Email subscription

Enter your email address:

Delivered by FeedBurner

Thursday, August 21, 2025

गाउँको गर्व, देशको पहिचान — कामना र अभिसराको प्रतिभा

 



बेग गाउँको गर्व, देशको पहिचान — कामना र अभिसराको प्रतिभा


म्यागदी बेगकी यी दुई चेलीहरु, जो केवल मेरो बहिनीहरु मात्र होइनन्, मेरो प्रेरणाका स्रोत पनि हुन्। उनीहरूले आफ्नो प्रतिभा, लगाव र मेहनतमार्फत हाम्रो गाउँ, समाज र देशको नाम उज्यालो बनाइरहेकी छन्। उनीहरूको कथा सुनिँदा हरेक नेपाली युवाको मनमा गर्व र प्रेरणा जाग्छ।


 कामना फगामी सानैदेखिनै कला, साहित्य, लोकसंस्कृति र नृत्यप्रति रुचि राख्ने छोरी हुन्। उनी मगर पहिचान नेपाली संस्किृतीको गर्व गर्छिन्। कामना सधैं आफ्नो संस्कृतिप्रतिको माया र आदर देखाउँछिन्। उनका लागि कला केवल मनोरञ्जनको साधन होइन, समाजको पहिचान र परम्परालाई बचाउने माध्यम हो।


कामना उच्च शिक्षाको हासिल गर्न जापान पुगेकी छिन् ।फुर्सदको समयमा उनले नृत्यकलाका अन्तराष्ट्रिय सास्किृतीक कार्यक्रमहरूमा भाग लिईसकेकी छिन् र जापानमा समेत चर्चित नृत्य कलाकारको रूपमा परिचित छिन्। पछिल्लो समय उनी मोडलको रूपमा पनि सक्रिय भइन्। उनको मेहनत र लगावले केवल व्यक्तिगत सफलता ल्याएको छैन, बरु हाम्रो गाउँ, म्यागदी जिल्लाको पहिचान र गौरव विश्वसामु पुर्‍याएको छ। कामना भन्छिन्, “कला र संस्कृतिको माध्यमबाट आफ्नो पहिचान जोगाउने अवसर पाउनु सबैको भाग्य हो। मैले जे गर्न सक्छु, त्यसले मेरो समाज र गाउँलाई पनि उचालो दिन्छ।”


 अभिसरा पुर्जा पढाइमा सानैदेखि अब्बल छिन्। उनी मात्र अध्ययनमा अव्वल नभइ, खेलकुद र सामाजिक क्षेत्रमा पनि सक्रिय छिन्। अभिसरा मोना जापानको सांस्कृतिक संयोजकको रूपमा कार्यरत छिन्। जापानमा नेपाली सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै, उनले आफ्नो गाउँ, समाज र देशको प्रतिभा र सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गरिरहेकी छिन्। विशेष गरी म्यागदीको टिपीकल लोक संस्किृती थाली नाचलाई जापान भरी फैलाई रहेकी छिन ।उनी समाजको सेवा गर्न, युवाहरूलाई प्रेरित गर्न र नेपाली संस्कृति फैलाउन सदैव अग्रसर रहन्छिन्।


कामना र अभिसराले देखाएका उदाहरणहरूले हामी सबैलाई प्रेरणा दिएका छन्। उनीहरूले प्रमाणित गरेकी छन् कि प्रतिभा र पहिचान केवल व्यक्तिगत उपलब्धि होइन, समाज र देशको गौरव पनि बन्न सक्छ। यी दुई बहिनीहरू सधैं मेहनत र लगावका साथ अघि बढिरहेकी छन्।


उनीहरूको सफलता केवल परिवारको गौरव मात्र होइन, सम्पूर्ण गाउँ,म्यागदी जिल्ला र देशकै सम्मानित प्रतिभाहरु हुन । उनीहरूले हाम्रो माटोमा सुगन्ध फैलाइरहेकी छन्, जसले हरेक युवा पुस्तालाई आफ्नो प्रतिभा निखार्न र पहिचान बनाउने प्रेरणा दिन्छ।


कामना र अभिसराले हाम्रो समाजका लागि उदाहरण पेश गरिरहेकी छन् कि कसरी आफ्नै कला, पढाइ, खेलकुद र सामाजिक सेवामा लागेर व्यक्तित्व निर्माण गर्न सकिन्छ। उनीहरूले देखाएका योगदानले न केवल गाउँ, समाज र देशको गौरव बढाएको छ, तर भविष्यका पुस्ताहरूका लागि मार्गदर्शन पनि बनेको छ।


आज जब म आफ्नो दायाँ र बायाँका बहिनीहरूलाई हेर्छु, मलाई गर्व लाग्छ कि यी छोरीहरूले आफ्नो प्रतिभा र पहिचानको माध्यमबाट हाम्रो माटो, हाम्रो समाज र हाम्रो देशलाई विश्वसामु चिनाएका छन्। उनीहरूको मेहनत, लगाव र सफलता हामी सबैका लागि प्रेरणा हो।


कामना र अभिसरा — यी दुई बहिनीहरूको परिचय र कथा केवल हाम्रो गाउको मात्र होइन, सम्पूर्ण म्यागदी जिल्लाको गौरवको कथा हो। उनीहरूले सिकाएका छन् कि सच्चा संघर्ष, लगाव र मेहनतले मात्र प्रतिभा र पहिचान जन्माउँछ, र माटोको सुगन्ध सदैव जीवित रहन्छ।

चोचाङ्गी तुल बहादुर 

जापान


Saturday, August 16, 2025

“पहिलो घामको झुल्को, बादलको महासागर र फुजी हिमालको शिखर — हाम्रो यात्रा”

 




फुजी हिमालको यात्रा


फुजी हिमाल—जापानको गर्व, प्रतीक, र सौन्दर्यको अद्वितीय प्रतिरूप। यो केवल एउटा पर्वत मात्र होइन, यो हजापानी संस्कृति, कला, र आत्माको एक जीवित प्रतीक हो। टोकियोदेखि टाढा नभए पनि, जब तपाईं यसको पाखामा पुग्नुहुन्छ, लाग्छ मानौं तपाईं कुनै अर्को संसारमा पाइला राख्दै हुनुहुन्छ—जहाँ समय बिस्तारै बग्छ, र प्रकृतिको आवाजले हृदयलाई स्पर्श गर्छ।


पहिलो झलकमै यसको पूर्ण शंक्वाकार रूप, माथिल्लो भागमा चहकिलो सेतो हिउँको मुकुट, अनि वरिपरि फैलिएका हरियो वन र रंगीन फुलबारी—यी सबैले यात्रुको मन मोह्छ। बिहानको पहिलो उज्यालोमा जब सुनौलो किरणले हिमालको टुप्पोलाई रंगाउँछ, त्यो दृश्य यति मोहक हुन्छ कि आँखाले मात्र होइन, आत्माले पनि त्यो क्षणलाई कैद गरेर राख्छ। जापानीहरूले यस क्षणलाई “赤富士” (अका–फुजी) अर्थात् रातो–फुजी भन्छन्, जुन वर्षको केही समय मात्र देखिन्छ र भाग्यशाली मानिसहरूले मात्र अनुभूति गर्न पाउँछन्।


चढाइ सुरु गर्दा तलको हरियो जङ्गलको सुगन्ध, चराहरूको मीठो स्वर, र हल्का चिसो हावाले यात्रा सहज र आनन्दपूर्ण लाग्छ। बिस्तारै बाटो उकालो हुँदै जान्छ, र हरियालीको स्थान पत्थरीला जमिनले लिन थाल्छ। ज्वालामुखीको खरानीले ढाकिएका बाटाहरू, सुनसान तर रहस्यमय पथहरू, अनि वरिपरि मौनतामा पनि जीवनको धड्कन सुनिने अनुभूति—यी सबैले यात्रालाई गहिरो अर्थ दिन्छन्।


जति माथि चढ्दै जान्छ, हावा पातलो र चिसो हुँदै जान्छ, सास फेर्न अलि कठिन हुन्छ। तर त्यही कठिनाइ भित्र नै यात्राको वास्तविक सौन्दर्य लुकेको हुन्छ। तल फर्केर हेर्दा देखिने साना साना गाउँहरू, चम्किएका तालहरू, अनि टाढा क्षितिजमा फैलिएको बादलको समुद्र—यी दृश्यहरूले थकाइलाई क्षणमै भुलाइदिन्छन्।





 शिखर नजिक पुग्दा घामको तातो किरण र चिसो हावाको अद्भुत मिश्रणले शरीरलाई ताजगी दिन्छ। अनि अन्ततः—३,७७६ मिटरको शिखरमा उभिँदा—चारैतिर फैलिएको बादलको महासागर, मुनि देखिने जापानको भू–दृश्य, र टाढा टाढासम्म फैलिएको आकाशको नीलोपन—यी सबै मिलेर जीवनकै अविस्मरणीय क्षण बनाउँछन्। त्यो क्षणमा लाग्छ, यो यात्रा केवल शिखरमा पुग्ने लक्ष्यको लागि मात्र होइन, आफ्नो भित्रको दृढता, धैर्यता, र आत्म–शक्ति पत्ता लगाउनको लागि पनि हो।


स्वर्गीय आनन्द,

घामको झुल्को,

तल तिरको बादल —

यी तीन क्षणहरू,

फुजी हिमालको मुटुमा भेटिने

जीवनकै कविता हो ।


फुजी हिमालको यात्रा—यो केवल एक पटकको अनुभव होइन, जीवनमा कम्तिमा एक पटक गर्नैपर्ने आध्यात्मिक र प्राकृतिक साधना हो। यहाँ प्रकृति, साहस, र आत्म–शान्ति एउटै आकाशमुनी भेटिन्छन्, र तपाईंको हृदयमा सदैव बाँचिरहन्छन्।





Sunday, August 10, 2025

मोना जापानको ९औं महाधिवेशन सम्पन्न, नेतृत्वमा नयाँ ऊर्जा र अप्रिलमा दोस्रो फेस्टिवलको घोषणा

 


मोना जापानको ९औं महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन


टोकियो, जापान – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको ९औं महाधिवेशन भव्य रूपमा टोकियोको ओकुबो सामुदायिक केन्द्र, शिन्जुकुमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई अझ संगठित, प्रभावकारी र सामाजिक रूपमा उत्तरदायी बनाउने प्रतिबद्धता जाहेर गरेको छ।


महाधिवेशनमा जापानभर रहेका म्याग्देलीहरू, विभिन्न संघसंस्था, अभियन्ता र समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


अधिवेशनको उद्घाटन र सम्बोधन



अधिवेशनको उद्घाटन मोना अन्तर्राष्ट्रिय अध्यक्ष ददीवल खड्काले गर्नुहुँदै विश्वभर छरिएर रहेका म्याग्देलीहरूलाई मोनाको सञ्जालमा आबद्ध हुन आह्वान गर्नुभयो। उहाँले मोनाले प्रवासमा मात्र होइन, म्याग्दीमा समेत शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सकारात्मक योगदान दिँदै आएको उल्लेख गर्नुभयो।

अध्यक्षमा गणेश श्रेष्ठ, पूर्ण कार्यसमिति गठन


महाधिवेशनबाट गणेशप्रसाद श्रेष्ठको नेतृत्वमा नयाँ २७ सदस्यीय कार्यसमिति चयन गरिएको छ। अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा मोनाका सफल कार्यक्रमहरूलाई निरन्तरता दिँदै, नवीन सोच र योजनाका साथ सामाजिक र सांस्कृतिक अभियानहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।



नयाँ कार्यसमिति (२०२५–२०२७)


  • अध्यक्ष: गणेशप्रसाद श्रेष्ठ
  • वरिष्ठ उपाध्यक्ष: टिका बहादुर छन्त्याल
  • उपाध्यक्षहरू: प्रकाश तुलाचन, महेन्द्र चोखाल, सागर कार्की, हिरा बुढाथोकी, पवित्रा पुन, धनमाया पूर्जा, रेखा केसी
  • क्षेत्रीय उपाध्यक्ष: उज्ज्वल बानियाँ
  • महासचिव: सुरेश पुन
  • सचिव: गणेश बानियाँ
  • कोषाध्यक्ष: ज्ञानेन्द्र कार्की
  • सह–कोषाध्यक्ष: दिपक सुबेदी
  • क्षेत्रीय सचिव: सुरेश सुनार
  • महिला संयोजक: उषा हमाल
  • सांस्कृतिक संयोजक: अविसारा पूर्जा
  • युवा संयोजक: गणेश छन्त्याल
  • सदस्यहरू:
    विवेक खड्का, गणेश गिरी, प्रविण केसी, ईश्वर सुबेदी, नवराज भण्डारी, नविन खत्री, सम्झना खड्का, गोकुल कार्की, सिजन शाही, भगवती क्षत्री, राजेन्द्र छन्त्याल, विनोद रेग्मी


सपथ ग्रहण र प्रमाणपत्र वितरण


नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक दिपक कार्की, उपसंयोजक राम खड्का र सदस्य प्रेम पुनले सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

विगतको योगदानप्रति सम्मान

महाधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष बिशाल केसीले गर्नुभएको थियो। उहाँले आफ्नो कार्यकालमा आयोजित मोना फेस्टिवल, सामाजिक सहयोग, आपतकालीन उपचार र समुदायका विविध कार्यक्रमहरूको सफल कार्यान्वयनको स्मरण गर्दै सबैप्रति आभार प्रकट गर्नुभयो।


आगामी योजनाः दोस्रो मोना फेस्टिवल र सामाजिक अभियान


नव कार्यसमितिले आगामी २०२६ अप्रिलमा दोस्रो मोना फेस्टिवल आयोजना गर्ने घोषणा गरेको छ। कार्यक्रममार्फत नेपाली कला, संस्कृति र म्याग्दीको पहिचान प्रवर्द्धन गर्नुका साथै, जन्मभूमिमा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने योजना सार्वजनिक गरिएको छ।


Chochangi Tool 



Saturday, August 9, 2025

मोना क्षेत्रीय समिति शिजुओका जापानको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा धिरज पुन

 



मोना शिजुओकाको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन


शिजुओका, जापान —

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय समिति शिजुओकाको तेस्रो अधिवेशन  अगष्ट 9 तारिक सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ कार्यसमिति गठन गरेको छ, जसले आगामी कार्यकालमा मोनाका विविध गतिविधिहरू सञ्चालन गर्नेछ।


समितिको अध्यक्षमा धीरज पुन चयन भएका छन् भने उपाध्यक्षमा राहुल तिलिजा र प्रेम रान्तिजा चयन भएका छन्। सचिवमा सुदिर प्रधान, सह–सचिवमा मनोज पुर्जा, कोषाध्यक्षमा देबिन बुधाथोकी तथा सह–कोषाध्यक्षमा काजी गुरुङ चयन भएका छन्। साथै, खेलकुद संयोजकमा अबि खड्का र सांस्कृतिक संयोजकमा केसु पाईजा चयन भएका छन्।


नयाँ कार्यसमिति (2025~2027)

पदाधिकारीहरू:

अध्यक्ष: धीरज पुन

उपाध्यक्ष : राहुल तिलिजा

        •      उपाध्यक्ष : प्रेम रान्तिजा

सचिव: सुदिर प्रधान

सह–सचिव: मनोज पुर्जा

कोषाध्यक्ष: देबिन बुधाथोकी

सह–कोषाध्यक्ष: काजी गुरुङ

खेलकुद संयोजक: अवी खड्का

सांस्कृतिक संयोजक: केशु पाईजा


सदस्यहरू:

विनोद घर्ति मगर

मिलन पुन

अजित तिलिजा

करिश्मा गर्बुजा

कुमारी पुन

मन कुमार बुधाथोकी

रिजन श्रेष्ठ


संरक्षक:

चोचाङ्गी तुलबहादुर


सल्लाहकारहरू:

दिनेश पुर्जा

खेम गर्बुजा

विशाल पुर्जा

भिम गर्बुजा

निरोज पुर्जा


नयाँ कार्यसमितिले जापानमा रहेका नेपाली समुदायको हक–हित संरक्षण, नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन, सामाजिक सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन, जन्मथलो म्याग्दी तथा मातृभूमिसँगको सम्बन्ध सुदृढ गर्दै काम गर्ने, र सामाजिक सेवामा सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।


Friday, August 8, 2025

एकता र उत्तरदायित्वको यात्रामा मोना जापानको ९ औं महाधिवेशन टोकियोमा

 


मोना जापानको ९ औं महाधिवेशनको सम्पूर्ण तयारी पूरा, अगष्ट १० मा टोकियोमा हुँदै


टोकियो, जापान — म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको ९ औं महाधिवेशन यही अगष्ट १० तारिख शनिबारका दिन टोकियोमा आयोजना हुने भएको छ। टोकियोस्थित ओकुबो सामुदायिक केन्द्र, शिन्जुकुमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको मोना जापानका अध्यक्ष बिशाल केसीले जानकारी दिनुभयो।


उहाँका अनुसार महाधिवेशनमा जापानभर रहेका म्याग्देलीहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ। विशेष रूपमा शिजुओका, नागोया, क्यूस्यु र सेनदाइ क्षेत्रीय समितिहरूको सक्रिय समन्वयमा व्यापक उपस्थितिको तयारी गरिएको छ।


महाधिवेशनको अवसरमा अतिथीका रूपमा जापानभर रहेका सम्पूर्ण नेपाली संघ–संस्थाहरूलाई समेत औपचारिक निमन्त्रणा गरिएको अध्यक्ष केसीले बताउनुभयो। मोना जापानले सबै संघसंस्थाबीच सहकार्य र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ।


अग्रजहरूको योगदानप्रति सम्मान


जन्मथलो म्याग्दी भए पनि कर्मथलो जापान बनाउँदै विभिन्न पेशा–व्यवसायमा संलग्न रहनुभएका म्याग्देलीहरूलाई एउटै सूत्रमा बाँध्ने कार्य मोना जापानका अग्रजहरूले आरम्भ गरेका थिए। संगठनलाई आजको अवस्था सम्म पुर्‍याउन योगदान गर्ने सबैप्रति मोना जापानले गहिरो कृतज्ञता व्यक्त गरेको छ।


बढ्दो संख्यामा म्याग्देली र बढ्दो जिम्मेवारी


हाल जापानमा म्याग्देलीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ। संख्यामा वृद्धि हुनु भनेको अवसरसँगै समस्या र चुनौतीको वृद्धि पनि हो। मोना जापानले विगतमा पनि आपतकालीन अवस्था, स्वास्थ्य समस्या, रोजगार, अध्यागमन लगायतका विषयमा सक्दो सहयोग गर्दै आएको छ।


अध्यक्ष केसीका अनुसार, “बढ्दो म्याग्देली जनसंख्यालाई संस्थागत रूपमा मोनामा आबद्ध गराउँदै, उनीहरूको समस्याको समाधान गर्ने उद्देश्यसहित यो ९ औं महाधिवेशन आयोजना गरिएको हो।”


नयाँ नेतृत्व र भावी दिशा


महाधिवेशनले मोना जापानको नयाँ नेतृत्व चयन गर्नुका साथै भावी दिशा, नीति तथा कार्यक्रमहरूबारे रणनीतिक छलफल गर्ने अपेक्षा गरिएको छ। म्याग्देली समुदायको हित र एकताको सन्देश फैलाउने यो अवसरमा सहभागी हुन मोना जापानले सबैमा हार्दिक आह्वान गरेको छ।


चोचाङ्गी तुल बहादुर





नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...