हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, July 9, 2019
मगर समुदायको प्रचलित कौंरा नृत्य
मगर समुदायको प्रचलित कौंरा नृत्य
मगर जातीमा कौडा नाचको प्रचलन र नामकारण शताप्दिऔ पुरानो भएको कुरा इतिहास ले भन्दछ , कौडा नाच , मगर , गुरुङ , दुरा आदि जाति हरुले गाउने र नाच्चे गरेता पनि ,, यो नाच र गीतको नाम मगर ढुट . भाषा बाट नामकरण भएको प्रमाणहरु छन /
गाउघरको दैनिकी बातावरण अनुसार गाउघरमा युवा युवती तन्नेरी , तरुनी हरु दिनभरी घास दाउरा, मेलापात गरि थकित भइ बेलुका पख दिनभरि को थकाइ मार्न , ,थकाइ बिर्साउन .मनोरंजन गर्ने प्रचलन अनुसार युवा हरुको समुह आपसमा सर सल्लह गरि आज कुन चाहि केटीको घरमा नाचगान गर्नजाने हो ? भन्ने सर सल्लाह बमोजिम आफ्ना दमाली केटिहरुको घरमा केटाहरु खैजडी , डम्फु, मादल , मुरली, मजुरा, आदि बाध्यबधन सामाग्रीहरु लिएर लिएर . नाच गानकोलागि केटीको घर आगनमा पुगी सकेपछी हामि आयेउ है भनेर काङ राह,, है काङ राह भन्ने चलन थियो ..../
. दुटमगर भाषामा "" काङ राह,, काङ राह "" अर्थात् हामी आयेउ है नाच्गानको लागि भनेर जनाउ, जानकारी दिने चलन हो /. यसै गरि केटि हरुले पनि समुह साथि संगिनी जम्मा भेला गर्नकोलागि अरु संगीसाथीहरु बोलाउने चलनपनि छ / सबै केटि हरु जम्मभेला भैसके पछी गित र नाच सुरु गर्ने प्रचलन छ / यसरी गीतहरु गाउदै दिन भरिको दुख बिसाउछन । केटीको घरमा पुगेपछि केटाहरुले "कान-राहा कान-राहा" भन्दै केटीलाई थाहा दिन्छन । कान राहा कान राहा (हामी आयौ,हामी आयौ) भन्दा भन्दै यो नाचको नामै कान राहा बन्न पुग्यो । पछी कान-राहा अपभ्रम्श भएर " कौराहा " शब्द बनेको हो र कौराहा बाट आजभोली " कौरा " कौडा भएको हो भन्ने कुरा पुष्टि भए पछी कौराको एतिहासिक नाम " कान-राहा " (हामी आयौ ) हो भन्नेमा दूइमत छैन ,, हाल यो नाच कोनाम काङ राह,, है काङ राह , बाट कौराह + कौरा + कौडा हुन् गएको हो /
नेवारी भाषा र मगर भाषा हरु उच्चारण ( स्वर) गर्दा मगर र नेवार हरुको जिभ्रो बाट प्रोनाउन्स, उच्चारण मा त , ट, ह , धेरै संयोजन शब्द बाक्य हरुमा प्रयोग भएको ले मगर भाषा मा तोतेबोली अर्थात , ट, त्, ह, ,ङ आदि शब्द को धेरै प्रयोग हुनेगर्छ / झन्डै एकदशक अगाडी कौडानाच र गीतलाई बिदेशीसास्कृत को मारमा झन्डै लोप हुने स्थितिमा पुगेको थियो / तर आज सबै समाज र क्षेत्र ब्याक्ति बिशेस बाट कौडा नाच लाइ जीवित पार्ने कामभएको हुदा मगर सास्कृत कौडा नाच र गित लाइ आज तपाई हामीले हेर्न र सुन्न पाएका छौ / हाल कौडा नाच र कौडा गित लाइ गाउघरमा बिवाह , पार्टी, पाहुनाको आगगमन. , उत्सव, समारोह, महोत्सव आदिमा नाचगान गर्ने प्रचलन कायमनै छ / कौडा नाच लाइ संरक्षण र सम्बर्धन गर्ने जिम्मा तपाइँ हाम्रो काधमा छ / आफ्नो जिम्मेवारी कायामराखौ |
लेख सम्प्रेषण
✍️यम सारु मगर , चितवन
आदिबासी जनजाती मन्च,
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment