Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, February 13, 2023

मगर संघ शिजुओका जापानको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा बिशाल पुन

 



मगर संघ शिजुओका जापानको माघे संक्रान्ति 2079  

पाँचौ अधिवेशन एकैसाथ सम्पन्न अध्यक्षमा बिशाल पुन 


   नेपाल मगर संघ क्षेत्रिय समिती शिजुओकाको पाँचौ अधिवेशनबाट अध्यक्षमा बिशाल पूर्जा पुन चयन हुनु भएको   माघ १ तारिक मगरहरुको राष्ट्रीय पर्व माघे संक्रान्ति कार्यक्रमकै दिनमा सम्पन्न भएको अधिवेशन बाट उपाध्यक्षमा शोभा पुर्जा ,सचिवमा धिरज पुन,सह-सचिबमा राहुल तिलीजा,कोषाध्यक्षमा प्रेम पाइजासहकोषाध्यक्ष भिम गर्बुजा रहेका छन | त्यस्तै कार्यसमितिको सक्रिय सदस्यहरुमा सूस्मिता पुर्जा मगर,इन्द्र रेष्मी मगर,लाल बहादुर थापा मगर,रोहन ढाडा मगर रहेको ,भने संरक्षकहरुमा तुल चोचाड्.गी,आनन्द पुलामीमहेन्द्र श्रिस मगर  दिनेश पुर्जा रहेका छन् | 



 


   कार्यक्रमको उद्घाटन मगर संघ शिजुओका को निवर्तमान अध्यक्ष दिनेश पुर्जाको सभापतित्वमा राहुल तिलिजाले संचालन गरेका थिए 

प्रमुख अतिथि मगर संघ शिजुओका को संस्थापक अध्यक्ष तुल बहादुर  चोचाङ्गी  नेपाल बाट पालनु भएका अभिभावक यामदेवी गर्बुजाभरत साउथ, राज कुमार सम्बा रहेका थिए |


  स्वागत मन्तव्य उपाध्यक्ष विशाल पुनले गरेका थिए, भने 

मानव सभ्यता बोकेको सांस्कृतिक महत्वको चाड माघे संक्रान्ति  मगर हरुको इतिहार , संगठन साथै सामाजिक उत्तर दाईत्वको बारेमा संथापक अध्यक्षले  चोचाड्.गीले बिचार राख्दै आफ्नो संस्कृति  पहिचान लाई सधै जोगाई राख्नु पर्नेमा जोड दिएका थिए |



  

  चेलीबेटी हरुलाई विषेस सम्मान गर्ने पर्व पनी हो “माघे संक्रान्ति”सांस्कृतिक रुपले भरिपूर्ण कार्यक्रम मा नेपाली नृत्य  गित संगित घन्किएको थियो  कलाकारहरु धिरज पुन  राहुल तिलिजाको बेजोड प्रस्तुती रहेको थियो भनेकलाकार बहिनीहरु सुस्मिता पुर्जा मगर  रेणु थापा मगरको कौंरा  नेपाली गितमा उत्कृष्ट नृत्य रहेको थियो 

  निवर्तमान कार्य समितिको कार्यकालको गहिरो समिक्षा  उच्च मुल्याड.कन गर्दै अवरात्र खटिएर काम गर्नुहुने सबैलाई धन्यवाद सहित सम्मान गरिएको थियो  साथै नवनिर्वाचित कार्यसमिती लाई पद तथा गोपनीयता को सपथ ग्रहण संगै सफत कार्यालको शुभकामना दिइएको  ||






नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...