Email subscription

Enter your email address:

Delivered by FeedBurner

Saturday, May 3, 2025

पारिवारिक एकता, सामाजिक चेतना र सांस्कृतिक पहिचानको उत्सव: हाम्रो “खेल्ने आँगन”परिवारको भूमे पूजा


 

पारिवारिक, सामाजिक र सांस्कृतिक एकताको उज्यालो दीप: हाम्रो खेल्ने आँगन परिवारको भूमे पूजा


 परिवार, समाज र संस्कृति यी तीनवटै एकअर्कासँग गहिरो रूपमा गाँसिएका छन्। परिवार भनेको संस्कृतिको पहिलो पाठशाला हो, समाज भनेको थुप्रै परिवारहरूको साझा रूप हो; र संस्कृति भनेको ती परिवार र समाजमा बाँच्ने मूल्य, परम्परा र पहिचानको समष्टि। यही सम्बन्धलाई सजीव बनाउँदै “हाम्रो खेल्ने आँगन परिवार” ले आयोजना गरेको मौलिक संस्कृति भूमे पूजा कार्यक्रम एउटा प्रेरणादायी पहल बन्यो।


  यो कार्यक्रम केवल धार्मिक पूजा मात्र होइन; यो पुर्खाहरूको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता, संस्कारको पुनर्जीवन, पारिवारिक एकता र सामाजिक सद्भावको उत्सव थियो। जब एउटै थान वरिपरि बाजे बजै, बाबा आमा, दाजुभाइ–दिदीबहिनी, छोराछोरी र नातिनातिनीहरू भेला भए, त्यो दृश्य पारिवारिक प्रेम र आदरको जीवित प्रतीक बन्यो।


 पारिवारिक दृष्टिले, यस्तो कार्यक्रमले सबै पुस्तालाई एकै ठाउँमा ल्यायो। जेष्ठ पिँढीले अनुभव सुनाए, युवाले सहजीकरण गरे, बालबालिकाले आफ्ना संस्कार प्रत्यक्ष देख्न पाए। यही संवाद, यही सहकार्यले परिवारभित्र सम्मान, प्रेम र उत्तरदायित्वको भावना बलियो बनायो।



 सामाजिक दृष्टिले, यो कार्यक्रमले समाजभित्र एकता, भाइचारा र सहकार्यको सन्देश दियो। गाउँका अन्य परिवारहरू पनि सहभागिता जनाउँदै सामूहिक संस्कृतिको महत्त्व बुझ्न र सम्मान गर्न अभिप्रेरित भए। एउटै थान वरिपरि जम्मा भएर एउटै उद्देश्यका लागि प्रार्थना गर्नु समाजलाई एकसूत्रमा बाँध्ने अभ्यास हो।


 सांस्कृतिक दृष्टिले, भूमे पूजा मगर समुदायको आफ्नो थाकथलो पृथ्वी माता र पुर्खाप्रतिको श्रद्धा व्यक्त गर्ने मौलिक धर्म र परम्परा हो। धजानेजा धुन्डाउने,चामल अछेता छर्ने, बलि दिने, पुर्खाको नाम लिने, भाकल गर्ने,चिङा हेर्ने जस्ता परम्परागत कामहरु ले हाम्रो माटोको पहिचान, जरा थाकथलो,मूल्य मान्यता र संस्कार संस्कृति लाई पुनः जागृत गर्ने काम गर्दछ। यस्ता पूजाले लोकसंस्कृति, लोककला, भाषा र परम्परागत ज्ञानको हस्तान्तरण मा ठूलो भूमिका खेल्ने छ ।


 आजका बालबालिका र युवा पुस्ता आधुनिक प्रविधिको दुनियाँमा हराउँदै गर्दा आफ्नो संस्कृति र पहिचान बिर्सिँदै गएको अवस्थामा यस्ता कार्यक्रमहरू संस्कार हस्तान्तरणको जीवित कक्षा बन्न पुगेका छन्। भुमेको थान वरिपरि सँगै बसेर गीत गाउनु, नाच्नु, प्रसाद ग्रहण गर्नु सांस्कृतिक एकताको उत्सव हो।



यस कार्यक्रमले देखायो

परिवार बलियो भयो भने समाज बलियो हुन्छ।

संस्कार जोगियो भने संस्कृति जोगिन्छ।

संस्कृति बाँचे भने पहिचान बाँच्छ।


 आज हामीले आफ्ना सन्तानलाई आफ्नो थाकथलो जरा, आफ्नो इतिहास, आफ्नो संस्कार चिनाउने जिम्मेवारी लिएका छौं। “हाम्रो खेल्ने आँगन परिवार” को भूमे पूजा कार्यक्रम यस जिम्मेवारीको उत्कृष्ट अभ्यास हो।


यस कार्यक्रमले सन्देश —

“पहिचान जोगाउनु भनेको संस्कार जोगाउनु हो; संस्कार जोगाउनु भनेको परिवार, समाज र संस्कृति जोगाउनु हो।”


 त्यसैले, हामी सबैले आफ्नो घर, आफ्नो परिवार, आफ्नो समुदायबाट सुरु गरौँ—मौलिक संस्कारको दीप बालौँ, एकताको सूत्रमा बाँधिऊँ, र आफ्नो सांस्कृतिक जरा सँगालौँ। यही बाटो भविष्यतर्फको दिगो र सशक्त यात्रा बन्नेछ ॥


तुल बहादुर चोचाङ्गी 

जापान 




No comments:

Post a Comment

世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...