協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Thursday, March 21, 2019
आवाजको दुनिया
उ अक्सर मलाइ 'प्यारो मान्छे' भनेर सम्बोधन गर्ने गर्थी । म पनि त उसलाइ उस्तै स-प्रेम 'प्यारी मान्छे' भनी पुकार्थें ।
उसले दिएका अनेक उपनाम मलाइ स्विकार्य थियो भने मैले उसलाइ पुकार्ने गरेका हर नाममा ऊ माया हुन्छ भन्थी । एकपटक सबै उसले दिएका उपनामहरु जम्मा पारी हेरें -
"प्यारो मान्छे" , "सानू" , "कान्छू", "पागल" ,"मुटु" , "नक्कले" , "लम्बु" , "साहित्यकार ज्यु" , "माइ लाइफ" !
उसले बोलाउने हरेक उपनामहरु मेरा लागि मुल्यवान् थिए । म बेला बेला उसलाइ हैरान बनाउन अनेक तरहका प्रश्न सोधिदिन्थें -
"म तिमिलाइ नभेट्दै मरें भने के गर्छौ नि ?"
ऊ निकैबेर केही बोलिन । केही बेरको सन्नाटापछी उसले भनी -
"हजुर नै मेरो लाइफ हो , यदि हजुर नै हुनुभएन भने सोच्नुस् त म चाहिँ कसरी जिवित रहन्छु होला ?"
म स्तब्ध भएं । उसले सोहि पल चेतावनी दिदै भनेकी थिई- "अब देखि मर्ने कुरा गर्नुभयो भने चाहिँ साच्चै म नै मरिदिन्छु ।"
मैले आफ्नो गल्ति कबुल गरेको थिएँ ।
एकदिन ख्याल ख्यालमा नै उसले एक प्रश्न गरि -"हजुर मलाइ बिहे पछि के भनेर बोलाउनुहुन्छ नि ?"
मैले सहजै जवाफ फर्काएँ -"प्यारी मान्छे" ।
उसले पनि तुरुन्तै भनी-
" म पनि प्यारो मान्छे भन्छु ।"
म बिमार छु भन्ने खबर उ समक्ष पुग्दा आफै डक्टर झै उपचार पद्वती बताउँथि । मैले उसका कुरा चुपचाप नमानी धर थिएन । किनकी उ प्रत्येक पटक भन्थी --"हजुर मेरो लाइफ हुनुहुन्छ । हजुरलाइ केहि हुँदा मलाइ ननिको लाग्छ । "
म संग प्रतिप्रश्न गर्ने शब्द हुँदैनथियो । म उसको प्रेम सामु निशब्द बन्न पुग्थें ।
एकपटक उसले बिहानै फोन गरि । अलि हडबडाएको आवाजमा बोली -
"अब देखि मलाइ फोन म्यासेज केही नगर्नु ।"
निदमा थिएँ । एक्कासि झट्का लाग्यो । "यो के भन्दै छौ तिमी "? भन्दै चिच्याउन मन थियो , त्यो भन्दा पहिला फोन डिस्कनेक्ट भैसकेको थियो । उसले बोलेका पाँच/छ शब्दले नराम्ररी पिट्यो । आँखा तत्कालै आँसुले भरिए । फोन गर्न खोज्दा मोबाइल अफ थियो । सिङ्गो आकास खसेर टाउकोमा बजारिएजस्तै भयो । हातगोडा लल्याक लुलुक भए ।
त्यो दिन उ संग कुनै पनि अबस्थामा बोल्न सक्ने हालत थिएन । भोलिपल्ट फेसबुकमा उसको नयाँ प्रोफाइल पिक्चर देखें । कुनै एक केटासंग बिहेको जोडामा मुसुक्क हाँस्दै उसले सोहि फोटामा क्याप्सन लेखेकी रहिछ -
"माइ लाइफ"!
Subscribe to:
Post Comments (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...
No comments:
Post a Comment