Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, October 28, 2019

तिहारको शुरुवात मगर राजा बलिहाङ बाट






दशैं पछिको तिहार मगर जातीहरुको

[खड्कामगर राजाको निर्मम हत्या गरी आफू राजा भएको खुसियालीमा द्रव्यशाहले आश्विन शुक्ल पक्षभरि रामरमिता मनाएको, रंगरेलिया गरेको हुन सक्ने र त्यसै घटनालाई वार्षिकोत्सवको रूपमा वर्षेनि मनाउदै आउने क्रममा नेपालमा दशैं संस्कृति विकसित भएको हो भन्ने हाम्रो मान्यता रहेको छ । द्रव्यशाहका सन्तति पृथ्वीनारायण शाहले पनि जयप्रकाश मल्ललाई हराई काठमाडौंमा दशैं संस्कृति प्रवेश गराएका हुन् । यसको प्रमाणको रूपमा नागार्जुन डाडामुनिको ‘अर्को गोरखा’ बाट ल्याइएको फूलपातीलाई हनुमानढोकामा कसरी भित्य्राइन्छ ? त्यसबारे यहा दोहो-याइरहनु आवश्यक देखिदैन । सबैलाई जानकारी भएको कुरा हो ।]


विगत केही वर्षदेखि दशैं मान्ने वा नमान्ने भन्ने विषयमा विवाद बढ्दै आइरहेको छ । यसपालि पनि दशैंका सम्बन्धमा यस्तै कुराहरूलाई बाहिर ल्याइयो । विगतमा भन्दा यसपालि आदिवासी जनजाति समुदायले निक्कै प्रखर ढंगबाट दशैं बहिष्कार गरेका भए पनि आम सञ्चार जगतले त्यसलाई खासै महत्व दिएन । त्यसले मुलुकका समग्र आदिवासी जनसमुदायलाई सन्तोष दिएन, बरू खिन्न बनाउने काममात्र ग-यो ।

दशैंका पक्षमा जिरह गर्दै यसको प्रागैतिहासिकतालाई सिन्धुघाटीको सभ्यतासम्म पु-याउने प्रयास भएको पनि देखियो । र, यसप्रकार कसरत गर्नेहरूको शब्दरचना र वर्णविन्यासले दशैं बहिष्कार गर्ने आदिवासी जनजाति समुदायलाई दुःखी मात्र बनाएन, अरू क्रुद्ध पनि पा-यो । आजभन्दा ३५०० देखि ५००० वर्षभित्रमा विकसित भएको भन्ने मानिएको सिन्धु उपत्यकाको सभ्यतासित दशैंलाई जोड्दैमा त्यसको महत्व स्थापित हुन्छ भन्ने भ्रमको खेती गरेको उनीहरूलाई सुहाएन । सिन्धुघाटीको सभ्यताका सम्बन्धमा कुरा उठाउदाखेरि उत्खनन गर्दा त्यहा भेटिएका अक्षरहरू आजसम्म कसैले पढेर अर्थ लगाउन नसकेको कुरा सबैले बुझ्नुपर्छ । त्यसैले यस्ता अर्थहीन बकवासले समाजलाई दिग्भ्रमितमात्र गराउने भएबाट त्यस्तो अपव्याख्यामा कमी आउनुप-यो ।

हाम्रा छिमेकी मुलुकहरू भारत, श्रीलंका वा बंगलादेशमा जुनसुकै ढंगबाट ‘दशहरा’ मनाउने भए तापनि नेपालीहरूले हिजोसम्म राष्ट्रिय चाड मान्दै आएको दशैंको उद्भव वा मौलिकता त्योभन्दा नितान्त भिन्न प्रकृतिको छ । आजको नेपाली दशैंको उद्गम विन्दु गोरखा जिल्लाको सदरमुकामस्थित माझकोटको गोरखा दरबारलाई मानिन्छ । त्यहा उपल्लोकोट, माझकोट र तल्लोकोट गरी जम्मा तीन कोटहरू छन् । त्यही माझकोटबाट मगर राजाहरू गोरखामा शासन गर्थे । विक्रम संवत् १६१६ भदौ मसान्तका दिन गंगाराम रानाको सहयोग लिई खड्कामगर राजालाई मारेर नै द्रव्यशाह गोरखाका राजा भएका हुन् ।

खड्कामगर राजाको निर्मम हत्या गरी आफू राजा भएको खुसियालीमा द्रव्यशाहले आश्विन शुक्ल पक्षभरि रामरमिता मनाएको, रंगरेलिया गरेको हुन सक्ने र त्यसै घटनालाई वार्षिकोत्सवको रूपमा वर्षेनि मनाउदै आउने क्रममा नेपालमा दशैं संस्कृति विकसित भएको हो भन्ने हाम्रो मान्यता रहेको छ । द्रव्यशाहका सन्तति पृथ्वीनारायण शाहले पनि जयप्रकाश मल्ललाई हराई काठमाडौंमा दशैं संस्कृति प्रवेश गराएका हुन् । यसको प्रमाणको रूपमा नागार्जुन डाडामुनिको ‘अर्को गोरखा’ बाट ल्याइएको फूलपातीलाई हनुमानढोकामा कसरी भित्य्राइन्छ ? त्यसबारे यहा दोहो-याइरहनु आवश्यक देखिदैन । सबैलाई जानकारी भएको कुरा हो ।

पछि पूर्वतिर राज्य विस्तारका क्रममा किपटहरू खारेज गर्दै लिम्बूहरूलाई 'सुब्बांगी' दिदै सरकारी सिपाहीमार्फत् दशैंको बलिप्रथा र घरको भित्तामा रगतको ‘पञ्जाछाप’ लगाउने प्रचलन सुरू गराइएको हो । अहिले त्यसको विरोधस्वरूप दशैंलाई नै बहिष्कार गर्ने काम बेजोड संग भइरहेको छ । दशैंले केही खाएपिएका सुसम्पन्न सम्भ्रान्त समुदायबाहेक बाकी नेपाली सबैलाई मानसिक पीडा, अपहेलना वा हीनताबोधमात्र गराउने भएबाट मुलुकको जनसंख्याको ठूलो हिस्साले यसलाई बहिष्कार गर्न सुरू गरेका हुन् । अब दशैं यस मुलुकको राष्ट्रिय चाड रहेन । पोहोर सालजस्तो यसपालि भएन ।

सांसद र ‘दशैं मन्त्री’हरू
________________

प्रधानमन्त्री देउवाका कृपाले मुलुकको प्रतीक राष्ट्रिय झण्डा हल्लाउदै टीका थाप्न ससुराली वा माइती जान पाउने गरी दशैंको मुखमा मन्त्रीको जागिर पाएकाहरू अर्थात् ‘दशैं मन्त्री’ हरूले यसपालिको दशैं राम्ररी नै मनाए होलान् । यो हाम्रो अनुमान हो । तर त्यही संसद्का समकक्षी अरू सांसदहरूको दशैं खर्च भने एकाएक अदालतले खोसिदिएपछि उनीहरूको दशैंचाहि निश्चित पनि पोहोर सालजस्तो भएन होला– अलिकति तल माथि भयो होला । यसका अतिरिक्त धेरैजना हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले दशैंका निम्ति आफ्ना नानीहरूलाई नया नाना किनिदिन नसकेर आत्महत्या गरेको सुनियो । दशैंका कारण हाम्रा दाजुभाइले आत्महत्या गर्नुपर्ने नौवत अर्थात् अवस्था आउछ भने के आदिवासी, के आप्रवासी हामी सबैले एक भई यसबारे गम्भीर चिन्तन गर्नु अपरिहार्य भएको छ ।

यस प्रसंगमा दशैंलाई कसरी पूर्ववत् प्रतिष्ठा उपलब्ध गराउने भन्ने बारेमा राज्यले नै पहल गर्नुपर्छ । यसमा समसामयिक सुधार गरिनु पर्छ । दशैं बहिष्कार अभियान तीव्र गतिमा अघि बढिरहेको अवस्थामा सुधारका कुरा अगाडि सार्दा असजिलो हुनु स्वाभाविकै हो । तथापि समग्र मुलुकको हितका सवालमा कलम चलाउदा यसमा असजिलो वा सजिलो भन्नु भन्दा मुलुक महान् हो भन्ने लाग्छ ।

दशैंमा हार्ने र जित्नेका कुराहरू गरिन्छन्, देवता र दानवका कुराहरू झिकिन्छन् । अब त्यसमा कुनै आकर्षण छैन, त्यो हटाइनुप-यो । यसैगरी सांसदको मात्र दशैं खर्च खारेज गर्नुभन्दा सुविधाभोगीमा गनिएका कर्मचारीहरूको निम्तिमात्र एक महिनाको थप तलब सुविधा किन ? दशैं सरकारी कर्मचारीको मात्र त होइन । त्यसैले न्यायाधीश, मन्त्री, कर्मचारी सबैको दशैं खर्च पाउने सुविधा खारेज गर्ने र त्यो पैसामा थपेर अधिराज्यका बेरोजगार गरिब परिवार पहिचान गरी कम्तीमा रू. ५ हजार दशैं भत्ता सामाजिक सुरक्षा शीर्षकबाट दिने । यस निम्ति प्रत्येक चुनाव क्षेत्रको सांसदको संयोजकत्वमा सर्वदलीय समितिमार्फत् त्यस्तो घरपरिवार पत्ता लगाई सो रकम घटस्थापनाभन्दा १५ दिनअघि वितरण गर्ने । यसमा सरकारी कर्मचारीको हकमा उनीहरूले बाह्रै महिना तलब पाइआएका हुदा दशैंमा उनीहरूलाई मात्र भत्ता दिइनु ‘दशैंको रगतको पञ्जाछाप भित्तामा’ भन्ने पुरानो कुरालाई निरन्तरता दिनु हो, जसको आज विरोध भइरहेको छ । त्यो जायज पनि छ ।

तिहारको सन्दर्भ
__________

दशैंपछि तिहारको कुरा गर्दा राजा बलिहाङको कथा बुझ्नुपर्ने हुन्छ । राजालाई मगर भाषामा ‘हाङ’ पनि भनिन्छ, ‘रै’ पनि भनिन्छ । राजा बलिहाङको मृत्युपछिको पुनर्जीवनको मर्मस्पर्शी घटनाको पुण्य स्मृतिमा आजपर्यन्त तिहारमा दीपावली गर्ने, भैलो खेल्ने र भाइटीका लगाउने चलन छ । यसमा एउटा लामै कथा पनि छ । कथाको सार के छ भने ती धर्मात्मा प्रतापी राजाको निम्ति पुनर्जीवनको याचना गरेर जनताले उनलाई पुनर्जीवन दिलाए । तिहारको औंशीको रातमा आफ्नो मृत्यु हुन्छ भन्ने भविष्यवाणी राजा आफैंले गरेका थिए । र, पुनर्जीवनका लागि त्यस रातभर स्नानादि गरी, शुद्ध भई घरको भित्र–बाहिर चारैतिर दीपावली गरी भजनकीर्तन गरेर जनताले राजाको निम्ति यमराजसित आयु बढाइदिन प्रार्थना गरेमा उनी बाच्छन् भनेबमोजिम जनताले त्यसै गरे । भविष्यवाणी अनुसार यमदूत एउटा कालो छायाको रूपमा आए । केही बेरपछि त्यो छाया त्यसै बिलायो । राजाको प्राणपखेरू पनि उड्यो । त्यस औंशीको रात भजनकीर्तन गरेर जनताले राजाको पुनर्जीवनका निम्ति प्रार्थना गरिरहे ।

जब उज्यालो हुने बेला भयो र कुखुराको भाले बास्यो, राजा ब्युतिए । जनताको खुसीको सीमा नै रहेन । त्यस खुसीमा जनताले एकैसाथ ठूलो स्वरमा भने – ‘फइलो देउसी रै ।’ र, त्यही ‘फइलो देउसी रै’ आज तिहारमा ‘भैलो देउसी रे’ भएको छ । प्राचीन मगर भाषामा ‘फइलो’ भन्नाले ‘हामीले’ भन्ने अर्थ लाग्छ, ‘देउसी’ भन्नाले ‘धर्मात्मा’ र ‘रै’ भन्नाले ‘राजा’ । भाषिक हिसाबले विचार गर्दा पनि ‘फ र भ’ व्यञ्जन वर्णहरू एकै स्थानबाट उच्चारण हुने एकै प्रकृतिका ध्वनिहरू हुन् । कालान्तरमा ‘फइलो’ ‘भइलो’ हुदै ‘भैलो’ हुन गयो । आज पनि हामी भैलो देउसी रे भन्छौं । भाइटीकामा आयु बढाइदिने प्रार्थनासहित दिदीबहिनीले दाजुभाइको पूजा गर्ने गर्छन् । यसरी तिहारमा दीपावली गर्ने, दाजुभाइको चिरायुको कामना गर्ने गरिन्छ । एउटा सुखद चिन्तन तिहारमा हुन्छ ।

तिहारको कथा जति सुखद र मीठो छ, दशैंको कथा त्यत्तिकै हिंस्रक र दुःखद पनि छ । यहा“का आदिवासी जनजाति समुदायले दशैंलाई त्यसै भएर बहिष्कार गरेका हुन् । त्यसमा विजेताको हर्षबढाइमा हार्नेले पनि सहभागी हुनुपर्ने तत्कालीन राज्यको उदेकलाग्दो उर्दी अहिले पनि कायमै छ । दशैंले यहाको आदिवासी जनजाति समुदायमाथि दमनको सन्देश दिने गर्दै आएको छ । यस खाले सन्देश हटाइनु प-यो र आम जनताले दशैं मान्न सक्ने परिस्थितिको सिर्जना सरकारले गर्नुप-यो । अन्यथा दशैं बहिष्कारको क्रम रोकिनेवाला छैन । दशैंका पक्षधरहरूले यसको वस्तुगत विश्लेषण गर्नुप-यो र त्यसैअनुरूप माथि उल्लेख गरिएबमोजिम सुधारको ढोका खोल्नुप-यो । सबैलाई मिल्ने हुनुप-यो दशैं, तबमात्र यो राष्ट्रिय चाड हुन्छ । नत्र त्यसको बहिष्कार त हुन्छ–हुन्छ । त्यसमा अरूले भनेर के हुन्छ ?

यहाको आदिवासी जनजाति समाजले दशैंको कुरा झिकेर देश विखण्डन गर्न लागे भन्नु भएन । गैर जनजातिका निम्ति पनि दशैं साहै् गह्रुगो भारी भइरहेको छ । यसमा जनताको चाहना जे छ, त्यो राज्य व्यवस्थाको प्राथमिकता बन्नु प-यो । लाद्ने काममात्र गर्नु भएन । कुनै अमुक समुदायले दशैं मान्छु भन्दछ भने त्यसमा अवरोध हुनु भएन । त्यसैगरी अर्को समुदायले दशैं मान्दैनौं भन्छ भने त्यसमा पनि चर्को कुरा गर्नुको कुनै मतलबै छैन ।

आ–आफ्नो खुसीले चल्न पाउनु प-यो । कसैको आफ्नै चाडपर्व विशेष छ भने त्यसलाई पनि सरकारी मान्यता दिइनु प-यो । कम्तीमा पनि ८५० भाषाहरू बोलिने पपुवा न्युगिनीमा ९० भाषालाई सरकारी मान्यता दिइएको छ भने त्योभन्दा ७ भाग कम भाषा भएको हाम्रो मुलुकमा त्यो सम्भव छैन र ? भाषा र संस्कृति कुनै समुदाय विशेषको परिचायक समेत भएबाट त्यसको संरक्षण सम्बर्धनमा सरकारको नै विशेष पहल हुनु पर्नेमा उल्टो गलत प्रचार हुदा त्यसबाट कसैलाई फाइदा हुन सक्दैन । यसमा समय छूदै विचार पुग्नुप-यो ।



No comments:

Post a Comment

世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...