Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, January 7, 2025

मोना शिजुओका गोल्ड कपको तयारी पुरा विजेतालाई पाँच लाख १ हजार

 


मोना शिजुओका गोल्ड कप 2025 को तयारी पुरा विजेतालाई पाँच लाख १ हजार एन


शिजुओका, जापान – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति शिजुओकाको आयोजनामा र अन्य क्षेत्रीय समितिहरुको सहयोगमा जनवरी १२ मा मोना शिजुओका गोल्ड कप फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजना गर्न लागिएको यो कार्यक्रमले फुटबलप्रेमी खेलाडीहरूलाई मनोरञ्जन दिलाउनका साथै नेपालीहरूबीच पारस्परिक भाइचाराको विकास गर्न महत्वपूर्ण योगदान दिने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।


कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरी तयारी भइरहेको शिजुओका क्षेत्रीय समितिका संयोजक तुल बहादुर चौचाँगीले जानकारी दिनुभयो। साथै, यस कार्यक्रमलाई भव्य बनाउन शिजुओकामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आर्थिक, भौतिक र नैतिक सहयोगका लागि अपिल गरिएको छ।


फुटसलमार्फत नेपाली खेलकुदलाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको मोना जापानका अध्यक्ष विशाल केसिले बताउनुभयो।


सर्वाधिक पुरस्कार राशी

उक्त प्रतियोगिताको पुरस्कार राशी अहिले सम्मकै सर्वाधिक रहेको बताइएको छ। विजेताले ¥५०१,००० पाउनेछन् भने उपविजेताले ¥२०१,००० प्राप्त गर्नेछन्। साथै, विभिन्न विधाहरूमा पनि आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ।


मोना जापानले नयाँ वर्ष 2025 को शुभकामना आदानप्रदानसँगै नेपाली समुदायलाई एकजुट गर्दै खेलकुदको माध्यमबाट भाइचाराको सन्देश प्रवाह गर्न यो प्रतियोगिता आयोजना गर्न लागेको हो।

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...