協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Thursday, February 28, 2019
खाता के हो
खादा : भनेको के हो भन्ने बारे!!!
खाः हिउँ , ताक : चिन्ह अर्थात लगाउने
खातकलाई अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होसभानि हिउँजस्तो स्वच्छ रंगको चिन्ह सम्मानस्वरुप लगाइद्नु हो ।
यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनुभन्दा पहिलेदेखि चलिआएको थियो । त्यो बेला सेतो रंगमात्र चलाउने गर्थ्यो । अहिले सजिलैसंग बिभिन्न रंगको कपडा पाउनेभएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याएको छ ।
यो बिशेषतः ३ कार्यमा प्रयोग गरिन्छ ।
मानव जिवनमा बिशेषतः ३ महत्वपुर्ण कार्यहरु हुन्छन् ।
जन्म, विवाह (शुभकार्य) र मृत्यु
विशेषत: यी तीन कार्यमा प्रयोग गरिन्छ । बोद्धमार्गीहरुले हरेक शुभ कार्यमा यो प्रयोग गर्ने प्रचलन सदियौंदेखि रहेको छ । यदि खादा नभएमा बौद्धमार्गीहरुको कुनैपनि कार्य गर्न सकिन्दैन ।
यसमा टाशी ताकगे अर्थात अष्टमंगलको चिन्ह हुन्छ र चारओटा शुभआर्शिबादको हरफहरु लेखेको हुन्छ ।
१. ङिन्मो देलेग छेन्देलेग : दिनमापनि शुभमंगल होस र रातमापनि शुभमंगल होस् ।
२. ङिन्मोइ गुङ्याङ् देलेगसिं : दिनमापनि त्यसैगरि शुभमंगल भैरहोस ।
३. ङिन्छेन् तकतु देलेक्पा : दिनरात सदा शुभमंगल होस्
४. कोन्छ्योग् सुमगी टाशीस्योग : त्रिरत्न (बुद्ध रत्न, धर्मरत्न, संघ रत्न) को शुभमंगल होस् ।
अष्टमंगल : यो बौद्धमार्गी र हिन्दुधर्मलम्बीहरुले अष्टमंगल हरेक शुभ कार्यमा प्रयोग गर्ने गरिन्छ । यी आठ चिन्हरुले निम्न लिखित प्रतिकको संकेत गर्द्छ ।
१. छाता : शिर २. बिजयध्वजा : शरिर, ३. माछा : आँखा, ४. कलश : घाँटी, ५. कमलको फुल : जिब्रो, ६. श्रीवत्स : छाती, ७. शंख : ध्वनी, स्वर, ८. चक्र : पैदला, यसले बुद्ध भगवानको पुरा शरिरलाई जनाउँदछ ।
खादा पाँच रंगको हुन्छ :
यो रंगको अर्थ लामा अर्थात टिबेटन भाषा र नेपाली तथा हिन्दुधर्मीलम्बि भाषामा फरकफरक रहेको छ ।
सेतो : बैरोचना बुद्ध, पहेलो : रत्न सम्भव, रातो : अमिताब बुद्ध, निलो : अक्ष्योभ्य बुद्ध, हरियो : अमोधसिद्दि बुद्ध ।
नेपाली भाषामा सेतो : पवित्र, पहेलो : शान्ती, रातो : शक्ति, निलो : प्रगति, हरियो : शौभाग्य
पाँच रंगले पञ्चतत्वलाई पनि जनाउदछ ।
रातो : अग्नि तत्व, पहेलो: पृथ्बी तत्व, निलो : आकाश तत्व, हरियो : जल तत्व, सेतो : वायु तत्व ।
टीका शेर्पा, मिलन तामाङ ।
बुद्ध बचन अनुबाद समिति नेपाल
खादा प्रयोग गर्नेले २ मिनेट समय दिएर पढ्नुस पहिला यसको महत्व बुझ्नुस र सेयर गरेर यसको वास्तविक महत्व थाहा नभएकासम्म पुरयाउनुस -
खादा जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजापाठ, भेटघाट तथा स्वागत, विदाई कार्यक्रममा प्रयोग गरिने वस्त्र हो । खादालाइ शुभ संकेतकाे रूपमा लिइन्छ । यति मात्रै नभएर आजकल हरेक धर्मलम्बीहरु बौद्ध, हिन्दु, क्रिस्चीयन, मुसलमान लगायतले खादाको प्रयोग गरेको पाईन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । पुष्प मालाहरु बाह्रैकाल, बाह्रै महिना सबैस्थानमा नपाइने भएकोले यसको प्रयोग भएको हो ।
खादाको प्रयोग कहाँ र कसरी शुरुवात भयो ?
खादा जसरी हाम्रो देशमा तराइ पहाड़ हिमाल भएको कारण हिमाली भेगमा पुष्प नभएको र एकदिन साथीको मृत्यु पश्चात त्यस दु:खद आत्मालाइ शान्ती मिल्नको लागी खाता चडाइएको हाे । ७ औं शताब्दीदेखी क्रमशः विकास र विस्तार हुँदै आजको अवस्थामा विभिन्न पञ्चरङ्गी बस्त्र खादाहरुको नामले हाम्रो बजारसम्म आईपुगेका छन् ।
खादाको धार्मिक अर्थ - खादा वास्तबमा पुष्पको प्रतिक हो । सामान्यतय सबै प्रकारका खादाहरुमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपीमा केही मन्त्रहरु लेखिएका देख्न सकिन्छ । सम्भोटा लिपीमा “टाशी देलेक फुन्सुम छ्योक” लेखिएको हुन्छ, जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस” भन्ने हो । त्यससँगै खादामा अरु विभिन्न सम्भोटा अक्षरका वाक्यांशहरु पनि उल्लेख गरिएका छन् । सम्भोटा लिपीमा “ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ” जसको अर्थ “दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस्” भन्ने हो । त्यस्तै “ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग” जसको अर्थ “दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस” भन्ने हो ।
खादामा अष्ट मंगलमको चित्र पनि राखेका छन् । जसको अर्थ निम्नप्रकारका हुन्छन् ।
१. धुक यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ ।
२. माछा अर्थात सुनको माछा यसको अर्थ शुभ सायिदको प्रतीक हो ।
३. भुम्बा अर्थात कलश यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हो ।
४. कमल यसको अर्थ हृदय आनन्दित पार्ने ।
५. शङ्ख यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको आवाज हो ।
६. स्वस्तिक चिन्ह अर्थात इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।
७. ध्वजा यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने हो ।
८. धर्मचक्र यसको अर्थ धर्म फैलाउने । भन्ने हो ।
त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्ध धर्म अनुसार यस प्रकार रहेकाे छ ।
१. निलो काे अर्थ आकाश
२. पहेँलो काे अर्थ जमीन/माटो
३. रातो काे अर्थ अग्नी
४. सेतो काे अर्थ बादल
५. हरियो काे अर्थ जङ्गल हाे भन्ने बुभिन्छ ।
माथि उल्लेखित रंगहरुकै प्रतिकको रुपमा बौद्ध धर्मको झण्डा बनेको हुन्छ । जसको संकेतिक अर्थ पृथ्वी र आकाश आगो, बादल, पानी, जमिन माटो, आकाश, जंगल हुन्छ त्यसको सधै हामीले संरक्षण, सम्बर्धन, प्रबर्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतिक र संकेतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो । सबै जाति र जगतको भलो होस्, सुख र समृद्धि होस् भनेर खादाको आविस्कार मानिन्छ । तर आज केही तत्वहरुवाट यस्को अर्थ नबुझी रोक लगाउने प्रयोग नगर्ने कार्यहरु भइरहेका छन् । वास्तविक अरुको दाँजोमा खादा सस्तो र कुशल कर्मको लाभ दायिक भएकोले धेरै भन्दा धेरै प्रयोग गर्नु जरूरी देखिन्छ । साथै यस कार्यमा सबै साथ दिएर अगाडि बढ्नुपर्ने हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...
No comments:
Post a Comment