Email subscription

Enter your email address:

Delivered by FeedBurner

Saturday, May 31, 2025

「多文化が咲き誇る、仙台の初夏―ネパールフェスティバル2025」


ネパールの魅力が仙台の中心に集結え〜

「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ  









パレードで幕開け、ステージと食で体感するネパール

◾️ ネパール料理(モモ、ダルバートなど)や伝統工芸の出店
◾️ ネパール観光情報ブースや写真◾️ 子ども向け体験型ワークショップ◾️ 日本語解説付きでネパール文化を紹介する展示
来場者は五感を通してネパール文化を体感できる構成となっており、日本人のみならずさまざまな国の来場者の来場が見込まれている。
国境を越えて“共生”の一歩へ NRNA仙台は今回のイベントを単なるお祭りではなく、「文化を通じた市民の連帯」と位置づけている。地域の多文化共生推進の一環として、日本人市民・企業・学生・行政関係者などにも参加と協力を呼びかけており、仙台における新しい国際交流のモデルとなることが期待されている。
「ネパールフェスティバル仙台2025は、私たちすべての人々がつながり、理解し合う“場”です。文化・世代・国籍を越えて、誰もが主役になれる時間を一緒に過ごしましょう。」(チョチャンギ)
日本とネパール、心でつながる文化交流へ日本とネパールの関係は、1956年の国交樹立以来、教育・技術・観光・人材など多方面において友好を深めてきた。今回のフェスティバルは、その関係を地域市民のレベルでも一層発展させる好機であり、特に若者世代への多文化理解のきっかけとして注目されている。来場者がネパール文化の奥深さに触れ、将来的なネパール旅行や国際協力への関心を高める機会ともなるだろう。
イベント概要 第1回 ネパールフェスティバル仙台2025◾️ 日程:2025年6月7日(土)・8日(日)◾️ 時間:両日 10:00~19:00◾️ 会場:元鍛冶丁公園(仙台市青葉区国分町2丁目9−24)◾️ 入場料:無料🇳🇵 主催:NRNA仙台地域委員会🇳🇵  協力:ネパール大使館

Saturday, May 17, 2025

सेन्दाईमा पहिलो नेपाल फेस्टिवल हुदै जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी

 




  सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी


  सेन्दाई, जापान — जापानको उत्तरपूर्वी क्षेत्र मियागी प्रान्तको राजधानी सेन्दाई शहर आगामी २०२५ जुन ७ र ८ तारिखका दिन नेपाली संस्कृति, कला र पहिचानको रंगमा रंगिने भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समिति, सेन्दाईको अगुवाइमा पहिलो पटक यहाँ “नेपाल फेस्टिवल सेन्दाई २०२५” आयोजना हुन लागेको छ।


  यो फेस्टिवल नेपाल र नेपालीका लागि मात्र नभई जापान र अन्य मुलुकमा बसोबास गरिरहेका सम्पूर्ण प्रवासी नेपालीको लागि गौरवको क्षण हो। विशेषगरी सेन्दाई तथा तोहोकु क्षेत्रका करिब ४५०० नेपाली नागरिकहरूका लागि यो उत्सव संस्कृतिको पुनर्जागरण र समुदायको एकताको प्रतिविम्ब बन्ने अपेक्षा गरिएको छ।



एक सानो शहरमा उठ्दैछ नेपाली आवाज


 सेन्दाई, जापानको ऐतिहासिक र शान्त शहर — जहाँ कहिल्यै ठूलो नेपाली सांस्कृतिक कार्यक्रम आयोजना भएको थिएन, अहिले भने नेपाली समुदायको एउटा साझा सपना साकार हुँदैछ। यहाँको नेपाली जनसंख्या विगत केही वर्षयता तीव्ररूपमा बढ्दै गएको छ। अध्ययन, रोजगारी, व्यवसाय तथा पारिवारिक कारणले यहाँ रहने नेपालीहरूले नेपालीपन बचाइराख्न र प्रवर्द्धन गर्न लामो समयदेखि प्रयास गरिरहेका थिए।


 नेपाल फेस्टिवल सेन्दाई २०२५ ले त्यो प्रयासलाई संस्थागत रूप दिँदै सेन्दाईको भूमिमा पहिलोपटक नेपाली संस्कृति, भाषा, संगीत, भोजन र पर्यटनलाई जापानी समुदायसामु प्रस्तुत गर्ने मौका बनाएको छ।



आयोजकको पहल र उद्देश्य


फेस्टिवलको संयोजक सन्दिप जीसी भन्छन्:

 “हामीले यो प्रथम फेस्टिवल आयोजना गर्नुको मूल उद्देश्य भनेकै प्रवासी नेपाली समुदायमा एकता, सहयोग र समर्पणको भावना विस्तार गर्नु हो। नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्नु, त्यसलाई नयाँ पुस्तासँग जोड्नु, र अन्तर्राष्ट्रिय समुदायमा नेपालको सकारात्मक पहिचान बनाउनु नै यसको लक्ष्य हो।”


उहाँका अनुसार, फेस्टिवल नेपाल सरकार, जापानस्थित नेपाली दूतावास, स्थानीय जापानी प्रशासन, नेपाली सामाजिक संघसंस्था तथा समुदायको सहकार्यमा आयोजना गरिनेछ।



 कार्यक्रमका मुख्य विशेषताहरू


 फेस्टिवलमा नेपाली परम्परागत सांस्कृतिक प्रस्तुतिहरू, लोक–दोहोरी, पप संगीत, नृत्य, हास्यव्यङ्ग्य, र धार्मिक–सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछ। साथै, नेपाल र जापानका ख्यातिप्राप्त कलाकारहरू कार्यक्रममा सहभागिता जनाउनेछन्।


 यसैगरी, नेपाली परिकारहरूका स्टल, हस्तकला तथा चित्रकला प्रदर्शनी, पर्यटन प्रवर्द्धन केन्द्र, र बालबालिका तथा युवा लक्षित अन्तरक्रियात्मक कार्यक्रमहरू पनि आयोजना गरिने आयोजकले जनाएको छ।


 अर्कोतर्फ, जापानी समुदायलाई नेपाली संस्कृति, खाना र जीवनशैलीसँग जोड्ने उद्देश्यले जापानी भाषामा व्याख्यात्मक सामग्रीहरू तयार पार्ने तयारी भइरहेको छ।



समुदायमा उत्साह, सहभागितामा अपिल


 कार्यक्रमलाई भव्य बनाउने क्रममा, आयोजक समिति देश–विदेशका नेपाली संघसंस्था, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार, विद्यार्थी तथा आम नागरिकहरूलाई आ–आफ्नो स्थानबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्न आह्वान गरिरहेको छ।


संयोजक जीसीको शब्दमा,

“यो केवल दुई दिनको कार्यक्रम होइन। यो हाम्रो पहिचान, एकता र उत्तरदायित्वको महत्त्वपूर्ण अवसर हो। हामी सबैको मिलन र सहकार्य बिना यो सम्भव छैन। नेपाली समुदायका लागि पहिलोपटक सेन्दाईमा यस्तो कार्यक्रम आयोजना हुँदैछ, आउनुहोस् – सबै मिलेर यो इतिहास रचौं।”



नेपाल–जापान सम्बन्धमा नयाँ आयाम


 नेपाल र जापानबीचको सम्बन्ध सांस्कृतिक, धार्मिक र विकास सहयोगका दृष्टिकोणले विगतदेखि नै सुमधुर रहँदै आएको छ। नेपाल फेस्टिवल सेन्दाई २०२५ मार्फत यो सम्बन्ध अझ नजिक र जनस्तरीय हुने आयोजकहरूको विश्वास छ।


 जापानी नागरिकहरूलाई नेपाली संस्कृति, पर्व, खानपान र जीवनशैलीप्रति आकर्षित गराउने, र त्यसैको माध्यमबाट नेपाल भ्रमण र लगानीको सम्भावना बढाउने अवसर पनि यो फेस्टिवलले ल्याउने अपेक्षा गरिएको छ।



 ‘साझा सपना साकार पार्ने बेला’


 फेस्टिवलको विस्तृत कार्यक्रम तालिका, स्सहभागी कलाकारहरूको नाम, स्टलको विवरण र प्रवेश प्रक्रिया चाँडै सार्वजनिक गरिनेछ।


‘नेपाल फेस्टिवल सेन्दाई २०२५’ केवल एक उत्सव मात्र होइन, प्रवासी नेपालीहरूको गौरव,आत्माभिमान, पहिचान र सांस्कृतिक समर्पणको प्रतिविम्ब हो। यस ऐतिहासिक यात्रामा सबैको सत्कर्म मिलोस् भन्ने कामना गर्दै आयोजक समितिले सम्पूर्ण नेपाली समुदायलाई सहकार्य र सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।

       

Saturday, May 3, 2025

पारिवारिक एकता, सामाजिक चेतना र सांस्कृतिक पहिचानको उत्सव: हाम्रो “खेल्ने आँगन”परिवारको भूमे पूजा


 

पारिवारिक, सामाजिक र सांस्कृतिक एकताको उज्यालो दीप: हाम्रो खेल्ने आँगन परिवारको भूमे पूजा


 परिवार, समाज र संस्कृति यी तीनवटै एकअर्कासँग गहिरो रूपमा गाँसिएका छन्। परिवार भनेको संस्कृतिको पहिलो पाठशाला हो, समाज भनेको थुप्रै परिवारहरूको साझा रूप हो; र संस्कृति भनेको ती परिवार र समाजमा बाँच्ने मूल्य, परम्परा र पहिचानको समष्टि। यही सम्बन्धलाई सजीव बनाउँदै “हाम्रो खेल्ने आँगन परिवार” ले आयोजना गरेको मौलिक संस्कृति भूमे पूजा कार्यक्रम एउटा प्रेरणादायी पहल बन्यो।


  यो कार्यक्रम केवल धार्मिक पूजा मात्र होइन; यो पुर्खाहरूको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता, संस्कारको पुनर्जीवन, पारिवारिक एकता र सामाजिक सद्भावको उत्सव थियो। जब एउटै थान वरिपरि बाजे बजै, बाबा आमा, दाजुभाइ–दिदीबहिनी, छोराछोरी र नातिनातिनीहरू भेला भए, त्यो दृश्य पारिवारिक प्रेम र आदरको जीवित प्रतीक बन्यो।


 पारिवारिक दृष्टिले, यस्तो कार्यक्रमले सबै पुस्तालाई एकै ठाउँमा ल्यायो। जेष्ठ पिँढीले अनुभव सुनाए, युवाले सहजीकरण गरे, बालबालिकाले आफ्ना संस्कार प्रत्यक्ष देख्न पाए। यही संवाद, यही सहकार्यले परिवारभित्र सम्मान, प्रेम र उत्तरदायित्वको भावना बलियो बनायो।



 सामाजिक दृष्टिले, यो कार्यक्रमले समाजभित्र एकता, भाइचारा र सहकार्यको सन्देश दियो। गाउँका अन्य परिवारहरू पनि सहभागिता जनाउँदै सामूहिक संस्कृतिको महत्त्व बुझ्न र सम्मान गर्न अभिप्रेरित भए। एउटै थान वरिपरि जम्मा भएर एउटै उद्देश्यका लागि प्रार्थना गर्नु समाजलाई एकसूत्रमा बाँध्ने अभ्यास हो।


 सांस्कृतिक दृष्टिले, भूमे पूजा मगर समुदायको आफ्नो थाकथलो पृथ्वी माता र पुर्खाप्रतिको श्रद्धा व्यक्त गर्ने मौलिक धर्म र परम्परा हो। धजानेजा धुन्डाउने,चामल अछेता छर्ने, बलि दिने, पुर्खाको नाम लिने, भाकल गर्ने,चिङा हेर्ने जस्ता परम्परागत कामहरु ले हाम्रो माटोको पहिचान, जरा थाकथलो,मूल्य मान्यता र संस्कार संस्कृति लाई पुनः जागृत गर्ने काम गर्दछ। यस्ता पूजाले लोकसंस्कृति, लोककला, भाषा र परम्परागत ज्ञानको हस्तान्तरण मा ठूलो भूमिका खेल्ने छ ।


 आजका बालबालिका र युवा पुस्ता आधुनिक प्रविधिको दुनियाँमा हराउँदै गर्दा आफ्नो संस्कृति र पहिचान बिर्सिँदै गएको अवस्थामा यस्ता कार्यक्रमहरू संस्कार हस्तान्तरणको जीवित कक्षा बन्न पुगेका छन्। भुमेको थान वरिपरि सँगै बसेर गीत गाउनु, नाच्नु, प्रसाद ग्रहण गर्नु सांस्कृतिक एकताको उत्सव हो।



यस कार्यक्रमले देखायो

परिवार बलियो भयो भने समाज बलियो हुन्छ।

संस्कार जोगियो भने संस्कृति जोगिन्छ।

संस्कृति बाँचे भने पहिचान बाँच्छ।


 आज हामीले आफ्ना सन्तानलाई आफ्नो थाकथलो जरा, आफ्नो इतिहास, आफ्नो संस्कार चिनाउने जिम्मेवारी लिएका छौं। “हाम्रो खेल्ने आँगन परिवार” को भूमे पूजा कार्यक्रम यस जिम्मेवारीको उत्कृष्ट अभ्यास हो।


यस कार्यक्रमले सन्देश —

“पहिचान जोगाउनु भनेको संस्कार जोगाउनु हो; संस्कार जोगाउनु भनेको परिवार, समाज र संस्कृति जोगाउनु हो।”


 त्यसैले, हामी सबैले आफ्नो घर, आफ्नो परिवार, आफ्नो समुदायबाट सुरु गरौँ—मौलिक संस्कारको दीप बालौँ, एकताको सूत्रमा बाँधिऊँ, र आफ्नो सांस्कृतिक जरा सँगालौँ। यही बाटो भविष्यतर्फको दिगो र सशक्त यात्रा बन्नेछ ॥


तुल बहादुर चोचाङ्गी 

जापान 




「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...