मगर संघ शिजुओका जापानको माघे संक्रान्ति 2079 र
पाँचौ अधिवेशन एकैसाथ सम्पन्न अध्यक्षमा बिशाल पुन
नेपाल मगर संघ क्षेत्रिय समिती शिजुओकाको पाँचौ अधिवेशनबाट अध्यक्षमा बिशाल पूर्जा पुन चयन हुनु भएको छ । माघ १ तारिक मगरहरुको राष्ट्रीय पर्व माघे संक्रान्ति कार्यक्रमकै दिनमा सम्पन्न भएको अधिवेशन बाट उपाध्यक्षमा शोभा पुर्जा ,सचिवमा धिरज पुन,सह-सचिबमा राहुल तिलीजा,कोषाध्यक्षमा प्रेम पाइजा, सहकोषाध्यक्ष भिम गर्बुजा रहेका छन | त्यस्तै कार्यसमितिको सक्रिय सदस्यहरुमा सूस्मिता पुर्जा मगर,इन्द्र रेष्मी मगर,लाल बहादुर थापा मगर,रोहन ढाडा मगर रहेको छ,भने संरक्षकहरुमा तुल ब. चोचाड्.गी,आनन्द पुलामी, महेन्द्र श्रिस मगर र दिनेश पुर्जा रहेका छन् |
कार्यक्रमको उद्घाटन मगर संघ शिजुओका को निवर्तमान अध्यक्ष दिनेश पुर्जाको सभापतित्वमा राहुल तिलिजाले संचालन गरेका थिए।
प्रमुख अतिथि मगर संघ शिजुओका को संस्थापक अध्यक्ष तुल बहादुर चोचाङ्गी र नेपाल बाट पालनु भएका अभिभावक यामदेवी गर्बुजा, भरत साउथ, राज कुमार सम्बा रहेका थिए |
स्वागत मन्तव्य उपाध्यक्ष विशाल पुनले गरेका थिए, भने
मानव सभ्यता बोकेको सांस्कृतिक महत्वको चाड माघे संक्रान्ति र मगर हरुको इतिहार , संगठन साथै सामाजिक उत्तर दाईत्वको बारेमा संथापक अध्यक्षले चोचाड्.गीले बिचार राख्दै आफ्नो संस्कृति र पहिचान लाई सधै जोगाई राख्नु पर्नेमा जोड दिएका थिए |
चेलीबेटी हरुलाई विषेस सम्मान गर्ने पर्व पनी हो “माघे संक्रान्ति”, सांस्कृतिक रुपले भरिपूर्ण कार्यक्रम मा नेपाली नृत्य र गित संगित घन्किएको थियो । कलाकारहरु धिरज पुन र राहुल तिलिजाको बेजोड प्रस्तुती रहेको थियो भने, कलाकार बहिनीहरु सुस्मिता पुर्जा मगर र रेणु थापा मगरको कौंरा र नेपाली गितमा उत्कृष्ट नृत्य रहेको थियो ।
निवर्तमान कार्य समितिको कार्यकालको गहिरो समिक्षा र उच्च मुल्याड.कन गर्दै अवरात्र खटिएर काम गर्नुहुने सबैलाई धन्यवाद सहित सम्मान गरिएको थियो । साथै नवनिर्वाचित कार्यसमिती लाई पद तथा गोपनीयता को सपथ ग्रहण संगै सफत कार्यालको शुभकामना दिइएको छ ||
No comments:
Post a Comment