हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, September 24, 2019
आदिवासी माथि दशैं जवर्जस्ती लादियो ||
दशै तपाईको चाड हो वा होईन
बुझेर मात्र मनाउनु होला .....
(१) दशै भारतबाट आयत गरेको चाड हो ।
(२) नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?
(३) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र गाेर्खा भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।
(४) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ र रिदमा आठपरिया राईलाई झुण्डाएर हत्या गरेको थियो ।
(५) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
(६) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(७) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
(८) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।
(९) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउँमा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment