Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, November 19, 2019

साफिया पुनलाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल




साफिया पुनलाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल

धौलागिरी, २८ कार्तिक
धौलागिरी क्षेत्रमा सवैभन्दा धेरै खेलिने खेलमा पर्छ भलिबल । राष्ट्रिय र जिल्ला स्तरीय प्रतियोगिता कम हुने गरेपनी धौलागिरीका गाउँघरमा हुने मेला महोत्सवबाट उदायका खेलाडीहरु अहिले राष्ट्रिय टिमसम्म पर्न सफल भएका छन् ।
पछिल्लो समय धौलागिरी क्षेत्रोमा भलिबल सहित फुटबल, क्रिकेट प्रति युवाहरुको लगाव धेरै भएपनि राष्ट्रिय टिमसम्मको यात्रा भने कमले गरेका छन् ।

भलिबलको राष्ट्रिय टिममा पर्नेमा पछिल्लो क्रममा बागलुङकी साफिया पुनको नाम समेत जोडिएको छ ।
बागलुङको गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डबखानीकी पुनले हाल बंगलादेशमा एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । राष्ट्रिय भलिबल टिमको छनोटमा पहिलो पटक सहभागिता हुँदै टिममा स्थान बनाएकी पुनले आफ्नो पहिलो प्रतियोगितामै स्वर्ण पदक प्राप्त गरेकी छिन् ।

डिल ब्लकर सोफिया पुन २ वर्षदेखि नियमित रुपमा आर्मिको टिमबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन । पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा पर्दै अन्तिम टिममा समावेश भएकी उनले एभीसि एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफ्गानिस्तानसँग भएको नेपालको पहिलो खेलमा नै डेब्युको मौका पाएका हुन् ।
एभीसि एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन हुँदा साफियाले उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन ।
राष्ट्रिय टिममा खेलेपछि पुनले राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको बताइन । उनले पहिलो पटकमै टिममा परेको बताउँदै भलिबलमा ३–४ बर्ष दुःख गरेको फल प्राप्त भएको बताइन । उनले राष्ट्रिय टिममा पर्नु सपना रहेको बताउँदै आज पुरा भएको भन्दै खुसी व्यक्त गरिन ।

पुनले राष्ट्रिय टिमबाट खेल्दा जिम्मेबारी पनि थपिएको बताइन । पुनले आफ्नो पहिलो प्रतियोगितामै स्वर्ण जित्दा खुसी भएको बताइन । देशका लागि स्वर्ण जित्ने लक्ष्य थियो त्यो पुरा भयो पुनले भनिन अझै देशको लागि धेरै गर्नुछ आफ्नो तर्फबाट महिला भलिबलमा सक्दो गर्नेछु ।

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...