Email subscription

Enter your email address:

Delivered by FeedBurner

Saturday, October 17, 2020

तिहार चाडको शुरुवात『बलिहाड.』मगर राजा

 


Chochangi tool 


तिहारको सन्दर्भ 

तुल ब.चोचाङ्गी जापान

  दशैंपछि तिहारको कुरा गर्दा राजा बलिहाङको कथा बुझ्नुपर्ने हुन्छ । राजालाई मगर भाषामा ‘हाङ’ पनि भनिन्छ, ‘रै’ पनि भनिन्छ । राजा बलिहाङको मृत्युपछिको पुनर्जीवनको मर्मस्पर्शी घटनाको पुण्य स्मृतिमा आजपर्यन्त तिहारमा दीपावली गर्ने, भैलो खेल्ने र भाइटीका लगाउने चलन छ । यसमा एउटा लामै कथा पनि छ । कथाको सार के छ भने ती धर्मात्मा प्रतापी राजाको निम्ति पुनर्जीवनको याचना गरेर जनताले उनलाई पुनर्जीवन दिलाए । तिहारको औंशीको रातमा आफ्नो मृत्यु हुन्छ भन्ने भविष्यवाणी राजा आफैंले गरेका थिए । र, पुनर्जीवनका लागि त्यस रातभर स्नानादि गरी, शुद्ध भई घरको भित्र–बाहिर चारैतिर दीपावली गरी भजनकीर्तन गरेर जनताले राजाको निम्ति यमराजसित आयु बढाइदिन प्रार्थना गरेमा उनी बाच्छन् भनेबमोजिम जनताले त्यसै गरे । भविष्यवाणी अनुसार यमदूत एउटा कालो छायाको रूपमा आए । केही बेरपछि त्यो छाया त्यसै बिलायो । राजाको प्राणपखेरू पनि उड्यो । त्यस औंशीको रात भजनकीर्तन गरेर जनताले राजाको पुनर्जीवनका निम्ति प्रार्थना गरिरहे ।

  जब उज्यालो हुने बेला भयो र कुखुराको भाले बास्यो, राजा ब्युतिए । जनताको खुसीको सीमा नै रहेन । त्यस खुसीमा जनताले एकैसाथ ठूलो स्वरमा भने – ‘फइलो देउसी रै ।’ र, त्यही ‘फइलो देउसी रै’ आज तिहारमा ‘भैलो देउसी रे’ भएको छ । प्राचीन मगर भाषामा ‘फइलो’ भन्नाले ‘हामीले’ भन्ने अर्थ लाग्छ, ‘देउसी’ भन्नाले ‘धर्मात्मा’ र ‘रै’ भन्नाले ‘राजा’ । भाषिक हिसाबले विचार गर्दा पनि ‘फ र भ’ व्यञ्जन वर्णहरू एकै स्थानबाट उच्चारण हुने एकै प्रकृतिका ध्वनिहरू हुन् । कालान्तरमा ‘फइलो’ ‘भइलो’ हुदै ‘भैलो’ हुन गयो । आज पनि हामी भैलो देउसी रे भन्छौं । भाइटीकामा आयु बढाइदिने प्रार्थनासहित दिदीबहिनीले दाजुभाइको पूजा गर्ने गर्छन् । यसरी तिहारमा दीपावली गर्ने, दाजुभाइको चिरायुको कामना गर्ने गरिन्छ । एउटा सुखद चिन्तन तिहारमा हुन्छ ।

  तिहारको कथा जति सुखद र मीठो छ, दशैंको कथा त्यत्तिकै हिंस्रक र दुःखद पनि छ । यहा“का आदिवासी जनजाति समुदायले दशैंलाई त्यसै भएर बहिष्कार गरेका हुन् । त्यसमा विजेताको हर्षबढाइमा हार्नेले पनि सहभागी हुनुपर्ने तत्कालीन राज्यको उदेकलाग्दो उर्दी अहिले पनि कायमै छ । दशैंले यहाको आदिवासी जनजाति समुदायमाथि दमनको सन्देश दिने गर्दै आएको छ । यस खाले सन्देश हटाइनु प-यो र आम जनताले दशैं मान्न सक्ने परिस्थितिको सिर्जना सरकारले गर्नुप-यो । अन्यथा दशैं बहिष्कारको क्रम रोकिनेवाला छैन । दशैंका पक्षधरहरूले यसको वस्तुगत विश्लेषण गर्नुप-यो र त्यसैअनुरूप माथि उल्लेख गरिएबमोजिम सुधारको ढोका खोल्नुप-यो । सबैलाई मिल्ने हुनुप-यो दशैं, तबमात्र यो राष्ट्रिय चाड हुन्छ । नत्र त्यसको बहिष्कार त हुन्छ–हुन्छ । त्यसमा अरूले भनेर के हुन्छ ?

  यहाको आदिवासी जनजाति समाजले दशैंको कुरा झिकेर देश विखण्डन गर्न लागे भन्नु भएन । गैर जनजातिका निम्ति पनि दशैं साहै् गह्रुगो भारी भइरहेको छ । यसमा जनताको चाहना जे छ, त्यो राज्य व्यवस्थाको प्राथमिकता बन्नु प-यो । लाद्ने काममात्र गर्नु भएन । कुनै अमुक समुदायले दशैं मान्छु भन्दछ भने त्यसमा अवरोध हुनु भएन । त्यसैगरी अर्को समुदायले दशैं मान्दैनौं भन्छ भने त्यसमा पनि चर्को कुरा गर्नुको कुनै मतलबै छैन ।

  आ–आफ्नो खुसीले चल्न पाउनु प-यो । कसैको आफ्नै चाडपर्व विशेष छ भने त्यसलाई पनि सरकारी मान्यता दिइनु प-यो । कम्तीमा पनि ८५० भाषाहरू बोलिने पपुवा न्युगिनीमा ९० भाषालाई सरकारी मान्यता दिइएको छ भने त्योभन्दा ७ भाग कम भाषा भएको हाम्रो मुलुकमा त्यो सम्भव छैन र ? भाषा र संस्कृति कुनै समुदाय विशेषको परिचायक समेत भएबाट त्यसको संरक्षण सम्बर्धनमा सरकारको नै विशेष पहल हुनु पर्नेमा उल्टो गलत प्रचार हुदा त्यसबाट कसैलाई फाइदा हुन सक्दैन । यसमा समय छूदै विचार पुग्नुप-यो |



No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...