Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, November 19, 2019

साफिया पुनलाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल




साफिया पुनलाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल

धौलागिरी, २८ कार्तिक
धौलागिरी क्षेत्रमा सवैभन्दा धेरै खेलिने खेलमा पर्छ भलिबल । राष्ट्रिय र जिल्ला स्तरीय प्रतियोगिता कम हुने गरेपनी धौलागिरीका गाउँघरमा हुने मेला महोत्सवबाट उदायका खेलाडीहरु अहिले राष्ट्रिय टिमसम्म पर्न सफल भएका छन् ।
पछिल्लो समय धौलागिरी क्षेत्रोमा भलिबल सहित फुटबल, क्रिकेट प्रति युवाहरुको लगाव धेरै भएपनि राष्ट्रिय टिमसम्मको यात्रा भने कमले गरेका छन् ।

भलिबलको राष्ट्रिय टिममा पर्नेमा पछिल्लो क्रममा बागलुङकी साफिया पुनको नाम समेत जोडिएको छ ।
बागलुङको गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डबखानीकी पुनले हाल बंगलादेशमा एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । राष्ट्रिय भलिबल टिमको छनोटमा पहिलो पटक सहभागिता हुँदै टिममा स्थान बनाएकी पुनले आफ्नो पहिलो प्रतियोगितामै स्वर्ण पदक प्राप्त गरेकी छिन् ।

डिल ब्लकर सोफिया पुन २ वर्षदेखि नियमित रुपमा आर्मिको टिमबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन । पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा पर्दै अन्तिम टिममा समावेश भएकी उनले एभीसि एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफ्गानिस्तानसँग भएको नेपालको पहिलो खेलमा नै डेब्युको मौका पाएका हुन् ।
एभीसि एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन हुँदा साफियाले उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन ।
राष्ट्रिय टिममा खेलेपछि पुनले राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको बताइन । उनले पहिलो पटकमै टिममा परेको बताउँदै भलिबलमा ३–४ बर्ष दुःख गरेको फल प्राप्त भएको बताइन । उनले राष्ट्रिय टिममा पर्नु सपना रहेको बताउँदै आज पुरा भएको भन्दै खुसी व्यक्त गरिन ।

पुनले राष्ट्रिय टिमबाट खेल्दा जिम्मेबारी पनि थपिएको बताइन । पुनले आफ्नो पहिलो प्रतियोगितामै स्वर्ण जित्दा खुसी भएको बताइन । देशका लागि स्वर्ण जित्ने लक्ष्य थियो त्यो पुरा भयो पुनले भनिन अझै देशको लागि धेरै गर्नुछ आफ्नो तर्फबाट महिला भलिबलमा सक्दो गर्नेछु ।

Thursday, November 14, 2019

大谷崩山に植樹 Planting in Otani Mountain(Rotary Club Shizuoka)




Shizuoka Rotary Club
植樹とバーベキューのつどいに参加

11月10日(日)、静岡西ロータリークラブが企画された活動に参加してきました。静岡駅から3台バスで行き、金山温泉♨️の所で案内の担当者から目的地大谷崩れ植樹の説明してくれたし、博物館を見学もできました。もっと山道を進んで行き、現地でダンボールの箱包み箱の中に土と幼い木を準備し10分ほどの山道その木を植え水も滴えた。期待の伝言が書くこともあって、私書いたのが「人のため、自然のため、社会のため」でした。ところで、私が少し疑問があって担当スタッフの方にインタビューしてみました。「このイベントの内容と目的は?いつからやっていて、どんな効果があるか?この先の予定は?などなど…答えてくれたのは、役30年前からこの活動を続けてきた、チョチャンギが書いた伝言の通りです。ずっと続いて行くと結果の繋がって行くことですとおっしゃってました。 その後金山温泉♨️の所へ行き皆んなで楽しく交流しながら国際的なバーベキューしました。ハーラールの方には二台の特別なバーベキューセットを用意してくれた。その後、外側で餅作り体験し、皆んなでワイワイ美味しいお餅を食べました。そして自然の温泉に入りました。 とにかく紅葉🍁がいっぱいで、自然が素敵でした。この前に、静岡観光産業の授業で梅ヶ島フィールドワークしたこともあって、梅ヶ島温泉、現地での生産物わさび、お茶🍵と自然が抜群でした。静岡県と山梨県のボーダー安倍川のルーツでもあるところ大谷崩ハンドブックには、自然と振り会える、現地の状況から学べる、歴史や人間の経験知る、色々方と交流を深めることが出来たために成るイベント活動でした。

Tuesday, November 12, 2019

静岡県島田市立初倉中学で英語の授業開始 WIN THE EDUCATION




Win the Education🌱📕
_________________________
Our differences do not have to create divisions, our contrasts do not have to create conflicts, and the variations in our beliefs do not have to create violence in our lives. There is another way. But we will not find that way by searching for it. We will only find it be creating it.


ふじのくに親善大使 チョチャンギ様

静岡県島田市立初倉中学2年生に英語の授業を開催された
2019年11月8日(金)、外国の方との交流は、昨年度から1年に一回行ってきました。英語でのコミュニケーションの必要性を感じるこのような機会は、生徒にとって大変高いモチベーションとなります。今回は、自分の町の自慢を話せたことだけでなく、ゲストのチョチャンギさんのスピーチを聞いて理解できたことも嬉しかったと多くの生徒が振り返り、貴重な経験になりました。
来年度も条件や環境が整えば、このような機会を英語の授業の中で設定していきたいということです。

静岡県島田市立初倉中学校🏫


Saturday, November 9, 2019

जापानी राजपरिवार संग भेटवार्ता






जापानको राजपरिवार(राजा.रानी) संग भेटवार्ता
______________________________________
विश्वविघालयको अन्तिम चरनमा आई पुन्दा,बुद्ध नेपालको लुम्विनी मै जन्मेका हुन,भनि विश्वविधालयको कोष परिवर्तन गर्ने देखी लिएर थुप्प्रैई सामाजिक कामहरु गरिसकियो| तर आज दुरदराज गाँउमा जन्मेको छोराले सम्राटलाई भेट्न पाउने,भन्ने कल्पना पनी थिएन|
भेट्न पाउनु पनि ठुलो कुरा भएन,सम्भवत मैले उठाएका विषयवस्तुहरुले संमग्र नेपाल राष्ट्र र विश्व समुदायको लागी हित हुनेमा विश्वस्त छु र गर्व गर्छु ||

Friday, November 1, 2019

धौलागीरी क्षेत्रका पुन मगर पुर्ख्यउली नाचको ईतिहास





लेखिका प्रतिभा पुनले “आदरणीय विद्वान श्री डा. गोविन्द प्रसाद थापाज्यू प्रति आदरका साथ ससम्मान उपहार” भनि दिनु भएको पुस्तक “पुख्र्याेली लोकनाचः एक चिनारी” बाट मलाई मन परेको सोरठीको कथा सबै जनाले थाहा पाउन् भनेर सम्पादित केही अंश यहाँ राख्दै छु । साथै पुस्तक उपहार दिनु भएकोमा प्रतिभाज्यूलाई धेरै धन्यवाद छ ।
पूर्व देशमा भिमला राजा जन्मिन्छन् । अर्को वर्ष पश्चिम देशमा हइमया रानी जन्मिन्छन् । दुवै जना हुर्कदै जान्छन् । तिन वर्षका भिमला राजाले दूधभात खान्छन् भने हइमया रानीले खाजाभुजा खान्छिन् । जब भिमला राजा सात वर्षका हुन्छन् तब तारो भेजो खेल्न सुरु गर्छन् । हइमया रानी भने ढिकी जाँतोमा आफनो दैनिकी बिताउँछिन् । एघार वर्ष पुगेका भिमला राजाले दस वर्षकी हइमया रानीसंग विवाह गर्छन् । हइमया रानीको कन्यादान गरिदिन्छन् ।
राजाले जुत्ता, गुनियो, टेकिय, पटुकी, चोली, पोते, कानै लगाउने सुन, दन्तै लगाउने विरी, नत्थी, गाजल, टिका, शिरपूलादि गहना र लत्ताकपडा काशीबाट ल्याइदिने प्रण गर्छन् तर काशीबाट ल्याउन नपाएपछि वेशीबाट ल्याइदिने इच्छा प्रकट गर्दछन् ।
व्यापारीले केके लिएर आएको देखेपछि रानीले राजासंग लुगालत्ता किनी दिन आग्रह गर्छिन् । राजाले रानीको आग्रहअनुसारकै लत्ताकपडा किनिदिएपछि रानी खुसी हुन्छिन् । त्यसै गरी सुनार आएको देखी गरगहना पनि किनिदिन आग्रह गर्छिन् । रानीको आग्रहलाई स्वीकार गर्दै रानीको इच्छानुसारकै गरगहना पनि किनिदिन्छन् । यति लत्ताकपडा र गरगहना पाएपछि रानी खुसी हुन्छिनु ।
एकदिन काँकरीको विऊ ल्याउँछन् । बिऊ लगाउछन्, सात दिनमा बिरुवा निस्कन्छ, दिनदिनै हुर्कदै जान्छ, थाँकरी लगाइदिन्छन्, पहेँला पूmलहरु फुल्छन् र चिचिला लाग्छन् । तर कुनै फल रहन्न, भुइँमा झर्छन् । यो देखेर मैया रानी (हइमया रानी) निराश हुन्छिन् ।
एक दिन रानी गर्भवति हुन्छिन् । तीन महिना पुगेपछि अनाज गन्हँउछ । चार मास पाँच महिना हुँदा मासु खान मन लाग्छ । सात महिना पुगे पछि रानीलाइ अमिलो खान मन लाग्छ । नवौं मास दसौं महिना पुगेपछि प्रसव वेदना लाग्छ । माघ महिना सोमवारको दिन एक बालखीको जन्म हुन्छ ।
राजाले कटुवाललाई बोलाएर सोरेनी (सुँढेनी) बोलाउन भनी आदेश दिन्छन् । ..राजाको आज्ञा पाएपछि पूर्व देशबाट पण्डित आउँछन् । पण्डितले बाह्रपुस्ता पल्टाइ हेर्दा बालखी सातमूल परेको जानकारी दिन्छ । राजाले सातमूलले के गर्छ र यसलाई कसरी हटाउन सकिन्छ ? भनि प्रश्न गर्छन् । यसले आमालाई सिध्याउने र राज्यमा ठुलो विपत्ति आउने र यसको कुनै उपाय नभएको पण्डित बताउँछ । पण्डितले चाँदीको ढकनी भएको सुनको सन्दुस भित्र बालखीलाई राखेर नदीमा बगाई दिने सल्लाह दिन्छ र सोही अनुसार नदीमा बगाई दिन्छन् ।
बालखीलाई नदीमा बगाएपछि रानी छटपटिन्छन् । दुधे बालखीलाई दूध खुवाउने बेला यो मेरो छाती चर्कियो, मुटु दुख्यो, मलाई मेरो बालखी चाहियो भनी रुन्छिन् ।
माथितिर काली गंगा र तलतिर समुद्रको बिचको सेरोफेरोमा जलेरीको रुपमा पण्डित र कुमालेको भेट हुन्छ । दुवैजनाले एकआपसमा मीत लगाउँछन् । जाल हानी सुनको सन्दुस हात पार्छन् । सुनको सन्दुसबारे सबै कुरा थाहा पाएको जलेरीले कुमालेलाइ सन्दुस वा सन्दुसभित्रको सामान कुन लिने भनि सोधछ । कुमालेले सन्दुस भित्रको सामान लिने भन्छ । सन्दुस भित्रकोृ बालखीको मृत्यु भैसक्यो भनि ढुक्क भएको जलेरीले सन्दुस खोल्छ । सन्दुसभित्र बालखी जिउदै रहेकाले कुमालेले बालखी लिएर आफनो बाटो लाग्छ र सुनको सन्दुस लिएर जलेरी आफनो बाटो लाग्छ ।
आफनो घरद्वार नभएको, धनसम्पत्ति नभएको र इष्टमित्र समेत नभएको कारणले अत्यन्तै चिन्तित कुमालेले बालखीलाई के खुवाउने के लगाइदिने कहाँ राख्ने भनी उसको हृदय रुन थाल्छ ।
बालखीलाई लिएर भौतारिदै हिँडेको कुमालेको चौरैभरि भैसीगोठ बन्छ, पाखो भरि गाईगोठ हुन्छ, बुगेन भरि भेडी गोठ बन्छ, ठाउँ ठाउँमा धारो पानी, ठाँटी र पौवा बन्छ । कुमालेको पातीको झुपडी नौतले दरबार बन्छ । यसरी कुमालेका दुखका दिनहरु जान्छन् र सुखका दिनहरु फर्किन्छन् ।
पुर्णिमाको जुन जस्तो उज्याली बालखी अब योवनामा प्रवेश गर्छिन् । बगैचामा साथीहरुसंग खेल्न गएकी कुमालेकी चेलीमाथि सिकार खेल्न आएका राजाका सिपाहीहरुको नजर पुग्छ र यो कुरा सिपाहीहरुले राजालाई सुनाउँछन् । राजा आफै पनि कुमालेकाी चेलीलाई हेर्न पुग्छन् । उनको रुप सौन्दर्यले राजा मोहित हुन्छन् । राजाले विहेको प्रस्ताव कुमाले समक्ष राख्छन् । कुमालेले प्रस्ताव स्वीकार गर्छ र लगन जुराएर खबर पठाउँछ ।
बिहे गर्न कुमालेको दरबारमा जन्त पुगे पछि कुमालेकी चेलीलाई लत्ताकपडा र गरगहना पहिराउनका लागि बुझाउँछन् । “बाबाले दिएका गरगहना र लत्ताकपडा हरेक चेली लगाउँछन्, त्यसैले मैले पनि लगाउँछु” भनी कुमालेकी चेलीले राजाले ल्याएका गरगहना र लत्ताकपडा पहिरिन्छिन् ।
शिर देखी पाउ सम्म सिँगारिएकी कुमालेकी चेलीलाई विवाहको जग्गेमा बसाउँछन् । राजाले सिन्दूर दिन्छन् । यस पछि कुमालेकी चेलीले “बाबैजुले दिएको सिन्दुर कोही चेली पहिरिदैनन्, मै चेली नि पहिरिन्न” भनी सिन्दुर अस्वीकार गर्छिन् । यस्तो कुरा सुने पछि राजा अलमल्ल पर्छन् र कुमालेलाई एकान्तमा साँचो कुरा के हो भनि सोधछन् । कुमालेले सबै वृतान्त सुनाउँछ । राजाले रानीलाई एकान्तमा बोलाएर बालखी हाम्री रहिछन् भनी सुनाउँछन् । यति सुने पछि रानीले बालखीलाई अँगालो मारेर रुन्टिन्, म्वाइ खान्छिन् र भगवानलाई पुकार्र्दै काखमा राख्छिन् । राजा, रानी, र सारा जनताले खुसीका आँसु झार्छन् र आफनो दरवार फर्किन्छन् । बालखीको गलत भविष्यवाणी गरेका षडयन्त्रकारी पण्डितलाई बोलाएर फाँसीको सजाए दिन्छन् ।
यही कथासारमा तिहारमा सोरठी नाच आज सम्म गाउँघरमा नाचिने चलन कायम छ । यस पुस्तकमा सोरठी नाचमा प्रयोग हुने गितको बोल समेत भएको र नाचका लागी गरिने पूर्व तयारी समेतका बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ । मलाई त यस पुस्तकले धेरै जानकारी दियो । पुरानो संस्कृतिको संरक्षणमा यसले टेवा पुरयाउने विश्वास लिएको छु ।
पुस्तककालागी मगर अध्ययन केन्द्रमा ९८५११४२२१२ र लेखिका प्रतिभालाइ ९८४७२७९१२२ मा सम्पर्क गर्नु हाेला । धन्यवाद ।

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...