हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, September 17, 2019
मानवता हराएको NRN
एनआरएन यूकेको सदस्यता १४००० वनाएको दावी तर मतदाता को नामवलि मा धेरैको प्रकाशन नभएको ।
म सन २००८ वेलायत आए पछि एन आर एन यूकेको सदस्यता कति वर्ष लिए पक्का हेक्का भएना तर अहिले सम्म निरन्तरता लिएको थिए साथीभाईको मुख हेरेर सिरफ भोट हाल्नको लागि । तर यो वर्षको मेरो तितो अनुभव भयो र यो कथा यसरी शुरू भयो । गत ३१ जुलाई २०१९ मा जो सदस्यता लिनुको लागि अन्तिम मिति म मेरो परिवार र छिमेकिको परिवार मेरो अनुरोधमा जम्मा ६ जनाले फारम भरेर अध्यक्ष प्रत्यासी शेरबहादुर सुनारको अफिसमा वुझाएको र व्यस्तताको कारणले मतदाता नामावली ३/४ दिन पहिला मात्र चेक गर्दा हामी ६ जना मध्य १ जनामात्र नामावलीमा फेला पारे र हाम्रो नाम अरू मतदान केन्द्रको नामावलीमा परेको छ कि भनेर अनि खोजे त्यो पनि भेटेन र निर्वाचन आयुक्त डम्बर घले र अध्यक्ष योगकुमार फगामीलाई लाई फोन सम्पर्क गर्न खोजे ऊहाहरूको सम्पर्क हुन सकेन शेरबहादुर सुनार लाई खवर गरे ऊहाको भनाई अनुसार ४२०० फारम मैले सवै वुझाएको केहि वुझि लिने र दिनेको कोही हस्ताक्षर भएको कागज लिइएन तर करिव ५/६ सय मतदाताहरूको नाम गायव भएको कम्प्लेन आएको छ दाई भन्नु भयो र अति भन्दा अति आश्चर्य चकित भए यसै क्रममा एक जना उम्मेद्वारको भोट हाल्नको लागि मैरो भाईवरमा अनुरोध आयो र मैले त्यसको जवाफमा खै वहिनी मेरो मतदाता नामावली मा नाम छैना भन्दै यथार्थ वताए तर उहाले कहा वुझाउनु भो फारम आदी प्रश्न गर्नु भयो र मैले माथि उल्लेखित उत्तर दिए र उहाले सल्लाह दिनु भयो निर्वाचन आयोगलाई खवर गर्ने त्यो पनि यथार्थ वताए र एक छिन पछि उहाले निर्वाचन आयुक्त डम्वर घले ज्युलाई सम्पर्क भएको र मेरो प्रश्नको उत्तरमा खै हामीलाई आएको फारम त्यति नै हो भन्नु भएको खवर दिनु भयो रे फेरि शेर सुनार लाई नै सोध्ने सल्लाह दिनु भयो । अचम्मको कुरा त वेलायत जस्तो स्वतन्त्र र विकसित देशमा फारम र सदस्यता शुल्क वुझाएको प्रमाण नदिने यसरी कम्प्लेन हुदा दुवै पक्ष मौन रहने र हल्ला यो पनि सुने कि हुन सक्छ कसैले फारम गायव गराए आदी ईत्यादी र यहाँ धेरै शंकास्पद को विषय छ र गत सेप्टेम्वर १४ तारीख तैपनि मतदाताको नामावली मा मेरो नाम नभएपनि कम्प्युटरमा नाम छ कि भनि भोट हाल्न रिसेप्शन सम्म गए मेरो आईडी चेक गरे तर नाम छैना भन्ने जवाफ पाए पछि निरास हुदै फर्किए । अव मेरो प्रश्न मेरो फारम वुझाएको ५ जनाको नाम गायव भएसी मेरो पैसा फिर्ता गर्ने कि नगर्ने जवाबदेही को हुने? हुनत एनआरएन वेलायतको ईतिहासमा यस्तो कुरा नौलो होईन एक पछि अर्को यस्तो गल्ति भईरहेको छन ।यो पल्ट भएको एनआरएनए यूके को अनियमिताको समस्या समाधान नभय भविष्य कुन नाता ले मेम्वरसिप वनाउन आउनु हुन्छ र यस्तै हो भने एनआरएनए अहिले १४ हजार सदस्यता वाट ४००० मा पनि नझर्ला भन्न सकिन्न अब भोट हाल्न नपाए मैले तिरेको मेम्वरसिपको पैसा £५० फिर्ता पाईयोस ।
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...
No comments:
Post a Comment