मगर संघ शिजुओका जापानको माघेसंक्रान्ति पर्व २०७५ भव्यताकासाथ सम्पन्न ||
नेपाल मगर संघ शिजुअोका जापानले मगर हरुको रास्ट्रिय प्रमुख सास्कृतिक पर्व माघेसंक्रान्ति २०७५ भर्खरै भव्यताको साथ सम्पन्न गरेको छ| कार्यक्रम मगरहरुको भाषा, भेषभूषा, कला, संस्क्रिती र संस्कारको संरक्षण तथा संवर्दण गर्ने उद्देश्यले फरक रोउनकका साथ विभिध सांस्कृितिक_शौगात,स्वादिष्ट खानपिन,रमाईला गेम तथा शुभकामना आदान-प्रदान गरेर मनाएको छ।
यसै कार्यक्रममा नेपाल बाट भर्खरै आउनु भएका नयाँहरुलाई स्वागत गर्दै चेलिवेटी र विभिन्न गेमका विजेताहरुलाई एकै साथ सम्मान गरेको छ।
कार्यक्रम मगर संघ शिजुआेकाको अध्यक्ष महेन्द्र श्रिषको सभापतित्वमा रचना मगर र अथिती बिजय महर्जनले शुभकामना मन्रातव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन तुल ब. चोचाड्.गीले गर्नु भएको थियो | साथै कलाकार धिरज पुन,रमिता मगर र अन्य कलाकारहरुको दम्दार प्रस्तुति रहेको थियो।
विभित खेलकुद प्रतियोगिताका विजेताहरु~
【Shout_Put(छेलो)】
प्रथम:- प्रेम पाइजा
द्वितीय:-सुनिल पुन
त्रितिय:-बिजय महरजन
【Archery (तारो)】
प्रथम:-प्रेम पाइजा
द्वितीय:-युदिन घर्ती
【musical chair 】
प्रथम:-आशा श्रीष
द्वितीय:- मनोज चौहान मगर
यस कार्यक्रम लाई सफल पार्नको लागि आफ्नो कार्य बेस्तताको बाबजुद पनि आफ्नो कामलाई थाति राखि उपस्थित भइदिनु हुने मगर तथा गैर मगर दाजुभाइ दिदीबहिनीहरु सामाजिक धार्मिक जातिय संघ सस्था बुद्दिजिबि बर्ग अनलाइन पत्रकार (मिडियाकर्मी) हरु सबैमा गरिमामय उपस्थितिको लागि हार्दिक धन्यबाद।।


No comments:
Post a Comment