हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Saturday, March 9, 2019
जापानमै बस्ने योजना छ ? यि हुन ध्यान दिनैपर्ने ४ कुरा
जापानमै बस्ने योजना छ ? यि हुन ध्यान दिनैपर्ने ४ कुरा
म झण्डै १० वर्ष भयो जापानमा बसेको । हरेक वर्ष जापानमा जति पनि मानिस काम गर्न भनेर आउँछन् तीमध्ये अधिकांश मानिस केही वर्षमात्रै जापान बस्ने गर्छन् । यद्यपि जो व्यक्ति केही समय मात्रै जापान बस्ने भनेर आउँछन् ती मध्ये अधिकांश यहिँ सेटल हुने विचारमा पनि हुन्छन् । जापानमा त्यस्तो के कुरा छ जसले केहीलाई यहाँ लामो समयसम्म बस्न र केहीलाई भने केही समयपछि नै आफ्नो घर फर्किने विचार गर्छन् त?
जापान आउनेहरुका लागि ‘हनिमुन पिरियड’ हुने गरेको मैले यत्रो वर्षमा अनुभव गरेको छु । यो व्यक्तिपिच्छे फरक हुने भएपनि प्रायजसो यो १८ महिनादेखि २ वर्षसम्म चल्छ । यो दुई वर्षमा के हुन्छ त?
१.जापानी क्षमता
मेहेनत गर्नुभयो भने दुई वर्षमा तपाइ दैनिक बोलिने जापानी भाषाप्रति अभ्यस्त भइसक्नुभएको हुनेछ । भाषाको ज्ञानले अवसरका अनेक ढोका खोलिदिन्छ । यो दुई वर्षमा जापानी भाषाको आधारभूत शिक्षा पनि लिन सकिन्छ । भाषाका कारण कतिपय राम्रा रोजगारी र शिक्षाका अवसर गुम्न पनि सक्छ । भाषाको ज्ञानले संस्कार बुझ्न र समुदायमा घुलमिल हुन पनि सहयोग गर्छ । दुई वर्षपछि यदि लामो समयसम्म जापान बस्ने योजनामा हुनुहुन्छ भने नियमित र अनुशासित कोर्सको अध्ययन पनि गर्न सकिन्छ ।
२. कार्यक्षेत्रको वास्तविकता
तपाइले के पनि बुझ्नुहुन्छ भने जापानमा काम गर्नु आफूले सोचेजति सजिलो छैन । यहाँको बसाई तपाइले कल्पना गरेभन्दा बढी महंगो हुन्छ । जापानमा आफ्नो सपना साकार पार्ने कुरा अनुमान गरेजस्तो नहुन पनि सक्छ । तर क्षमता भएका हरुका लागि अवसरका सम्भावना पनि प्रशस्तै छन् र यसको खोजी गर्ने कन्टयाक्टका नेटवर्कहरु पनि पर्याप्त छन् ।
३. खुशी
जापान त्यस्तो राष्ट्र हो जहाँ काम गर्ने बेलामा आफ्ना भावनाहरुलाई साइडमा राख्नुमा गर्व महसुस गर्छन् त्यहाँका मानिसहरु । दुर्भाग्यवश म पनि तीनै मध्ये एक हुँ । जापान बसाइमा थुप्रै त्यस्ता समयहरु छन् जहाँ मैले मेरो मनको नभई दिमागको कुरा सुनेको छु, र यो कुरा म सहर्ष स्विकार पनि गर्छु । मैले कार्यालयमा हुने शोषण र हयारेसमेण्टजस्ता कुरालाई स्विकार गर्न सकेको छैन । तर मेरा सहकर्मीहरुले भने त्यसलाई जागिरको एक हिस्साका रुपमा मान्ने गरेका छन् । पक्कै पनि काम मात्रै गर्नु भन्दा खुशी रहनु सबैभन्दा ठूलो कुरा हो ।
४.भविष्यका योजना
केही वर्ष जापानमा बिताइसकेपछि अर्को महत्वपूर्ण प्रश्न हो तपाइ भविष्यमा के चाहनुहुन्छ? जापानमा लामो समयसम्म बस्दा खेरि आउने अवसरको प्रयोग र बाधाहरुको सामना गर्न तयार हुनुहुन्छ ? जस्ता कुराका बारेमा सोच्न जरुरी छ । आफू घर फर्किने हो वा जापानमै बस्ने हो भन्ने बारे निर्णय गर्न सकिन्छ । मलाई यो निर्णय गर्न पाँच वर्ष लाग्यो ।
मेरा लागि करियर विकासभन्दा गुणस्तरीय जीवनको महत्व बढी छ भन्ने कुरा निर्णय गरेँ । सयम बित्दै जाँदा मैले मेरो प्रगतिलाई पनि गति दिन सक्छु । आज म अझ ठूलो अपार्टमेण्टमा बस्छु । आजकाल मैले पढाएर र लेखेर धेरै पैसा कमाउने गर्छु ।
मेरा लागि करियर विकासभन्दा गुणस्तरीय जीवनको महत्व बढी छ भन्ने कुरा निर्णय गरेँ । सयम बित्दै जाँदा मैले मेरो प्रगतिलाई पनि गति दिन सक्छु । आज म अझ ठूलो अपार्टमेण्टमा बस्छु । आजकाल मैले पढाएर र लेखेर धेरै पैसा कमाउने गर्छु ।
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment