हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Monday, October 28, 2019
बास्तविक ईतिहास 「तिहारको」
वास्तविक इतिहास [तिहारको]
________________________
“ बलिहाँङ पर्व “ बलि राजा तथा त्योहार पर्ब को बारेमा मा छोटकरी संक्षिप्त मा भैलो भैलो ,, देउसुरे ,, तिहार,, यो सब अप्रभंस शब्द हो जस्को कुनै अर्थ लाग्दैन वास्तविक शब्द【फाइलो र देउस्यैरे】हो ।
इसापूर्व १४ औ शताब्दीका मगर पाल्पा बल्ढेङगढी का संसार कै दानी र जनता प्रति बफादारी मगर राजा बलिहाँङ “ बलि राजा ले ( ब्राह ) १२ मगरात का दानी राजा तथा दिब्य ज्ञान का भाषी राजा थिए / उनले अठार मगरात र ब्राह मगरात लाइ समाझदारी कायम गरि आफ्नो पालाको सुशासन राज्य जनताको सुख दुखमा शान्ति संग चलाइरहेका थिए / एक दिन बलिराजा अचानक बिरामी पर्नु भयो र उहालाइ सपनामा मृत्युको संदेश आयो र यो संदेश सारा गाउ भरि फैलियो सारा गाउका मानिस हरुमा आफ्ना प्यारा राजा गुमाउने दिन हरु सम्झदै रुन र कराउन थाले ‘बलिहाङ राना मगर (बलिराजा) न्यायप्रेमी , धर्मात्मा, भविश्यवेत्ता राजा थिए । रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए की उनको मृत्यु सम्मको कुरासम्म सुन्न सक्दैनथे ।’ आफ्नो मृत्युको हुने सन्देश लाइ आफ्ना प्यारा जनता हरु लाई बोलाएर भनेछन्,‘जसरी हामीहरु एक आपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कार्तिक महिनाको औसीको रातमा हुँदैछ ।’
यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो बिपत आईलाग्यो भन्दै राजालाई बिन्ती गरे ‘तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ ?’ त्यसपछि राजाले भने,‘त्यो औसिको कालो रात लाई सबैले दियो बत्ति बाली उज्यालो बनाउनु अनि म बाच्न सक्छु होला भने।’ त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन सबैले घरघरमा दियो बत्ती बालेर खान, पिउन छाडेर जागा बसेर फाईलो–फाईलो भट्याउदै प्रार्थना गर्न थाले भट््याउँदै फाईलो–फाईलो भन्दै राजालाई नलान अनुरोध गरिरहे / गाउका सबै आइमाई हरु लाइ गाउँ मा कुनै नौलो मानिस आएको हुन् सक्छ त्यस कारण कोहि नया नौलो मानिस देखेमा देउस्यैरा भनेर सोध्नु.. अर्थात मगर भाषा मा देउस्यैरा को अर्थ गाउमा कोहि नया मानिस लाइ सोध पुछ गर्ने र बिन्ति गर्ने भन्ने बुझिन्छ / मगर भाषा मा फाइलो फाइलो को अर्थ हामीले बचाउछौ , जोगाउछौ , जोगायेउ , बिन्ति गर्छौ भन्ने हुन्छ / राजा प्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहाली लाग्दो र राती भरि दियो बत्ति बलेको उझ्यालो र दुखद दायी बातावरणले गर्दा आफू बाचेको र भावविहल भइ बलिराजाले तीन दिनसम्म खुसीयाली मनाउन आदेश दिए त्यसपछि बलि राजाले यो संदेश सबैलाई दिन त्यो बेला चिठी पत्र सञ्चार नभएको ले गर्दा तरुनी तन्नेरी हरुलाइ मादल बजाउदै गित गाउदै सबै रैतिलाइ भन्न आग्रह गर्दै सबै चारै तिर फैलिएर फाइलो देउस्यैरा भन्दै खुशी उमंग हुदै फेरि दरबार फर्किए पछि सम्मान स्वरुप चेली ले माइतिलाइ फुलमाला लगाइ दिए गला मिले यो बलिहाङ पर्व मनाउन थालियो
यहाँ मगर भाषामा फाईलो फाईलो को शब्द अभ्रम्षित हुदै भईलो हुन् गएको र देउस्यैरा को शाब्दिक मगर भाषा बाट देउसुरे हुन् गएको मगर भाषा बाट प्रष्ट हुन सकिन्छ
अब भारत मा दिवाली अर्थात त्योहार किन मनाइयो त्यहाँ त बलिहाङ राजा थिएन होला ?? भन्ने प्रस्न आउँछ भने
तिहार शब्द भारत बर्ष बाट १४ औ / १५ औ शताब्दीमा रङ्ग र अबिर, केशरी को ब्यापारी हरुले त्योहार शब्द लाइ भित्राएको मानिन्छ / त्योहार भन्ने शब्द खस भासा सग सम्बन्ध भएको छ त्यो, = अर्थात घाँटी हार , अर्थात = माला कात्तिक महिना औसिको रातको बेलामा फुलहरुको मौसम र बलिहाङ पर्व र बलिहाङ र त्योहार एकै पटक मनाएको मानिन्छ ` तिहार , भन्ने शब्द कुनै अर्थ हुदैन त्यो अप्रभस शब्द हो ।
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment