Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, June 21, 2021

मगर जातिको इतिहास, संस्कृति र समाज





 

मगर जातिको इतिहास, संस्कृति र समाज

संसारका सबै आदिवासी जनजातिका सांस्कृतिक मान्यताहरू आधुनिकीकरण, पश्चिमीकरण र स्तरीकरण जस्ता शक्तिशाली तत्वहरूले गर्दा खतरामा पर्दै आएको वर्तमान परिप्रेक्ष्यमा नेपाली समाज र संस्कृतिको विविधतालाई जोगाई राख्नका लागि सबै जातजाति एवं समुदायहरूको वैज्ञानिक अध्ययन अनुसन्धान गरिनु पर्ने प्रमुख आवश्यकता बनेको देखिन्छ । नेपालका १२५ जातिजातिहरू मध्ये मगर जाति जनसंख्याको हिसाबले नेपालमा क्षेत्री र बाहुन पछिको तेस्रो ठूलो जनसंख्या भएको जाति हो भने आदिवासी जनजातिहरूमा पहिलो स्थानमा रहेको जाति हो । 

नेपालमा बोलिने १२३ भाषाहरू मध्ये तिन वटा भाषा मगर जातिभित्र बोलिन्छ । पुरानो समयमा मगरात भनिने कालीगण्डकीभन्दा पश्चिम र कर्णालीभन्दा पूर्वको विशाल पहाडी भूभागलाई नै मगरहरूको मूलथलो मानिन्छ । वर्तमान समयमा नेपालको पचहत्तरै जिल्लाहरूका अतिरिक्त सीमा पारि देहरादून, दार्जिलिङ, सिक्किम र भुटानसम्म फैलिएर बसोबास गरेको मगर जातिको समाज र संस्कृतिमा सांस्कृतिक विनिमयका माध्यमबाट आन्तरिक विविधताहरू भित्रिएका छन् । मगर जातिका मूलत तिन थरीका भाषा र सांस्कृतिक भेदहरू प्रकाशमा आएका छन् । यी तिन थरीका सांस्कृतिक भेदहरूको मध्यवर्ती क्षेत्र ९mभभतष्लन उयष्लत० मानिने गलकोट खुवाक्षेत्रको भिन्न खाले जीवनशैली र सांस्कृतिक अभ्यास बारे यस अघि समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययन–अनुसन्धान हुन सकेको पाइँदैन । 

त्यसकारण प्रस्तुत शोधमा खुवाक्षेत्रको मगर समाज र संस्कृतिलाई संरचनात्मक प्रकार्यात्मक दृष्टिकोणबाट विश्लेषण गरी सिङ्गो मगर संस्कृतिमा एउटा नयाँ आयाम थप्ने प्रयास गरिएको छ । प्रस्तुत शोधमा खुवाक्षेत्र भनिने तारा, हिल र अर्गलको मगर समाजलाई भौगोलिक अवस्थिति र विशिष्ट सांस्कृतिक पहिचनाका आधारमा एउटा समूह मानेर उद्देश्यपूर्ण नमूना छनोट विधिबाट समग्रताको १५% एकाईहरू छनोट गरी वर्णनात्मक ढाँचामा अध्ययन गरिएको छ । जम्मा १०९ घरधुरी सर्वेक्षण, २० जना मुख्य सूचनादाताहरूको अन्तर्वार्ता, ३ जनाको केन्द्रित अन्तर्वार्ता, स्थलगत अवलोकन, २५ जनाको केन्द्रीभूत सामुहिक छलफलका र पूर्वअध्ययन सामाग्रीहरूका माध्यमबाट सङ्कलित गुणात्मक एवं संख्यात्मक तथ्याङ्कहरूको व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएको छ । 

जातीय जनसंख्याको हिसाबले वागलुङ जिल्लामा मगर जाति पहिलो स्थानमा रहेको छ भने जिल्लाको मध्यउत्तर भागमा पर्ने खुवाक्षेत्रमा ४१.६१% मगरहरूको जनसंख्या रहेको छ । मगर भाषामा ‘खुवा’ शब्दको अर्थ लामा–लामा पहाडहरूको वीचको क्षेत्र वा आगोको धुँवा पुत्ताएको भन्ने हुन्छ । वास्तवमा यो क्षेत्र ठूला र लामा डाँडाहरूको वीचमा अवस्थित रहेको तथा खोरिया खेतीको प्रचलनले ख खष्ष् गर्दा बुट्यान फाँडेर आगो लगाउने क्रममा धुँवा पुत्ताउने भएकोले नै ‘खुवाक्षेत्र’ भनिएको बुझिन्छ । पुरानो समयमा विभिन्न भेगबाट फरक–फरक भाषा र संस्कारहरूको अभ्यास गर्ने मगरहरू आएर खुवाक्षेत्रमा बसोबास गरेकाले नै कालान्तरमा यहाँको मगर समाजमा एउटा नयाँ खालको जीवनशैलीको विकास हुन गएको बुझिन्छ । मगर जातिको उत्पत्ति थलो, बसाइँसराइँ जस्ता ऐतिहासिक पक्षका बारेमा विभिन्न विद्वानहरूले मुख्यगरी तिन किसिमका तर्कहरू अघि सारेको पाइन्छ । 

पेशल दाहाल (वि. सं.२०४८), एम. एस. थापा (वि. सं. २०४९), जनकलाल शर्मा (वि. सं. २०५८), राजाराम सुवेदी (वि. सं. २०६३), जोहन थायर हिट्चक (सन् १९१७) आदिले मगर जातिका पुर्खाहरूलाई मध्य–एशियाका घुमन्ते समूहका हुण र हेप्ताल ९धजष्तभ ज्गलक यच ज्भउजतजबष्तिभ० सँग सम्बन्धित मानेको पाइन्छ । बालकृष्ण पोखरेल (वि. सं. २०५५) ले मगर जातिलाई लाखामण्डलतिरबाट मथुरा, कुमाउँ, गढवाल हुँदै खारी प्रदेश भोटसम्म पुगेका लाङ्दर्माका सन्तति खश साम्राज्यका सम्राट नागराज जावेश्वरसँग सम्बन्धित गराएका छन् । 

न्बचथ क्जभउजभचर्म (सन् १९८२), ःष्अजबभ िइउउष्तश (सन् १९८३) आदिले मगर जातिका पुख्र्यौली उत्पत्तिका स्थानीय लोकश्रुतिहरूका आधारमा उनीहरूको सामान्य इतिहासको प्रारम्भ र अन्त्य नेपालमै हुन्छ भनी उल्लेख गरेको पाइन्छ । बुटवलको चुरेक्षेत्र, दाङ उपत्यका, उपल्लो मुस्ताङका साथै लुम्विनी–तिलौराकोट क्षेत्रको पुरातात्विक उत्खनन्हरूबाट प्राप्त अति प्राचीन प्रमाणहरूले नेपालमा आदिमानवको उत्पत्ति र प्राचीन मानव सभ्यता विकासको इतिहासलाई पुष्टि गरेको छ । यसै सन्दर्भमा मगर जातिको पुख्र्यौली उत्पतिको अनुश्रुतिलाई पुरातात्विक अध्ययनको कसी लगाउन सके वास्तविकता छर्लङ्गिने देखिन्छ ।

संसारका सबै आदिवासी जनजातिका सांस्कृतिक मान्यताहरू आधुनिकीकरण, पश्चिमीकरण र स्तरीकरण जस्ता शक्तिशाली तत्वहरूले गर्दा खतरामा पर्दै आएको वर्तमान परिप्रेक्ष्यमा नेपाली समाज र संस्कृतिको विविधतालाई जोगाई राख्नका लागि सबै जातजाति एवं समुदायहरूको वैज्ञानिक अध्ययन अनुसन्धान गरिनु पर्ने प्रमुख आवश्यकता बनेको देखिन्छ । नेपालका १२५ जातिजातिहरू मध्ये मगर जाति जनसंख्याको हिसाबले नेपालमा क्षेत्री र बाहुन पछिको तेस्रो ठूलो जनसंख्या भएको जाति हो भने आदिवासी जनजातिहरूमा पहिलो स्थानमा रहेको जाति हो । नेपालमा बोलिने १२३ भाषाहरू मध्ये तिन वटा भाषा मगर जातिभित्र बोलिन्छ ।

No comments:

Post a Comment

世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...