Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, September 24, 2019

आदिवासी माथि दशैं जवर्जस्ती लादियो ||





दशै तपाईको चाड हो वा होईन
बुझेर मात्र मनाउनु होला .....

(१) दशै भारतबाट आयत गरेको चाड हो ।

(२) नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?

(३) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र गाेर्खा भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।

(४) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ र रिदमा आठपरिया राईलाई झुण्डाएर हत्या गरेको थियो ।

(५) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।

(६) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।

(७) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।

(८) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।

(९) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउँमा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।

No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...