Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, August 26, 2019

फुजीसान आरोहणको अनुभव मोना नागोयाका अध्यक्ष रुपेस चोचाड्.गी





फुजीसान आरोहनको अनुभव

रातो र चन्द्र सुर्य अंकित मेरो प्यारो देश नेपालको झण्डालाई सूर्यदयको देश जापानको सबै भन्दा अग्लो हिमाल फुजीशानको शिरमा फहराई रहन पाउँदा आफु नेपाली हुनुमा गौरवान्वित महसुश गरेको छु ।

संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ भनेर चिनिने मेरो देश, गौतम बुद्व जन्मेको भनेर चिनिने मेरो देश,
प्राकृतिक सम्पदा एवम् जलस्रोतको खानी छ भनेर चिनिने मेरो देश
तर,
यति धेरै सम्भावना नै सम्भावना भएको मेरो देश नेपालमा बिडम्बना भन्नु पर्छ राज्य संयन्त्रबाट पर्यटन प्रवर्दनमा जति भूमीका खेल्नु पर्थ्यो ? त्यति भूमिका खेलेको जस्तो लागेना ?

मैले यो झण्डा समातेर हिडीरहँदा बाटोमा हजारौं जापानिजहरुसंग भेट हुन्थ्यो !
उनीहरुबाट मैले सुनेको,
सुगोई देशने दोकोनो कुनीनो हाता दारोउ?
हाजीमेते मिता? म्यानमारनो काना? भुटाननो काना? नेपालको भन्छकि भन्यो । अहँ! कहाँ भन्नु?
यि शब्द मैले सुनिरहँदा खेरी मैले ति ब्यत्तिलाई अभिबादन गरी हाल्न खोज्थे अनि प्रश्न पनि;
दोकोनो हाता देस्यो? गोजोन्जी देशका?
सेकाईनो ईचिवान ताकाई यामा आरु कुनिनो हाता देस्यो? लगायत अन्य...
यसरी जापानिजहरुसंग संवाद गरिरहँदा नेपाललाई चिन्ने अत्यन्तै कम मात्रामा भेटिएकोले नेपाललाई चिनाउन आफ्नो तर्फबाट सकेको पहल गरौं ।

No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...