हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Wednesday, October 16, 2019
मगर अनितरास्ट्रिय सम्मेलन 2019
सर्वप्रथम त नेपाल मगर संघ जापान को तर्फबाट यहाँहरू सबैलाई मगराँत अविवादन !
संसार भरी छरीएर रहेका मगर र मगर संघहरूलाई एकतामा बाँधेर अगाडी बढ्न थप सजिलो होस् भनि २०१४ मा प्रथम सम्मलेनको आयोजना गर्दै उक्त सम्मलेन बाट निर्मित यस मगर अन्तराष्ट्रीय मन्चको दोस्रो अन्तराष्ट्रीय सम्लेनमा भाग लिन पाउँदा समग्रमा नेपाल मगर संघ जापान परिवारले गर्व महशुस गरेको छ । र सँग-सँगै यस ऐतिहासिक दोस्रो सम्मेलन सफल रुपमा आयोजना गर्नुभएकोमा आयोजक नेपाल मगर संघ केन्द्रीय समिति र मगर अन्तराष्ट्रीय मन्च दुवैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौँ ।
सन १९९५ फेब्रुअरी १५ मा स्थापित नेपाल मगर संघ जापानको ईतिहाँस आफैमा बडो अद्भुत र गौरवमय रहेको छ जो असाध्यै लामो पनि छ । मन्चको पहिलो सम्मलेन देखी यो दोस्रो सम्मेलन सम्म आउँदा जापान शाखा को प्रगति प्रतिवेदन छोटकरीमा निम्न रहेको छ ।
न. १ - जापानको भौगोलिक दुरदराजको कारण सन २००० देखी सहमतिमै संस्था एकरुपता बाट खण्डित हुँदै बिशेष गरी तोकियो र तोकाई क्षेत्रमा सक्रिय हुने गरी २ टुक्रा भएको थियो । तर समय बित्दै आउँदा र मगर संघले एक पछी अर्को सांगठनिक छलाङ् मार्दै आउँदा जापानमा हिंजो सहमतिमै दुईभाग भई सक्रिय रहेको संस्था फेरी एक भएर जानै पर्ने परिस्थिति आयो । अन्यथा यहाँ केन्द्रीय समिति, मगर अन्तराष्ट्रीय मन्च र बिभिन्न समकक्षी वैदेशिक शाखा संघहरू लगायत सँग सहकार्य र हातेमालो गर्न बडो असहजता भईरहेको थियो र भईनै रहने निश्चित थियो । यसकारण बिशेष गरी सन २०१३ देखी प्रयास शुरु गरीएको उक्त एकताको अभियान बिभिन्न कारणबस् असफल हुँदै आईरहेको थियो । तर सौभाग्य बस् सन २०१८ मा आएर १९औँ महाधिवेशनको आयोजना गर्दै यो एकताको प्रतिक्रिया सफल्ता पुर्वक सम्पन्न भयो । र हाल श्री नविन थापा मगर ज्यू को अध्यक्षतामा समग्र जापानका मगरहरू एउटै मालामा बाँधिएर अघि बढीरहेको सन्देश यहाँहरूलाई सुनाउँन चाहान्छु । उक्त १९औँ महाधिवेशनमा नेपाल बाट मगर अन्तराष्ट्रीय मन्चका सदस्य सचिव तथा केन्द्रीय समितिका विदेश प्रमुख आदर्णीय रक्षा रैका मगर ज्यूको प्रमुख अतिथ्याता रहेको थियो । अहिले नेपाल मगर संघ जापानको मातहातमा थप ५ क्षेत्रीय समितिहरू गठन भएका छन् ।
जस्मा,
१, तोकाई क्षेत्रीय समिति,
२, कान्तो क्षेत्रीय समिति ,
३ , तोचिगी क्षेत्रीय समिति,
४, सिजुओका क्षेत्रीय समिति ,
५, फुकुओका क्षेत्रीय समिति ,
रहेका छन् ।
न. २, सन २०१६ सप्टेम्बर महिनामा रोल्पा जिल्लाका शिवराज रोका मगर को जापानमा मृत्यु भए पछी नेपाल मगर संघ जापानको नेतृत्वमा २७ लाख रुपैया सहयोग जुटेको थियो । र मृतकको दाहसंस्कार लगायतमा खर्च भएर बचेको १६ लाख नगद उहाँको छोरीको नाममा जम्मा गरीयो । यो लगायत जापानमा प्राय भएपरी आउने समस्याहरू अनगिन्ति छन् जो नेपाल मगर संघ जापानले हरतरहबाट सक्दो सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा पनि गरीरहने छ ।
न. ३, सन २०१७ फेब्रुअरीमा काठमाण्डौमा आयोजना भएको ३५ औँ मगर दिवस तथा अन्तराष्ट्रीय सम्मलेनमा जापानले रु. १ लाख ५ हजार सहयोग गरेको छ । र त्यसै बर्ष लगतै केन्द्रीय समितिले मगर सांसदहरूलाई सम्मान कार्यक्रम आयोजना गर्दा लागेको खर्चमा जापानले रु. ३६ हजार सहयोग गरेको छ ।
न. ४, सन २०१८ मा भएको नेपाल मगर युवा संघको केन्द्रीय अधिवेशनमा नेपाल मगर संघ जापानको तर्फबाट रु ५० हजार सहयोग भएको छ ।
न. ५, यही बर्ष मगर संघको केन्द्रीय कार्यालय ( कलंकि स्थित मगर भवन) मर्मत कार्य हुँदा नेपाल मगर संघ जापानले रु १ लाख ३० हजार सहयोग गरेको छ ।
न. ६,यही २०१९ अगस्तमा नेपाल आदिवासी जनजाति महासंघ जापानको निमन्त्रणामा जापान पुग्नु भएका यस नेपाल मगर संघका केन्द्रीय अध्यक्ष आदर्णीय नविन रोका मगर ज्यू सँग जापानको तोकियो र तोकाई नागोया जस्ता शहरमा बृहत् अन्तरक्रिया तथा प्रशिक्षण र भेटघाट कार्यक्रमहरू चलाइयो, र अध्यक्ष ज्यू लाई ऐतिहासिक शहर हिरोशिमा र चर्चित टोयोटा कम्पनीको केन्द्रीय म्युजिएम लगायतका स्थलहरू भ्रमण गराईयो । यस्लाई पनि नेपाल मगर संघ जापानले उपलब्धिको रुपमा लिएको छ ।
अन्तमा फेरी पनि यस ऐतिहासिक अन्तराष्ट्रीय सम्मेलनमा उपस्थित सबै सबैमा हार्दिकताका साथ मगराँत अविवादन !!
“नेपाल मगर संघ जापान परिवार “
सा.लक्ष्मन घर्ती नागोया
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment