Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, September 17, 2019

क्या. विजय लामाको नजर



म एक घन्टा जति बाहिर दौडन जादा...ब्रेकको समय यहाँ विभिन्न देश बाट रोजगारिमा आएकाहरु एकछिन घाम र चर्को गर्मी बाट उम्कन यसरी बसेको पाए...यसरी नै पाइछ खाडि मुलुकहरुमा मज्दूरहरु!

हाम्रा नेपाली दाजु भाइ दिदी बहिनिहरु पनि प्रसस्तै हुनुहुन्छन यसरी आफ्नो जिविका यापन गरेर बसेका...घाम पानी, भोक, निन्द्रा सबै त्यागी !!

वहाहरुले पुर्याएका योग्दान अनि त्यागलाइ सलाम..साथै वहाहरुको सुस्वास्थको लागि कामना गर्न सकिन्न र?? इच्छाले आएका होइनन, बाध्यताले आएका हुन!!

आफ्नै देशमा काम गरेर खाने बाताबरण कैले बन्छ होला भनेर ठूलो प्रस्न जैले उठेको हुन्छ मेरो मनमा!! कैले?

हामिहरु भने चाहिँ देश भित्र एक आपस सङ झगडा मात्र गरेर समय ब्यतित गर्या गरै छौ!

हैन मिलेर केही गर्न सकिन्न? सोच बनाउन सकिन्न अब मिलेर देश बनाउनु पर्छ भनेर? झगडाले सबै समाधान हुन्छ? तेत्रो सङ्हर्स र बलिदान पछि प्राप्त भएको प्रजातान्त्रिक देश यहि हो त जहाँ एकले अर्कोलाई कदर गर्न जान्दैनन् र जैले आरोप मात्रै लगाएर बस्नु पर्ने?

त्यसैले मैले केही समय यता देखि दौडन परे जिम भित्र ट्रेडमिलमा हैन यसरी वहाहरुलाइ सम्झेर बाहिर घाममा नै दौडन थालेको छु ताकी मैले सन्धै सम्झी रहु वहाहरुलाइ!!

जय चन्द्र सुर्य!!!

No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...