हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Friday, March 8, 2019
श्रम स्विकृति लिनै पर्ने
जापानमा पढाई सकेपछी यही जागिर (就職) गरेको मान्छे नेपाल जाँदा बैदेशिक रोजगार विभाग बाट श्रम स्विकृति लिनुपर्छ पर्दैन भन्ने अन्यौल धेरैमा छन् । वास्तविक कुरा नबुझेर र नेपाल सरकारले पनि बुझाउन नसकेर धेरैले दु:ख पाएको छ ।
यदी म गलत छैन भने श्रम स्विकृति भनेको नेपाल बाटै बिदेशमा श्रम गर्न जाने बेला , जान खोजेको देशमा जान स्विकृति छ कि छैन भनेर दिईने पत्र भनेर बुझेको छु । तर यस बिषयलाई राम्ररी व्याख्या नगरिएकोले बिदेशमै पढाई सकेर आफ्नो देश फर्कदा श्रम स्विकृति लिन चहिन्छ कि भनेर लिन जानेहरू पनि धेरै छन् । हुनत यसमा उनीहरूकोपनि दोष छैन , फर्कदा एयरपोर्टमा समस्या नहोस् भनेर दु:ख झेलेर , त्यस्तै परे दलाल र कर्मचारीलाई पैसा खुवाएर भएपनि लिनेगरेको सुनिन्छ ।
यहाँ मेरो अनुभव सुनाउन जाहन्छु ।
म पनि जापानमा पढाई सकेपछी यही जागिर खादैछु । जागिर खाई सकेपछी पनि चार पटक नेपाल पुगेर आएको छु । पहिलो र दोस्रो पटक जादाँ यो कुराको केही हेक्का थिएन र बुझ्न पनि गईन र भाग्यवश फर्कदा समस्या पनि भएन। तेस्रो पटक जाँदा चाँही मलाई पनि केही बुझ्न मन लाग्यो कारण नेपालको कानुन दैवले जानुन भनेझैं पटक पटक परिवर्तन भईरहन्छ । सोल्टी मोड नजिकैको बैदेशिक रोजगार विभाग पुगे , त्यहाँ देश अनुसारको श्रम स्विकृति दिने कोठा रहेछ । जापानको लागि सोध्दै जादाँ यो कोठा बाट त्यो , त्यो बाट अर्को मा जान भनियो र जादै गर्दा सोधिएको कर्मचारीहरूबाट दुई थरी उत्तर आयो , कोही भन्छ चाहिन्छ त कोही चाहिदैन । यहीनै हो भन्ने कुरा नभएपछी हाकिम साहेब कहाँ जानुभन्यो , हाकिम साहेब कहाँ पुग्दा मिटिङको लागि मन्त्रालय जानुभएको छ भनियो । प्रस्ट उत्तर नआएपछी त्यहाँको कर्मचारीले तपाईलाई रोक्न सक्ने भनेको एयरपोर्टको अध्यागमन हो, यो विषयमा बुझ्न अध्यागमन विभाग जानुस् भने । त्यहाँ बाट कालिकास्थानको अध्यागमन विभाग पुगे , त्यहाँ कोठामा कुर्सी छ तर त्यहाँ बस्ने कर्मचारी थिएन । आफ्नो काम लिएर आएका अन्य बिदेशीहरू पनि थिए , एक घण्टा भयो आएको खोई कोही पनि छैन भनेर गुनासो गर्दैथिए । बिचारा आफ्नो देशको छिटोछरितो काम हुने सिस्टम सोचका थिए होला , यो त नेपाल हो यहाँ यही सिस्टम छ भनेर मनमनै सोचे । केही समय कुरे पछी कर्मचारी आयो र आफ्नो समस्या सुनाए । तपाईको स्थिति हेर्दा त रोक्नु नपर्ने हो तर यदी रोकिनै हाल्यो भने एयरपोर्टको ईमिग्रेशले रोक्छ , त्यहाँ बुझ्न जानुस भन्यो । लौ अब यति बुझ्न अब एयरपोर्ट को ईमिग्रेश जाने ? फेरी त्यति सजिलो छ र त्यहाँ जान ? अतिनै पारो तात्यो र सोचे म यत्तिकै फर्कन्छु , कसैले रोकिहाले आफ्नो तर्क राख्छु त्यस्तै परे झगडै गर्छु भन्ने मनस्थिति बनाएर त्यहाँ बाट फर्किए ।
तर पनि मनमा त डर थियो , रोकिनै हाल्यो भने त टिकट खेर जान्छ , जापानमा आफ्नो काममा समय पुग्न सकिएन भने अर्को समस्या हुन्छ । त्यसैले आफुले चिनेको साथीहरूलाई फोन लगाए - मेरो बिषयमा एयरपोर्टको कर्मचारी सँग सोधिदिनु भनेर । एयरपोर्टकोको कर्मचारीले पनि यो स्थितिमा रोक्नुनपर्ने हो तर डेस्कमा हुने कर्मचारीको भर पर्छ भनियो ।
दोधारे कुरा आएपछी , मेरो दिमागमा एउटा कुरा आयो -मेरो जस्तै भिषा भएको र केही महिना अघी मात्र नेपाल पुगेर जापान फर्किएको चिन्ने मान्छे थियो , उसलाई सोध्यो भने थाहा हुन्छ र उसलाई सोध्दा चाहिदैन , मलाई केही समस्या भएन भन्यो । त्यति भनेपछी अलिक ढुक्क भईयो ।
फर्कने बेला भयो र एयरपोर्टको ईमिग्रेशन पुग्दा केही भनिहाल्छ भनेर मन थोरै डराएको त थियो तर केही भनेन र जापान फर्किए । त्यस पछी पनि २०१७ अक्टोवर तिर गएको थिए , कुनै समस्या बिना जापान फर्किए ।
नेपालको कर्मचारीहरूमा नियम कानुनको राम्रो जानकारी नहुँदा मैलेपनि पाउनु दु:ख पाँए , मेरो दुईदिन यताउता गर्दा बर्वाद भयो । म जस्तै धेरैले दु:ख भोगेका छन् र अहिले पनि भोग्दैछन् ।
अहिले पनि जापानमा पढाई सकेर जागिर खाएको मान्छे फर्कदा एयरपोर्टक कर्मचारीले श्रम स्विकृति नभएको कारण जान दिएन भन्ने घटना सुनिन्छ । यो पुर्णरूपमा अध्यागममा बस्ने कर्मचारीको अज्ञानतले गर्दा हो । जब भिषामा Skilled Worker, Labor , caregiver या अन्य नेपाल सरकारले दिएको working category नभएर जापानको हकमा Engineer/Specialist/International Services छ भने श्रम स्विकृति चाहिदैन तर अल्पज्ञान भएको कर्मचारीको हातमा परे यात्रुले अनाहकमा दु:ख पाउछ ।
हामीले ध्यान दिनुपर्ने एउटा महत्वपूर्ण कुरा छ । जब हामी नेपाल एयरपोर्टको Immigration मा लाईन बस्छौ त्यहाँ दुईथरीको लाईन हुन्छ । एक खाडी मुलुक, मलेसियामा जस्तो रोजगार गर्न जानेहरूको र आर्को अन्य प्रयोजन (जस्तै tourist, Student ,visit)जानेहुरूको छ। बिदेशमा पढाई सकेर working visa भएको जापानको हकमा Engineer/Specialist/International Service भएकोहरू गल्तीले पनि खाडी मुलुक, मलेसियामा रोजगार गर्नजाने लाईनमा नबस्नुहोला । यदी त्यहाँ बस्नुभयो भने तपाईलाई पनि खाडी र मलेसिया जाने Category को सम्झन्छ र तपाईको भिषाको पुरा बिवरण नहेरी सिधै श्रम स्विकृति खोज्न थाल्छ र छैन भने लिएर आउ भन्छ । यस्तो बिडम्वना छ देशको , बिदेशबाट फर्कदा पनि सामान के हुने हो कसो हुने हो भनेर डराई डराई जानुपर्ने । बिदेश जाँदा पनि एयरपोर्टमा रोकिदिने हो कि , केही भन्ने हो कि भनेर डराउनुपर्ने । Immigration Officers को अल्पज्ञान , लापर्वाही ले गर्दा धेरैले अनाहकमा दु:ख पाईरहेको छ । तिनीहरूलाई त के भयो र ? तिनीहरूको केही जादैन पैसा, समय जाने त जनताको हो । मानसिक लगायत अन्य दु:ख भोग्ने जनतानै हो । त्यसैले अनावस्यक दु:ख भोग्नु नपरोस भनेर आफैपनि अध्ययन र सोधखोज गरौं , सतर्क रहौं । नेपालको अधिकांश कर्मचारीहरू सेवा दिन भन्दा पनि कसरी सेवाग्राहीलाई दु:ख दिने भनेर सोचिरहेको हुन्छ ।यो भनेर सबै सरकारी कर्मचारीहरूको नियत यस्तै हुन्छ भन्न खोजिएको होईन सच्चा र कर्मठ कर्मचारीलाई भने सधै उच्च सम्मान रहनेछ ।
साथै यो श्रम स्विकृतिको बिषयमा जनतालाई छर्लङ्ग पार्दिनको लागि जानकार कर्मचारीबाट जानकारी लिने कोशिसमा छु सफल भएमा सेयर गर्नेछु ।
Subscribe to:
Post Comments (Atom)
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...
No comments:
Post a Comment