Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, March 25, 2019

‘यो सतिले सरापेको होइन, बाहुनबादले बिगारेको देश हो’




दिपा बुढा मगर
मेरो देशलाई सतिले सरापेको भन्छन, त्यही भएर देश उभो कहिलै लाग्न नसकेको भनिन्छ । सतिले सरापे देश भएर उभो नलागेको भन्ने भनाइ सुन्दा निकै हासो उठ्ने गर्छ । त्यो बडो मिथ्या कुरा हो । त्यो कदापी होइन ।
मेरो देश बाहुनबादले बिगारेर उभो लाग्न नसकेको देश हो । किनभने यहाँका मुलबासी मंगोललाई सयौं बर्षदेखी हेप्दै र पेल्दै आएका छन् । खास त बाहुन क्षेत्रीहरु नै आदिवासी जनजातीहरु हुन् । तर मङ्गोलहरुलाई आदिबासी जनजाती बनाइएको छ ।

यहाँका नेप्टे, थेप्चे र चिम्से मुलनिबासी मंगोलहरुले बाहुनबादको राजनितिलाई अझै बुझ्न सकेका छैनन् । मेरो पार्टी र तेरो पार्टी भन्दै आफैं आफैंमा काटमार अनि एक अर्कामा दुश्मन हुन्छन् । अगाडी लड्ने र मर्ने यिनै नेप्टे, थेप्चे र चिम्से मङ्गोलहरु हुन् । आखिर यो सब किन भइरहेको छ त ? हामीले बुझ्न आबस्यक छ ।

बास्तबमा यी नेप्टे, थेप्चे र चिम्सेहरुले आफुलाई म यो देशको मुल निबासी, यो देशको भुमिपुत्र हुँ भनेर चिनेका छैनन् । बाहुनबादले आफुले आफैलाई चिन्ने मौका पनि दिएको छैन ।
विभिन्न क्रान्तिको नाउँमा औंलाको टुप्पोमा फनफनी घुमाइदिएका छन् । यो देशमा बाहुनबाद छ । यो कुरा कसैले नकार्न सक्दैन । यसलाई किन गम्भीर नलिई फेरि बाहुनबादले फालिदिएको हड्डिको पछि कुदेर सधैं नोकर भएर बाच्ने स्थितिमा छन् यो देशको नेप्टे, चिम्से मुलबासी मङ्गोलहरु ।

मेरो देशमा मानबताबाद छैन, मानव अधिकार छैन, यो देशवाट बर्णभेदी वर्न अन्त्य हुनुपर्छ भनेर सत्यको आवाज उठाउदै आम मानिसको हकहित र अधिकारको निमित्त लोकतन्त्रको आवाज उठाउने पहिलो ब्यक्ती युग पुरुष अमर डा . गोपाल गरुङ हुन् ।
मानबताबादको आवाज उठाउदा साम्प्रदायिकता फैलाउने आरोपमा डा . गोपाल गुरुङलाई जेलमा ठेल्ने काम अहिलेकै बाहुनबादका शासकहरुनै हुन् । अहिलेसम्मका नेपालका शासकहरुले जनता र देशलाई केही दिन सकेको छैनन् । खाली लुटेका मात्रै छन् ।
सबैभन्दा पहिला मानिस भइसकेपछी मानबतावाद हुनुपर्छ । अलिकती मात्र पनि मानबताबाद हुने हो भने यो देशमा कोहि मान्छे दुखी हुने छैन । कोहि मान्छे भोको बस्ने छैन । कसैले बर्ग निर्मुलको नाममा ज्यान गुमाउने छैन । मान्छे जन्मेपछी सबैले समानताका साथ बाच्न पाउनु पर्छ।प्रकृतिले कसैलाई विभेद गरेको छैन।
हतियार उठाएर, युद्ध गरेर समस्याको समाधान हुने भए बादशाह अशोक आखिर बुद्धको सरणमा किन आउथे ? दोश्रो बिश्व युद्धपछि संयुक्त रास्ट्र सङ्घको स्थापना गर्नु किन जरुरी थियो ?
हामी भित्रको आन्तरिक कुराहरुलाई नै हेरौं । बर्षौ देखि बाहुन छेत्रीहरुले यहाँका मुल निबासी हाम्रा पुर्खाहरु माथी विभिन्न षडयन्त्र गरि निर्मम हत्या गरेको इतिहासहरु हामी बुझ्दै र भोग्दै आएका छौँ । त्यतिबेलाको राज्यसत्ताले मानव अधिकार लागू गरेको भए अथवा आर्य पुर्खाहरुले बिगतमा जे जस्तो गरे पनि पछिल्लो राज्यसत्ताले मानव अधिकारको प्रत्याभूति गराएको भए आज यहाँका मुलबासी मङ्गोलहरु यो अबस्थामा उत्रिने थिएनन् । यो त बिचारमा प्रतिरोध युद्ध हो ।

संसारको ठुलाठुला बिश्व युद्धदेखि लिएर गृहयुद्धको घटना र परिघटनालाई नजिकबाट नियालेर नै मङ्गोल पिता युग पुरुष अमर डा . गोपाल गुरुङले परिवर्तनको लागि कलम र बैचारिक लडाइँबाट मात्रै आफ्नो अधिकार ल्याउनु पर्छ भन्ने सिद्धान्त अघि सार्नु भयो । उहाँको सिद्धान्तवाट नै मानबताबाद झल्किन्छ ।
स्वर्गको आश र नर्कको डर नमानौं । आखिर के हो स्वर्ग ? कस्तो छ स्वर्ग ? के हो नर्क ? कस्तो छ नर्क ? यी सबै बकबास कुराहरु हुन् । सबै मानिसहरुले समान मानव अधिकारका साथ जिउन पाए भने त्यही हो स्वर्ग र जहाँ मानव अधिकारको लागू छैन, मान्छेहरु स्वतन्त्र रुपमा बाच्न पाएका छैनन् भने त्यही नर्क हो ।

त्यसैले स्वर्गको एक टुक्रा भनेर चिनिने नेपाललाई सतिले सरापेर उभो नलागेको भन्ने निरर्थक कुराहरुलाई टोड्दै सैद्धान्तिक र बैचारिक तवरले लडाइँको नेतृत्व सम्हाल्दै नेपालको बाहुनबादलाई जब जरैदेखी फालिदैन तबसम्म नेपाली जनताको जीवनमा स्वर्णिम युग आउन सक्दैन र हाम्रो जीवन अन्धकारवाट मुक्त हुन सक्दैन । मानव भएर बाच्नको लागि पहिलो एक नम्वरमा नेपालवाट बाहुनबाद खतम हुन जरुरी छ ।

No comments:

Post a Comment

世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...