Email subscription

Enter your email address:

Delivered by FeedBurner

Sunday, October 4, 2020

गलत ईतिहासलाई सच्याउने प्रयासलाई जातीवादीको संज्ञ ?

 


गलत ईतिहासलाई सच्याउने प्रयासलाई जातीवादीको संज्ञ ? 


जितेको मानिसले लेखेको ईतिहांसमा हारेको मान्छेको ईतिहांस लेखेको हुदैन भन्ने विश्वव्यापी मान्यतलाई आत्मसात गर्दै २४० वर्षेदेखि नेपालका शासकहरुले लेखेको गलत ईतिहासलाई  सच्याउन मेरो प्रयासलाई जातीवादीको संज्ञा दिएका छन् । 


मैले दावी गरेको नेपालको इतिहांस निम्न प्रकारको छ 


(१) पृथ्वीनारायण शाह : आदिवासीकाे १२ धार्नी नाक र कान काटने पृथ्वीनारायण शाहको जन्मदिन राष्ट्रिय एकता दिवस रुपमा मनाउन हुदैन । 


बुद्ध जयन्ती, शङ्खधर चक्र, प्रथम शहिद लाखान थापा दिवस नेपालको राष्ट्रिय एकता दिवस मनाउनु पर्छ । 


(२) भनुभक्त : हिन्दी भाषामा लेखेको रामायण खसभाषामा अनुवाद गर्दैमा भनुभक्त नेपालको आदिवादी कवि हुन सक्तैन । 


भानुभक्त भन्दा धेरै बर्ष अगाडी विभिन्न आदिवासी मातृ भाषामा कविता तथा साहित्य लेख्ने आदिवासी साहित्यकार थिए र उनीहरु नै नेपालका आदिकवि तथा साहित्यकार हुनु पर्दछ । 


(३) गाई : २४० वर्ष अगाडी अतिहिन्दुवादी राजाले बनाएको मुलुकी ऐनको प्रयोग गरेर गाई गोरुको मासु खानेलाई १४ बर्षको जेलसजाय तोक्नु धर्मनिरपेक्ष राज्यको संविधान भावन विपरित हो ।  


धर्मनिरपेक्ष राज्यमा सबै नागरिकले स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्मसंस्कृति मान पाउने अधिकारमाथी कुनै कानुनी बन्देज लगाउन हुदैन । 


(४) दशै : धर्मनिरपेक्ष राज्यमा एकात्मक हिन्दुधर्मको चाडपर्वको मात्र संरक्षण गर्नु हुदैन । राज्यले सबै धर्मसंस्कृतिको चाडपर्वलाई समान व्यहार गर्नु पर्दछ । 


धर्मनिरपेक्ष राज्यसंग बाझिएका ऐन कानुनु सशोधन गरिनु पर्दछ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा सरकारी कार्यलयहरु धर्मनिरपेक्ष राज्य अनुरुप रुपान्तरण हुनुपर्दछ । 


(५) नेपालको झण्डा : हिन्दु राजा र हिन्दु राज्य हुदाको संविधान, ऐन, कानुन र राष्ट्रिय गीत परिवर्तन हुनसक्छ भने हिन्दुधर्म र राजा हुदाको नेपालको झण्डा किन परिवर्तन हुन हुदैन ? 


भारतको हिन्दु मठमन्दीरबाट ल्याएको सूर्यवंशी र चन्द्रवंशी राजाको प्रतिक अंकित त्रिकोणात्मक झण्डा परिवर्तन गरिनु पर्छ वा नेपालको त्रिकोणात्मक झण्डको पृथक पहिचानलाई कायमा राख्ने हो भने झण्डमा अंकित चन्द्र, सूर्य, रातो रङ्ग, निलो रङको गणतन्त्र, धर्मनिरपेक्ष र सङ्घीयताको आधारमा पुर्नपरिभाषित हुनपर्छ । 


(६) वादेवादे जायते तत्व वोध भन्ने भनाईकाे आधरमा तर्क सहित मेरो भनाईको प्रतिवाद गर्न सक्ने बौद्धिक मार्गलाई त्यागेर ...


म र मेरा भनाईप्रति असभ्य, अपशव्द र श्रावण अयोग्य गालीगलौच गरेको देख्दा,  २१ ओ सताव्दीका पहाडे आर्यका सन्तानहरुमा तर्क गर्ने बौद्धिक क्षमताको समाप्ती भएको हो की जस्तो लाग्दछ  । अस्तु 


वादेवादे जायते तत्व वोध

व्यार्थै किन हुन्छौ तिमी क्रोध

नबुझेको कुरा मलाई सोध 

रिस मरेन भनै हलो लिएर गोरु जोत

No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...