Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, January 27, 2020

BBC साझा सवाल कार्यक्रम बेगमा




म्याग्दी, बेनीमा भोलि हुन गई रहेको नेपालको सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रम ‘साझा सवाल’ को रेकर्ड हुनु भन्दा अगावै आज हाम्रो गाउमा पुगी स्थानिय तथा प्रबासि गाउले हरुले गाउ प्रति गरेको योगदान हरुलाई उच्च कदर गर्दै सम्बन्धित केहि व्यक्ति हरुलाई अाज सँचालक बिधा चापागाइ द्वारा अन्तर्वार्ता लिने कार्यक्रम हरु भएको खबर भाइ धन कुमार फगामी देखि जानकारी पायौ / विशेषत स्थानिय तथा प्रबासी गाउले हरु ले अहिले सम्म गा बि स मा गाउ बिकास को लागि गरेको उन्नति हरु को बारेमा अन्तर्वार्ता लिएको बुझिएको छ / मुख्यतय ग्रामिण बाटो निर्मान मा रु १ करोड २५ लाख, क्षिक्षा को लागि व्यक्तिगत बाहेक सामुहिक मा रु ३० लाख को निजि तथा कम्पुटर क्षिक्षक अक्षय कोष, ई लाइब्रेरी स्थापना कोष, क्षिक्षक तथा जेहेन्दार बिधार्थी हरु को लागि अक्षय कोष, निर्माणधीन झन्डै रु १० लाख को पक्कि खेल मैदान, निर्मान्धिनमा रहेको पक्कि स्कुल भवन, सामुदायिक गा बि स भवन, करडौ रुपैया को खाने पानि योजना, स्वास्थ्य चौकी, महिला हरु देखी संचालित महिला बहुउदेस्य सहकारी सस्था (झनडै २ करौड को कारोबार) र हाल मा तिब्र अवस्था मा निर्माणधीन रहेको नेपाल को सबै भन्दा लामो र अग्लो पुल को बारेमा प्रत्यक्ष भ्रमण गरि समाचार हरु संकलन गरेको बुझियो / उहा हरु जस्तो व्यक्ति हरु अचानक गाउले लाइ खबर बिना मेडिया मा सुने र देखेको आधार मा त्यो अविकसित गाउमा गएर गाउले हरु संग अन्तर्वार्ता लिएको तस्बिर हरु र खबर हरु हेर्न र देख्न पाउदा थप हौसला र जिम्मेवारी गाउले हरु लाइ भएको महसुस र हर्सित पनि भएको अवस्था छ / समयको पावान्धि समाचर कति र कहा पुग्ने हो त्यो आफ्नै ठाउ मा छ तर यो तस्बिर ले भने पक्कै पनि छल्ने छैन / समय ले कसै लाइ पर्खदैन र केहि छ भने समय मै सबै मिलेर गरौ मरेर लगि जाने केहि होइन रहेछ /
मेरो भोलिको कार्यक्रम मा जिज्ञासा,
आफ्नो टोल, गाउ, जिल्ला र देस को विकास र उन्नति गर्न जनता को जस्तै हाम्रा नेता जी हरु को पनि उत्तिकै पहल किन हुन सक्दैनन? ति गाउमा एक छाक टार्न कठिनाइ ति हाम्रा बृद्द नागरिक हरु लाइ हेर कति योगदान गरेका छन्, खाडि मुलक मा खटिएका ति युबा युवती हरु लाइ सम्झ, बिदेस पलाएन हाम्रा परिवार लाइ मनन गर कि त्यस्ता व्यवस्था बनाइ आफ्नै घर फर्कन परिस्थिति बनाइँ देउ, अब त अति भो हाम्रा नेता जी हरु, अब हाम्रो होइन राम्रो लाइ छनोट गरौ, मैले होइन हामि ले भन्ने सोच गरौ, मेरो होइन हाम्रो भन्ने मानसिकता परिवर्तन गरौ ! अब त जनता लाइ पनि केहि सहज बनाइ देउ, तिमि ले मरेर जादा खालि नै जाने हो सम्झी देउ !

अन्तर्वार्ता दिदै श्रीमती बिष्णुमति पुन महादेव मा.बि काे प्राङ्गणमा।

अन्तमा साझा सवाल का सम्पूर्ण टिम लाइ धन्यबाद र भोलि (यदि म गल्ति होइन भने) को कार्यक्रम सफलता को कामना !

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...