Email subscription

Enter your email address:

Delivered by FeedBurner

Saturday, October 19, 2024

जापानमा नेपालीहरुको संख्या २०६,८९८, हालस्मकै उच्च

 



जापानमा नेपालीहरुको औपचारिक संख्या २०६,८९८, हालस्मकै उच्च ।

हरेक प्रिफेक्चरको लेटेष्ट डाटा सहित।


जापान सरकारको अध्यागमन ब्युरोले सन् २०२४ को जून अन्त्यसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार नेपालिहरू जापानमा छैटौँ ठूलो विदेशी समूहको रूपमा रहेका छन्। कुल २०६,८९८ जना नेपालिहरू जापानमा बसोबास गर्छन्। यो संख्या सन् २०१२ देखि उल्लेखनीय रूपमा बढ्दै आएको छ। 

तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालिहरूको जनसङ्ख्या जापानमा निकै बढेको देखिन्छ। सन् २०१२ मा जम्मा २४,०७१ जना नेपालिहरू जापानमा बसोबास गर्थे, तर सन् २०२४को जुन सम्ममा यो संख्या २०६,८९८ पुगेको छ, यो १२ वर्षको अवधिमा लगभग आठ गुणा वृद्धि हो। यो वृद्धि नेपाल बाट भाषा तथा उच्च शिक्षा अध्ययन गर्न जापान आउने नेपालीहरु बढ्नुको कारण एउटा मानिन्छ भने अर्को जापानमा बाल जन्मदर घट्दो र जेष्ठ नागरिकहरु बढ्दो हुनुले श्रम बजारमा विदेशी कामदारहरूको मागसँग पनि जोडिएको छ, विशेषगरी उत्पादन, नर्सिंग केयर, कृषि र सेवा क्षेत्रमा नेपालीहरु कार्यरत छन्।


सन् २०१७ पछि पनि जनसङ्ख्या निरन्तर रूपमा बढ्दै  २०१८ मा ८८,९५१ र २०१९ मा ९६,८२४ पुगेको थियो। यद्यपि, सन् २०२० मा जनसङ्ख्या थोरै घटेर ९५,९८२ पुगेको थियो, जुन COVID-19 महामारी र त्यससँगै आएको आवागमन प्रतिबन्धको कारण सबै विदेशीहरु घटेतापनि नेपालीहरु भने तुलनात्मक हिसाबले कम घटेको देखिन्छ। २०२१ मा यो जनसङ्ख्या फेरि बढेर ९७,१०९ पुगेको थियो।


सबैभन्दा ठूलो वृद्धि सन् २०२१ र २०२२ बीच देखिएको थियो, जहाँ जनसङ्ख्या ९७,१०९ बाट १,३९,३९३ पुगेको थियो। यो वृद्धि जापानले आफ्नो सिमा पुनः खोल्दा र कामदार र विद्यार्थीहरूलाई जापान आउन दिएलगत्तै बढेको अनुमान गर्न सकिन्छ।सन् २०२३ मा, नेपालिहरूको जनसङ्ख्या १,७६,३३६ पुगेको थियो, र २०२४ मा यो संख्या २०६,८९८ पुगेको छ, जसले निरन्तर रूपमा वृद्धि भएको देखाउँछ। यसले जापानको अर्थतन्त्रमा नेपालका कामदारहरूको महत्त्वपूर्ण भूमिका मात्र नभएर नेपालका नागरिकहरूले शिक्षा र रोजगारीको लागि जापानलाई रोज्दै गएका संकेत गर्दछ।


Tokyo 43,148 

Osaka 17,398 

Chiba 16,999 

Aichi 16,750 

Fukuoka 16,191 

Saitama 14,066 

Kanagawa 13,631 

Hyogo 7,963 

Gunma 5,587 

Shizuoka 5,502 

Okinawa 4,873 

Kyoto 4,667 

Ibaraki 3,425 

Tochigi 3,414 

Miyagi 3,099 

Mie 2,723 

Hokkaido 2,453 

Gifu 2,437 

Hiroshima 2,427 

Kumamoto 1,602 

Nagasaki 1,426 

Okayama 1,399 

Nagano 1,393 

Saga 1,207 

Fukushima 1,175 

Oita 1,115 

Nigata 972 

Yamaguchi 961 

Yamanashi 954 

Nara 891 

Kagoshima 732 

Siga 694 

Ishikawa 650 

Kagawa 523 

Ehime 484 

Miyazaki 460 

Wakayama 439 

Toyama 403 

Fukui 403 

Iwate 308 

Shimane 273 

Tokushima 272 

Yamagata 229 

Aomori 224 

Tottori 205 

Kochi 143 

Akita 139 

unknown 469

No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...