Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, October 29, 2019

सामाजिक अभियानका क्रममा देखिएका दृश्य





मैले सामाजिक अभियानका समयमा धेरै गाउठाउ घुम्दै गर्दा देखेका केहि दृश्यहरु तपाईहरु माँझ पस्कन मन लाग्याे।

भन्छन् नि आगाे त अगुल्टा नठाेसि बल्दैन।परिवार पनि त केहि झगडा केहि माया नभई चल्दैन।हाे यस्तै यस्तै।बिभिन्न कारणले मन मुटाब भएर बाेलचाल आतेजाते बन्द गरि बर्षाै बिताउनु भएका माईति-चेलिहरुलाई केहि भन्न मन लाग्याे।के तपाईका ति रिश-राग अझै सिमित छन्?अरु चाडपर्वका कुरा छाडाै केवल तिज र तिहारका बिषयमा कुरा गराै।बस,माईति नभएका ति चेलिहरुलाई गएर साेध्नु सबैका माईति तिजमा लिन आउदा उस्काे मन कति रुन्छ?चेलि नभएका ति माईतिहरुलाई साेध्नु सबैकाे निधार सप्तरंगी टिका र मखमलि मालाले सजिएका गला देख्दा मन कति रुन्छ।

त्यसैले सब कुरा बिर्सनुस तपाईका चेलिलाई आजै फाेन गर्नुस् र भाईटिका लगाउनुस्।जस्ले बर्षाै देखि चिस्सिएकाे सम्बन्ध प्रगाढ बनाईदिने छ।

रगतकाे नाता,बंशकाे नाता सँगै भावानात्मक सम्बन्धका मेरा सम्पुर्ण माईतिहरुमा २०७६ सालकाे भाईटिकाकाे शुभकामना ।हिड्दा ठेश नलागुन कपालकाे केश पनि नझरुन।याे पालि संगै बसेर भाईटिका मनाउन पाईएन।अर्काे बर्ष छदै छ।सानाे मन नगराै।

मन पर्याे सेयर गराै माईति-चेलिकाे मिलन गराऊ।

No comments:

Post a Comment

नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...