बेग गाउँको गर्व, देशको पहिचान — कामना र अभिसराको प्रतिभा
म्यागदी बेगकी यी दुई चेलीहरु, जो केवल मेरो बहिनीहरु मात्र होइनन्, मेरो प्रेरणाका स्रोत पनि हुन्। उनीहरूले आफ्नो प्रतिभा, लगाव र मेहनतमार्फत हाम्रो गाउँ, समाज र देशको नाम उज्यालो बनाइरहेकी छन्। उनीहरूको कथा सुनिँदा हरेक नेपाली युवाको मनमा गर्व र प्रेरणा जाग्छ।
कामना फगामी सानैदेखिनै कला, साहित्य, लोकसंस्कृति र नृत्यप्रति रुचि राख्ने छोरी हुन्। उनी मगर पहिचान नेपाली संस्किृतीको गर्व गर्छिन्। कामना सधैं आफ्नो संस्कृतिप्रतिको माया र आदर देखाउँछिन्। उनका लागि कला केवल मनोरञ्जनको साधन होइन, समाजको पहिचान र परम्परालाई बचाउने माध्यम हो।
कामना उच्च शिक्षाको हासिल गर्न जापान पुगेकी छिन् ।फुर्सदको समयमा उनले नृत्यकलाका अन्तराष्ट्रिय सास्किृतीक कार्यक्रमहरूमा भाग लिईसकेकी छिन् र जापानमा समेत चर्चित नृत्य कलाकारको रूपमा परिचित छिन्। पछिल्लो समय उनी मोडलको रूपमा पनि सक्रिय भइन्। उनको मेहनत र लगावले केवल व्यक्तिगत सफलता ल्याएको छैन, बरु हाम्रो गाउँ, म्यागदी जिल्लाको पहिचान र गौरव विश्वसामु पुर्याएको छ। कामना भन्छिन्, “कला र संस्कृतिको माध्यमबाट आफ्नो पहिचान जोगाउने अवसर पाउनु सबैको भाग्य हो। मैले जे गर्न सक्छु, त्यसले मेरो समाज र गाउँलाई पनि उचालो दिन्छ।”
अभिसरा पुर्जा पढाइमा सानैदेखि अब्बल छिन्। उनी मात्र अध्ययनमा अव्वल नभइ, खेलकुद र सामाजिक क्षेत्रमा पनि सक्रिय छिन्। अभिसरा मोना जापानको सांस्कृतिक संयोजकको रूपमा कार्यरत छिन्। जापानमा नेपाली सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै, उनले आफ्नो गाउँ, समाज र देशको प्रतिभा र सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गरिरहेकी छिन्। विशेष गरी म्यागदीको टिपीकल लोक संस्किृती थाली नाचलाई जापान भरी फैलाई रहेकी छिन ।उनी समाजको सेवा गर्न, युवाहरूलाई प्रेरित गर्न र नेपाली संस्कृति फैलाउन सदैव अग्रसर रहन्छिन्।
कामना र अभिसराले देखाएका उदाहरणहरूले हामी सबैलाई प्रेरणा दिएका छन्। उनीहरूले प्रमाणित गरेकी छन् कि प्रतिभा र पहिचान केवल व्यक्तिगत उपलब्धि होइन, समाज र देशको गौरव पनि बन्न सक्छ। यी दुई बहिनीहरू सधैं मेहनत र लगावका साथ अघि बढिरहेकी छन्।
उनीहरूको सफलता केवल परिवारको गौरव मात्र होइन, सम्पूर्ण गाउँ,म्यागदी जिल्ला र देशकै सम्मानित प्रतिभाहरु हुन । उनीहरूले हाम्रो माटोमा सुगन्ध फैलाइरहेकी छन्, जसले हरेक युवा पुस्तालाई आफ्नो प्रतिभा निखार्न र पहिचान बनाउने प्रेरणा दिन्छ।
कामना र अभिसराले हाम्रो समाजका लागि उदाहरण पेश गरिरहेकी छन् कि कसरी आफ्नै कला, पढाइ, खेलकुद र सामाजिक सेवामा लागेर व्यक्तित्व निर्माण गर्न सकिन्छ। उनीहरूले देखाएका योगदानले न केवल गाउँ, समाज र देशको गौरव बढाएको छ, तर भविष्यका पुस्ताहरूका लागि मार्गदर्शन पनि बनेको छ।
आज जब म आफ्नो दायाँ र बायाँका बहिनीहरूलाई हेर्छु, मलाई गर्व लाग्छ कि यी छोरीहरूले आफ्नो प्रतिभा र पहिचानको माध्यमबाट हाम्रो माटो, हाम्रो समाज र हाम्रो देशलाई विश्वसामु चिनाएका छन्। उनीहरूको मेहनत, लगाव र सफलता हामी सबैका लागि प्रेरणा हो।
कामना र अभिसरा — यी दुई बहिनीहरूको परिचय र कथा केवल हाम्रो गाउको मात्र होइन, सम्पूर्ण म्यागदी जिल्लाको गौरवको कथा हो। उनीहरूले सिकाएका छन् कि सच्चा संघर्ष, लगाव र मेहनतले मात्र प्रतिभा र पहिचान जन्माउँछ, र माटोको सुगन्ध सदैव जीवित रहन्छ।
चोचाङ्गी तुल बहादुर
जापान


No comments:
Post a Comment