協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Monday, March 25, 2019
‘यो सतिले सरापेको होइन, बाहुनबादले बिगारेको देश हो’
दिपा बुढा मगर ।
मेरो देशलाई सतिले सरापेको भन्छन, त्यही भएर देश उभो कहिलै लाग्न नसकेको भनिन्छ । सतिले सरापे देश भएर उभो नलागेको भन्ने भनाइ सुन्दा निकै हासो उठ्ने गर्छ । त्यो बडो मिथ्या कुरा हो । त्यो कदापी होइन ।
मेरो देश बाहुनबादले बिगारेर उभो लाग्न नसकेको देश हो । किनभने यहाँका मुलबासी मंगोललाई सयौं बर्षदेखी हेप्दै र पेल्दै आएका छन् । खास त बाहुन क्षेत्रीहरु नै आदिवासी जनजातीहरु हुन् । तर मङ्गोलहरुलाई आदिबासी जनजाती बनाइएको छ ।
यहाँका नेप्टे, थेप्चे र चिम्से मुलनिबासी मंगोलहरुले बाहुनबादको राजनितिलाई अझै बुझ्न सकेका छैनन् । मेरो पार्टी र तेरो पार्टी भन्दै आफैं आफैंमा काटमार अनि एक अर्कामा दुश्मन हुन्छन् । अगाडी लड्ने र मर्ने यिनै नेप्टे, थेप्चे र चिम्से मङ्गोलहरु हुन् । आखिर यो सब किन भइरहेको छ त ? हामीले बुझ्न आबस्यक छ ।
बास्तबमा यी नेप्टे, थेप्चे र चिम्सेहरुले आफुलाई म यो देशको मुल निबासी, यो देशको भुमिपुत्र हुँ भनेर चिनेका छैनन् । बाहुनबादले आफुले आफैलाई चिन्ने मौका पनि दिएको छैन ।
विभिन्न क्रान्तिको नाउँमा औंलाको टुप्पोमा फनफनी घुमाइदिएका छन् । यो देशमा बाहुनबाद छ । यो कुरा कसैले नकार्न सक्दैन । यसलाई किन गम्भीर नलिई फेरि बाहुनबादले फालिदिएको हड्डिको पछि कुदेर सधैं नोकर भएर बाच्ने स्थितिमा छन् यो देशको नेप्टे, चिम्से मुलबासी मङ्गोलहरु ।
मेरो देशमा मानबताबाद छैन, मानव अधिकार छैन, यो देशवाट बर्णभेदी वर्न अन्त्य हुनुपर्छ भनेर सत्यको आवाज उठाउदै आम मानिसको हकहित र अधिकारको निमित्त लोकतन्त्रको आवाज उठाउने पहिलो ब्यक्ती युग पुरुष अमर डा . गोपाल गरुङ हुन् ।
मानबताबादको आवाज उठाउदा साम्प्रदायिकता फैलाउने आरोपमा डा . गोपाल गुरुङलाई जेलमा ठेल्ने काम अहिलेकै बाहुनबादका शासकहरुनै हुन् । अहिलेसम्मका नेपालका शासकहरुले जनता र देशलाई केही दिन सकेको छैनन् । खाली लुटेका मात्रै छन् ।
सबैभन्दा पहिला मानिस भइसकेपछी मानबतावाद हुनुपर्छ । अलिकती मात्र पनि मानबताबाद हुने हो भने यो देशमा कोहि मान्छे दुखी हुने छैन । कोहि मान्छे भोको बस्ने छैन । कसैले बर्ग निर्मुलको नाममा ज्यान गुमाउने छैन । मान्छे जन्मेपछी सबैले समानताका साथ बाच्न पाउनु पर्छ।प्रकृतिले कसैलाई विभेद गरेको छैन।
हतियार उठाएर, युद्ध गरेर समस्याको समाधान हुने भए बादशाह अशोक आखिर बुद्धको सरणमा किन आउथे ? दोश्रो बिश्व युद्धपछि संयुक्त रास्ट्र सङ्घको स्थापना गर्नु किन जरुरी थियो ?
हामी भित्रको आन्तरिक कुराहरुलाई नै हेरौं । बर्षौ देखि बाहुन छेत्रीहरुले यहाँका मुल निबासी हाम्रा पुर्खाहरु माथी विभिन्न षडयन्त्र गरि निर्मम हत्या गरेको इतिहासहरु हामी बुझ्दै र भोग्दै आएका छौँ । त्यतिबेलाको राज्यसत्ताले मानव अधिकार लागू गरेको भए अथवा आर्य पुर्खाहरुले बिगतमा जे जस्तो गरे पनि पछिल्लो राज्यसत्ताले मानव अधिकारको प्रत्याभूति गराएको भए आज यहाँका मुलबासी मङ्गोलहरु यो अबस्थामा उत्रिने थिएनन् । यो त बिचारमा प्रतिरोध युद्ध हो ।
संसारको ठुलाठुला बिश्व युद्धदेखि लिएर गृहयुद्धको घटना र परिघटनालाई नजिकबाट नियालेर नै मङ्गोल पिता युग पुरुष अमर डा . गोपाल गुरुङले परिवर्तनको लागि कलम र बैचारिक लडाइँबाट मात्रै आफ्नो अधिकार ल्याउनु पर्छ भन्ने सिद्धान्त अघि सार्नु भयो । उहाँको सिद्धान्तवाट नै मानबताबाद झल्किन्छ ।
स्वर्गको आश र नर्कको डर नमानौं । आखिर के हो स्वर्ग ? कस्तो छ स्वर्ग ? के हो नर्क ? कस्तो छ नर्क ? यी सबै बकबास कुराहरु हुन् । सबै मानिसहरुले समान मानव अधिकारका साथ जिउन पाए भने त्यही हो स्वर्ग र जहाँ मानव अधिकारको लागू छैन, मान्छेहरु स्वतन्त्र रुपमा बाच्न पाएका छैनन् भने त्यही नर्क हो ।
त्यसैले स्वर्गको एक टुक्रा भनेर चिनिने नेपाललाई सतिले सरापेर उभो नलागेको भन्ने निरर्थक कुराहरुलाई टोड्दै सैद्धान्तिक र बैचारिक तवरले लडाइँको नेतृत्व सम्हाल्दै नेपालको बाहुनबादलाई जब जरैदेखी फालिदैन तबसम्म नेपाली जनताको जीवनमा स्वर्णिम युग आउन सक्दैन र हाम्रो जीवन अन्धकारवाट मुक्त हुन सक्दैन । मानव भएर बाच्नको लागि पहिलो एक नम्वरमा नेपालवाट बाहुनबाद खतम हुन जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...
No comments:
Post a Comment