Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, March 5, 2019

महाशिवरात्री पर्वको समाजलाई के वरदान ?



महाशिवरात्री पर्वको समाजलाई के वरदान ?

नेपालका कुनै पनि संस्कृति र पर्वलाई सबैले सम्मान गर्नु पर्दछ त्यसमा कुनै प्रश्न छैन तर कतिपय संस्कृतिको नाममा लादिएका बिकृति र बिसंगतिलाई अब परिमार्जन गर्ने कि नगर्ने भन्ने सवालमा सुधारको खांचो छ र हामी २१ औं शताब्दीको कस्तो नेपाली समाज निर्माण गर्ने जसलाई हेरेर संसारले गर्व गरोस् ता कि नेपाल देशको शीर सदा उच्च रहोस् भन्ने उचाईवाट नेपाली समाजमा गंभीर वहस गर्न जरुरी छ।नेपाल सरकारले सार्वजनिक विदाको रुपमा सम्मान गरेको पर्व शिवरात्रीमा युवा पुस्तालाई गाजाको भाङ धटुरो खान सिकाएर किन कुलतमा धकेल्ने अभ्यास गर्दै छौं र कुलतमा फसेपछि सदा प्रयोग गर्दा किन दुर्व्यसनी वा लागू पदार्थको नाममा कानुुनी कार्बाही गरिन्छ ? साथै गाजा प्रयोग गर्न पशुपतिनाथ मन्दिर क्षेत्रमा शिवरात्री पर्वको नाममा खुल्ला गरिन्छ भने अन्य मुलुकमा झै रोजीरोटीका रुपमा जनतालाई उत्पादन गर्न किन निषेध गरिन्छ? यस्तै खाले अन्तरबिरोधी कदम र अभ्यासले गर्दा नै नेपाली समाज र देशमा समानता र सामाजिक न्याय स्थापित नभएर देशले बिकास गर्न नसकेको पक्का हो।सायद शासन व्यवस्थाको परिवर्तन हुदै जादा देश चलाउने शासक र राजनैतिक दल नेताहरूको चेतना र प्रवृत्ति पनि फेरिएको भए नेपालमा यस्तो मध्य युगीन अभ्यास र नीति लागू हुदैनथ्यो होला।अर्कोतिर मानव जातिलाई सभ्य र समृद्ध सहित आत्मसम्मानका साथ जिउन सिकाउने वेलामा मागेर खाने जोगी वनाउने नांगै वस्त्रविहिन बनाएर दुनियाँलाई भाग्य को वरदान दिन लिङ्ग छोएर ढोग्न लगाउने यो तरिका भाग्य बनाउने होइन भत्काउने नै हो यो तर्कको अन्तिम सत्यतामा टेकेर मानव जाति नबिउझेसम्म न त मानिसको भाग्य बन्छ न समाज देश नै बन्छ? केही पनि हुदैन बरु समाजमा निराशा र अराजकताको वरदान मात्रै प्राप्त हुनेछ ।हिजो समाजलाई गतिशीलता दिन विभिन्न खालका शास्त्रहरु बने तर समयको गतिसंगै सुधार्न जरुरी छ किनभने जीवनका लागि शास्त्र हो शास्त्रका लागि जीवन कदापि होइन ।त्यसैले समाज, देश र पुस्ता नयाँ , समृद्ध र सभ्य वनाउने तरिका, चेतना र योजना यो पटक्कै आधुनिक हुन सक्दैन ।नेपाल सरकारलाई अलिकति पनि हेक्का के हुन आबश्यक छ भने ऐतिहासिक सांस्कृतिक सभ्यता वोकेको माघे सकराती चाड, माघी पर्व, लोसार पर्वहरु र उधौली र उभौली निकै सभ्य चाड पर्व हुन भनेर जोगाउनुको सत्ता सार्वजनिक विदा नदिएर मेटाउने तर समाज विगरे पनि पुरानो सत्ताले मान्ने पर्वलाई करोडौं खर्च गरेर मनाउने यो तरिका पनि मिलेन।यसले के देखाउछ नेपालमा गणतन्त्र स्थापना भए पनि शासन व्यवस्था राणातन्त्र एकात्मक नीति र चिन्तनको आधारमा चल्दैछ भन्ने बलियो पुष्टि गर्दछ।मान्नुस या नमान्नुस एकपटक जमेर अर्को लडाइँ नलडदासम्म नेपाल पुर्ण रुपमा नयाँ नबन्ने पक्का हो।

No comments:

Post a Comment

नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...