Email subscription

Enter your email address:

Delivered by FeedBurner

Saturday, September 14, 2019

माफ गर्नुस् 🙏🙏





माफ गर्नुहोस ।

प्रिय मेरा आफन्तहरु
प्रिय मेरा नातेदारहरु
प्यारा मेरा छिमेकीहरु
प्यारा मेरा साथीभाई
माफ गर्नुहोस ।

म त्यहि मान्छे हुँ
जो हिजो जे थिए आज पनि त्यहि छु
भोलि पनि उही रहनेछु
धेरैले भन्छन कमायो,
ठूलो मान्छे बन्यो
बोल्नै छाड्यो, बोलाउनै छाड्यो
बाध्यता, बिवशता परिस्थिति के छ
त्यो कोहि बुझ्न चॉहदैनन या बुझ्दैनन्
म बुझाइरहन पनि सक्दिन
माफ गर्नुहोस ।

अनिदा रात संगै
आँसुको वर्षा अनि
भोकभोकै भौंतारिएको
कति दिन थला परिएको
पाउरोटी र ओनिगिरीको भरमा
धेरै रात कटेका छन
बाध्यताको चपेटामा परेर पनि होला
मनभित्र सजिएका, देखिएका, कोरिएका
असिम रंगिन सपनाहरु भएर पनि होला
आगोको रापमा जस्तै पिल्सिएर
सेकेण्ड मिनेट र घण्टामै चलेको छ जिबन
कहिले पश्चिमबाट
कहिले पूर्वबाट
कहिले खै कता–कताबाट
कतिखेर आउने त्यो बिध्वशकारी ताईफुले
सहरै स्वत्राम बनाउदा
दैनिक आउने भुकम्पको कम्पनले
सिंगो सहरनै लचक–लचक हल्लाउँदा
समुन्द्रका छालहरु बस्ति बस्तिमा उर्लिदा
ति मेरा छिमेकी ति मेरा नातेदार
ति मेरा आफन्त समाचार
पढ्दै थिए, सुन्दै थिए, हेर्दै पनि थिए
तर तिनीहरुले कहिले सम्झेनन
के भयो कसो भयो के गर्दैछ?
कसैलाई चिन्ता भएन
यो नौलो कुरा पनि रहेन
यो दुनियामा कसलाई नै फुर्सद छ र ?
अरु कसैको बारे सोच्ने
म तपाई या अरु कोहि जो सुकै होस
धेरैले सोध्छन सबैको सोधाई एउटै हुन्छ
कहिले आउने ? के ल्याउने ?

आशा गर्नु पनि ठिकै हो
हिजो म गर्थे आज उ गर्छ भोलि अर्को
फेरि रोजाई र खोजाई अनेक हुन्छन
अचम्म पर्छु
प्याच्च भन्न मन पनि लाग्छ
मनमनै रिस पनि उठ्छ
तर फिस्स मात्र हॉस्छु
माफ गर्नुहोस ||

No comments:

Post a Comment

नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...