएका होइनन, बाध्यताले आएका हुन!!
आफ्नै देशमा काम गरेर खाने बाताबरण कैले बन्छ होला भनेर ठूलो प्रस्न जैले उठेको हुन्छ मेरो मनमा!! कैले?
हामिहरु भने चाहिँ देश भित्र एक आपस सङ झगडा मात्र गरेर समय ब्यतित गर्या गरै छौ!
हैन मिलेर केही गर्न सकिन्न? सोच बनाउन सकिन्न अब मिलेर देश बनाउनु पर्छ भनेर? झगडाले सबै समाधान हुन्छ? तेत्रो सङ्हर्स र बलिदान पछि प्राप्त भएको प्रजातान्त्रिक देश यहि हो त जहाँ एकले अर्कोलाई कदर गर्न जान्दैनन् र जैले आरोप मात्रै लगाएर बस्नु पर्ने?
त्यसैले मैले केही समय यता देखि दौडन परे जिम भित्र ट्रेडमिलमा हैन यसरी वहाहरुलाइ सम्झेर बाहिर घाममा नै दौडन थालेको छु ताकी मैले सन्धै सम्झी रहु वहाहरुलाइ!!
जय चन्द्र सुर्य!!!
मानवता हराएको NRN
एनआरएन यूकेको सदस्यता १४००० वनाएको दावी तर मतदाता को नामवलि मा धेरैको प्रकाशन नभएको ।
म सन २००८ वेलायत आए पछि एन आर एन यूकेको सदस्यता कति वर्ष लिए पक्का हेक्का भएना तर अहिले सम्म निरन्तरता लिएको थिए साथीभाईको मुख हेरेर सिरफ भोट हाल्नको लागि । तर यो वर्षको मेरो तितो अनुभव भयो र यो कथा यसरी शुरू भयो । गत ३१ जुलाई २०१९ मा जो सदस्यता लिनुको लागि अन्तिम मिति म मेरो परिवार र छिमेकिको परिवार मेरो अनुरोधमा जम्मा ६ जनाले फारम भरेर अध्यक्ष प्रत्यासी शेरबहादुर सुनारको अफिसमा वुझाएको र व्यस्तताको कारणले मतदाता नामावली ३/४ दिन पहिला मात्र चेक गर्दा हामी ६ जना मध्य १ जनामात्र नामावलीमा फेला पारे र हाम्रो नाम अरू मतदान केन्द्रको नामावलीमा परेको छ कि भनेर अनि खोजे त्यो पनि भेटेन र निर्वाचन आयुक्त डम्बर घले र अध्यक्ष योगकुमार फगामीलाई लाई फोन सम्पर्क गर्न खोजे ऊहाहरूको सम्पर्क हुन सकेन शेरबहादुर सुनार लाई खवर गरे ऊहाको भनाई अनुसार ४२०० फारम मैले सवै वुझाएको केहि वुझि लिने र दिनेको कोही हस्ताक्षर भएको कागज लिइएन तर करिव ५/६ सय मतदाताहरूको नाम गायव भएको कम्प्लेन आएको छ दाई भन्नु भयो र अति भन्दा अति आश्चर्य चकित भए यसै क्रममा एक जना उम्मेद्वारको भोट हाल्नको लागि मैरो भाईवरमा अनुरोध आयो र मैले त्यसको जवाफमा खै वहिनी मेरो मतदाता नामावली मा नाम छैना भन्दै यथार्थ वताए तर उहाले कहा वुझाउनु भो फारम आदी प्रश्न गर्नु भयो र मैले माथि उल्लेखित उत्तर दिए र उहाले सल्लाह दिनु भयो निर्वाचन आयोगलाई खवर गर्ने त्यो पनि यथार्थ वताए र एक छिन पछि उहाले निर्वाचन आयुक्त डम्वर घले ज्युलाई सम्पर्क भएको र मेरो प्रश्नको उत्तरमा खै हामीलाई आएको फारम त्यति नै हो भन्नु भएको खवर दिनु भयो रे फेरि शेर सुनार लाई नै सोध्ने सल्लाह दिनु भयो । अचम्मको कुरा त वेलायत जस्तो स्वतन्त्र र विकसित देशमा फारम र सदस्यता शुल्क वुझाएको प्रमाण नदिने यसरी कम्प्लेन हुदा दुवै पक्ष मौन रहने र हल्ला यो पनि सुने कि हुन सक्छ कसैले फारम गायव गराए आदी ईत्यादी र यहाँ धेरै शंकास्पद को विषय छ र गत सेप्टेम्वर १४ तारीख तैपनि मतदाताको नामावली मा मेरो नाम नभएपनि कम्प्युटरमा नाम छ कि भनि भोट हाल्न रिसेप्शन सम्म गए मेरो आईडी चेक गरे तर नाम छैना भन्ने जवाफ पाए पछि निरास हुदै फर्किए । अव मेरो प्रश्न मेरो फारम वुझाएको ५ जनाको नाम गायव भएसी मेरो पैसा फिर्ता गर्ने कि नगर्ने जवाबदेही को हुने? हुनत एनआरएन वेलायतको ईतिहासमा यस्तो कुरा नौलो होईन एक पछि अर्को यस्तो गल्ति भईरहेको छन ।यो पल्ट भएको एनआरएनए यूके को अनियमिताको समस्या समाधान नभय भविष्य कुन नाता ले मेम्वरसिप वनाउन आउनु हुन्छ र यस्तै हो भने एनआरएनए अहिले १४ हजार सदस्यता वाट ४००० मा पनि नझर्ला भन्न सकिन्न अब भोट हाल्न नपाए मैले तिरेको मेम्वरसिपको पैसा £५० फिर्ता पाईयोस ।
Monday, September 16, 2019
着物.忍者.侍体験2019 in Shizuoka
着物•忍者•侍•茶道体験2019 in Sumpu Castle
______________________________________👘👘👘
Enjoy walking in Sumpu Castle park or around Shizuoka streets and taking pictures in your favorite costume for princess,ninja and so on.
Enjoy the tea ceremony experience while watching the authentic Japanese garden in the Teahouse at Momijiyama Garden in Sumpu Castle Park.
.
9月20日より駿府城公園 紅葉山庭園にて、日本文化の体験イベントが実施されます✨
コンテンツは着付体験と茶席体験の2種類!
皆さん、ぜひ参加してください!
.
●着付体験
日時:9/20.21.22.28.29、10/5.13 の7日間
時間:9:30〜16:00(最終受付 15:00)
※9/20のみ9:30〜19:00(最終受付17:00)
.
●茶席体験
日時:9/20.21.22、10/5.13 の5日間
時間:9:30〜16:00(最終受付 15:00)
※9/20のみ9:30〜19:00(最終受付17:00)
詳細は @sumpucastlepark のURLよりHPをご確認下さい
Saturday, September 14, 2019
माफ गर्नुस् 🙏🙏
माफ गर्नुहोस ।
प्रिय मेरा आफन्तहरु
प्रिय मेरा नातेदारहरु
प्यारा मेरा छिमेकीहरु
प्यारा मेरा साथीभाई
माफ गर्नुहोस ।
म त्यहि मान्छे हुँ
जो हिजो जे थिए आज पनि त्यहि छु
भोलि पनि उही रहनेछु
धेरैले भन्छन कमायो,
ठूलो मान्छे बन्यो
बोल्नै छाड्यो, बोलाउनै छाड्यो
बाध्यता, बिवशता परिस्थिति के छ
त्यो कोहि बुझ्न चॉहदैनन या बुझ्दैनन्
म बुझाइरहन पनि सक्दिन
माफ गर्नुहोस ।
अनिदा रात संगै
आँसुको वर्षा अनि
भोकभोकै भौंतारिएको
कति दिन थला परिएको
पाउरोटी र ओनिगिरीको भरमा
धेरै रात कटेका छन
बाध्यताको चपेटामा परेर पनि होला
मनभित्र सजिएका, देखिएका, कोरिएका
असिम रंगिन सपनाहरु भएर पनि होला
आगोको रापमा जस्तै पिल्सिएर
सेकेण्ड मिनेट र घण्टामै चलेको छ जिबन
कहिले पश्चिमबाट
कहिले पूर्वबाट
कहिले खै कता–कताबाट
कतिखेर आउने त्यो बिध्वशकारी ताईफुले
सहरै स्वत्राम बनाउदा
दैनिक आउने भुकम्पको कम्पनले
सिंगो सहरनै लचक–लचक हल्लाउँदा
समुन्द्रका छालहरु बस्ति बस्तिमा उर्लिदा
ति मेरा छिमेकी ति मेरा नातेदार
ति मेरा आफन्त समाचार
पढ्दै थिए, सुन्दै थिए, हेर्दै पनि थिए
तर तिनीहरुले कहिले सम्झेनन
के भयो कसो भयो के गर्दैछ?
कसैलाई चिन्ता भएन
यो नौलो कुरा पनि रहेन
यो दुनियामा कसलाई नै फुर्सद छ र ?
अरु कसैको बारे सोच्ने
म तपाई या अरु कोहि जो सुकै होस
धेरैले सोध्छन सबैको सोधाई एउटै हुन्छ
कहिले आउने ? के ल्याउने ?
आशा गर्नु पनि ठिकै हो
हिजो म गर्थे आज उ गर्छ भोलि अर्को
फेरि रोजाई र खोजाई अनेक हुन्छन
अचम्म पर्छु
प्याच्च भन्न मन पनि लाग्छ
मनमनै रिस पनि उठ्छ
तर फिस्स मात्र हॉस्छु
माफ गर्नुहोस ||
Subscribe to:
Posts (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...