समाजको योगदान र बालबालिकाको खुशी
(मेरो सामाजिक सेवा, जापानी समाजमा नेपाली योगदान र सद्भावना दूतको जिम्मेवारीसहित)
समाज हामी सबैले मिलेर बनाएको साझा घर हो। हामी सबैको जिम्मेवारी हुन्छ यो घरलाई राम्रो बनाउन र सबैलाई खुशी बनाउन। जब समाजले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र माया जस्ता कुरामा ध्यान दिन्छ, तब बालबालिकाको भविष्य उज्यालो हुन्छ। बालबालिका नै हाम्रो देशको सुनौलो भविष्य हुन्।
मैले पनि आफ्नो ठाउँबाट समाजका लागि केही सामाजिक कार्यहरू गर्ने प्रयास गरेको छु। मैले गरीब बालबालिकालाई पढ्न सहयोग गरेको छु, कपडा र किताब वितरण गरेको छु। सरसफाइ अभियानमा सक्रिय भएर वृक्षारोपण पनि गरेको छु। यी साना–साना कामहरूले समाजमा सकारात्मक सन्देश फैलाउँछन्।
अहिले म सद्भावना दूत को जिम्मेवारी पाएको छु। यो जिम्मेवारीले मलाई अझै ठूलो उत्साह र जिम्मेवारी दिएको छ। सद्भावना दूत भएर म समाजमा शान्ति, सद्भाव र सहयोग फैलाउने काममा लागि परेको छु। मानिसहरूबीच राम्रो सम्बन्ध कायम राख्न, झगडा र गलतफहमी कम गर्न र सामाजिक सहकार्य बढाउन म निरन्तर प्रयासरत छु।
म जापानमा बसेर पनि नेपाली संस्कृति, सभ्यता, पर्यटन र शिक्षाको प्रचारप्रसारमा सक्रिय छु। नेपाली चाडपर्वहरू जापानी साथीहरूसँग मनाउँदै छु, नेपाली भाषा र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै छु। यसले हाम्रो संस्कृतिलाई जीवित राख्न मद्दत गर्छ। साथै, जापानीहरूलाई नेपालको सुन्दर स्थलहरूको बारेमा जानकारी दिन्छु र नेपाली विद्यार्थीहरूको शैक्षिक मार्गदर्शनमा पनि सक्रिय छु।
जसरी भनिएको छ:
“समाजको योगदानले, म आशा गर्दछु, हाम्रो देशमा मात्र होइन, विश्वभरिका मानिसहरूलाई पनि उहाँको उदाहरण पछ्याउन प्रेरणा मिलोस् र यसले हाम्रा बालबालिकामा केही मात्रामा खुशी ल्याओस्।”
मेरो विश्वास छ, सबैले सकेको योगदान गर्दा मात्र समाज सशक्त र समृद्ध हुन्छ। सेवा, सद्भावना र माया फैलाउन सक्दा मात्र हामीले बालबालिकालाई उज्यालो भविष्य दिन सक्छौं।
Chochangi Tool


No comments:
Post a Comment