Email subscription

Enter your email address:

Delivered by FeedBurner

Wednesday, February 20, 2019

मलाई त परदेशले जबर्जस्ती रास्ट्रवादी बनायो


" #बिदेश_गएसी_त_धेरै_नै_रास्ट्रबादी_भइएछ_नि ! देश भक्तीको ठुलै नारा लाइया छ त "
खै मित्र मलाइ नि रास्ट्रबादी बन्ने मन त कहाँ थियो र ? जब बिदेश आइयो, थुप्रै दाजुभाइ भेटघाट भैयो । के भनौ म यहाँ त झापाली दाइ नि पुर्बेली होइन रैछन, लामा दाइ ले ताम्सालिङ राज्य बाट आएको भनेनन, महतो भाइ ले नि मधेसी भनेनन । यहाँ त सबैले नेपाली भन्दै परिचय गरे । मलाइ त सनक्क रिस उठ्या थ्यो यिनिहरुको खोक्रो रास्ट्रवाद देखेर ।
एउटा बिदेशीले मलाइ बोलायो, परिचय गर्नलाई हात मिलायो, परिचय गर्दै गर्दा मैले आफुलाइ कम्युनिस्ट भनी चिनाए बुझ्दै बुझेन, काङ्रेस भने बुझ्दै बुझेन । फेरि टुप्पिमा हात लाउदै भने म आर्य ( खस), बाहुन को छोरो, उस्ले त नाक खुम्च्यायो । फेरि प्रश्न दोर्याएर सोध्यो, मैले घोसे मुन्टो लगाए , निन्याउरो मुख पारेर सानो स्वरमा भने म "नेपाली"।
बिदेशी मुस्कुरायो, उत्सुकताका साथ भन्यो,"माउन्ट एभरेस्ट तीमिहरुको देशमा छ हैन? " मेरो झुकेको सिर ठाडो पारेर भने,"हो,हो, छ" फेरि थपे," बुद्धको जन्म भुमी हो नेपाल।" उस्ले मेरो काध थम्थम्याउदै भन्यो," मलाइ थाहा छ, नेपालिहरु बहादुर हुन्छन!" अरे वा! मेरो पहिचान बिदेशी ले पहिल्यायो ।
मलाइ परदेशले न हसिया हथौड़ा थमायो, न यहाँ रुख र सुर्यको ध्वजा लहरायो , यहाँ त मन भित्रै ,चन्द्र सुर्य अन्कित राष्ट्रिय झन्डा फर्फरायो । मलाइ पर्देशले बाध्यतामा नेपाली भनायो । दलबादी बन्ने रहर पुगेकै थिएन, मलाइ त परदेशले जबर्जस्ती रास्ट्रबादी बनायो ।

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...