協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Wednesday, October 16, 2019
मगर ईतिहासको गाम्भरियता
मगरहरु इतिहासको गहिराईमा पनि पुगौ ! नाच गान मेलापात चाडपर्व जाड रक्सी जुवामा मात्र नभुलौ ! इस्वि संवत् १९९० को दशकमा तत्कालीन सोभियत संघको विघटन भयो र पुर्वी युरोपको राजनीति अवसान सँगै बिश्व व्यवस्थाको ( सितयुद्दे ) राजनीतिको पनि सँगसँगै अवसान भयो । जसले गर्दा ईतिहास कार र जानकार अनि बिश्लेषकहरुले प्रश्न उठाएकै छ । अब के बिश्व व्यवस्थाको चरीत्र कस्तो होला ? तत्कालको लागि त उक्त परिवर्तनको कारणले गर्दा (बहुध्रुविय बिश्व एक ध्रुविय) बिश्वमा परिणत भएकै छ । तर मानिसहरुमा यो व्यवस्था कहिले सम्म कायम रहन्छ ? के अबको बिश्व व्यवस्थाको एकल शक्तिको रूपमा उदाएको ( संयुक्त राज्य अमेरिका ) सदाको लागि बिश्व शक्तिको आसनमा बसिरहन्छ त ? यसको उत्तरमा अमेरिकीले भन्यो त्यस्तो कदापि संभव छैन ।अब पुर्ववत शक्तिहरू बिचको द्र्न्द कायमै रहन्छ तर चरित्रमा भने भिन्नता आउनेछ । अबको बिश्वमा मानव सभ्यताहरुको संघर्ष चल्न थाल्नेछ । र नेपालमा पनि चलिरहेकै छन । तपाईको प्रश्न उठ्न सक्छ ! के हो मानव सभ्यता भनेको ? उत्तर सजिलै छ जो कोहीले पनि उत्तर लेख्न र जिज्ञासा मेटाउन सक्नेछ । मानव सभ्यता भनेको भाषा धर्म जातिको संस्कृति सम्बर्द्धन तत्व हो । राज्य र समाजले आमूल भाषा, धर्म र साँस्कृतिक अस्तित्वलाई मान- सम्मान सहितको मान्यता दिनु हो । तर यसको अनेकौं आयमहरु छन् बुझ्नुपर्ने मानव सभ्यताको पहिचान :- जातीय पहिचान , समुदायगत पहिचान, भाषिक पहिचान , साँस्कृतिक पहिचान , धार्मिक पहिचान , ऎतिहासिक पहिचान , राष्ट्रिय पहिचान , भौगोलिक पहिचान , । अब यसलाई बिस्तार गर्दा :- मगर गुरुङ राई लिम्बु क्षेत्री बाहुन आदि इत्यादि मानव सभ्यताको जातिय पहिचान हुन । किराँत, मधेसी, दलित, खस आदि सामुदायिक पहिचान हुन । खस भाषी मैथिली अवध र नेपाली भाषी आदि इत्यादि भाषिक पहिचान हुन । हिन्दु, बौद्ध, वोन, इसाई, इस्लाम, आदि धार्मिक पहिचान हुन । यसरी मुल्य मान्यता परम्परा र बिश्वास को आधारमा साँस्कृतिक पहिचान भन्न सकिन्छ । भने विदेह कपिलवस्तु , सिम्रौनगढ, नेपाल मण्डल , र खस साम्राज्यले ऎतिहासिक पहिचान प्रदान गरेको छ भने त्यसको मुलमा यिनै पहिचान लुकेको छन् । विवाद चलिरहेकै छ सरकार संघीयता मा गएको छ धर्म निक्षेपता छन् । उक्त पहिचानको आधारमा संघीय राज्य दिने कि नदिने भन्ने प्रश्न हो । मगरात -तमुवान ताम्सालिङ , लिम्बुवान - खम्बुवान , मधेस वा नेवार, राज्य दिने कि नदिने ? सरोकार पक्षको विचारमा यो नै तिनै जातीयताको पहिचान हो । त्यसैले , यसैको आधारमा राज्यको नामकरण नै दिनु पर्छ । फेरि अर्को थरिका आम मानिसहरु भन्छन् जात र जातिको आधारमा राज्य दिदा देशमा जातिय दण्ड बढ्छ साथै जातिय फाटो ल्याउछ भन्ने तर्क देखिन्छ । सरोकारवाला देखि केही मानिस भन्छन् बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक रहेको देशमा माथिको वास्तविकतालाई सम्मान गर्दा कसरी जातिय सद्भाव राख्ने वा राष्ट्रिय एकतामा खलल पर्छ । फेरि सम्पुर्ण जाती र समुहको पहिचानलाई राज्यले अस्विकार गर्दा देशको एकता कम्जोर हुन्छ र छिमेकी देश भारतले पृथक राष्ट्र नेपालको आकांक्षा नै उठाउछ यसले गर्दा नेपालको आन्तरिक राष्ट्रियतामा चुनौती थपिन थाल्छ र बिश्व युद्धतिर धकेल्छ ।
Subscribe to:
Post Comments (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...
No comments:
Post a Comment