हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Wednesday, February 20, 2019
गोरखा राजा मानसिङ खड्कामगर र दशै टिका
राजा मानसिङ खड्कामगर र दशै टिका
गोर्खाका राजा मानसिङ खड्कामगरको बारेमा धेरैलाई थाहा नभएको हुन सक्छ। बि.स.१६०० तिर गोर्खामा मानसिङ खड्कामगरले राज्य गर्थे। लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा द्रब्य शाहले मानसिङ खडकामगरको राज्यमा दुई पटक सम्म आक्रमण गर्यो । तर दुवै पटक हारेर भाग्नु परेको ईतिहास साक्षी छ्।मानसिङ खड्कामगर अत्यन्त वीर साहसी थिए। उनको वीरता र पराक्रमको अगाडी कसैको केही लाग्दैनथ्यो।आमने-सामने लड्दा जित्न नसकिने देखि द्रब्य शाहले कुटनीतिको सहरा लिने बिचार गरे । मानसिङ खड्कामगर राजा भएकोमा त्यहाका खस आर्यहरुलाई मन परेको थिएन । त्यसबेला गोरखामा गंगाराम रानामगर् अत्यन्त प्रभावशाली ब्यक्ति थिए।उसको पक्षमा धेरै गोरखाली मगरहरु थिए । त्यहाका खस आर्यहरु नारायण अर्याल,सर्बेस्वर खनाल,भुसाल अर्याल,भगीरथ पन्त मिलेर गंगारामलाई पनि बिभिन्न प्रलोभन देखाइ आफ्नो पक्षमा पारे। यी षड्यन्त्रकारीहरुको सङ्गठन मजबुत भयो । अन्तमा द्रब्य शाह सङ्ग मोटो रकम लिएर राजा मानसिङ खड्का विरुद्धको अभियानमा यिनिहरु सकृय भए । नारायण अर्याल र गङगाराम मिलेर गोर्खाली जनतालाई राजा मानसिङ् मगरको बिरुद्धमा उचाल्न थाले । आफु बिरुद्ध आफ्नै मगर भाईबन्धुहरुले धोका देला भनेर राजा मानसिङले कहिल्यै सोचेनन । चैत्र अष्टमीको दिन आफ्नै दरबारमा चेलीबेटी, इष्टमित्र, भाइभारदारहरुलाई बोलाई नाचगान, खानपिन गरी मनोरन्जन गरिरहेको अवस्थामा पूर्व योजना अनुसार द्रब्य शाहको फौजले चारैतिर घेरा हाली आक्रमण गर्यो ।
गोरखाली सेनाले रातभरि बहादुरी साथ लडे। युद्धमा लड्दा लड्दै राजा मानसिङले वीरगति प्राप्त गरे । त्यसपछि द्रब्य शाह गोरखाको गद्दिमा बसे। यसरी षड्यन्त्र एवम कायरतापूर्ण तरिकाले गोर्खाली मगर राजाको राज्य लुटियो। बि.स.१६१६ चैत्र १७ गते नवमीको बिहान राजा मानसिङ मगरको हत्या भएपछि नारायण अर्याल र उनका मतियारहरु मिलेर मानसिङको गर्धन छिनालेर एउटा ठुलो कुडियामा रगत थाप्न लगाए। त्यसपछि चारपाच् पाथी चामल त्यही रगतमा भिजाएर राखे। त्यही चामल दशमीको दिन गोरखा दरबारमा राजा द्रब्य शाहको हातबाट सबै भारदार, सेनापति लगायत सर्बसाधारण सबैलाई टिका थाप्न बोलाइयो । गोरखाली मगरहरुले बिरोध गरेका थिए । तर जसले टिको लगाउन इन्कार गर्छ, उसलाई समातेर तुरुन्तै मारिहाल्थ्यो। त्यसबेला धेरै मगरहरुलाई मारियो। भनिन्छ त्यसबेला मर्स्याङ्दी नदीमा पानी होइन गोर्खाली मगरहरुको रगत बगेको थियो । त्यसपछि आज सम्म मगरहरुलाई रातो टिका लगाउन वाध्य बनाइेको छ्। पछिल्ला वर्षहरुमा हरेकले घरघरमा सुङ्गुर, बोका, खसी, रागो काटेर दसैं मनाउनु पर्ने वाध्य बनायो। पशुको बली दिएपछी रगतमा हात डुबाएर पाच् औलाको छाप भित्तामा लगाउनु पर्ने र राजाको सिपाहीहरु दशै मनायो कि मनाएन भनेर चेक् गर्न आउँदा जसको घरमा रगतको पाच् औलाको छाप देखिदैनथ्यो उसलाई तुरुन्तै कार्यबाही गरिन्थ्यो । राजा मानसिङ खड्कामगरको हत्यापछि चामलको टिका लगाउने चलन चलाएको र दसैं चैतमा मनाउने गरेकोमा गर्मी महिनामा उपयुक्त नहुने भन्दै असोज्, कार्तिकमा सारेको बुझिन्छ।
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment