हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Monday, June 1, 2020
गोरखा भर्तीले देशलाई बर्बाद बनायो
गोर्खा भर्तीले देश बर्बाद बनायो
================
काठमाडौ, जेष्ठ १७ - नेपाली नागरिकलाई गोर्खा सैनिकमा भर्ती गर्ने परम्पराले नेपालीको आत्मसम्मान र राष्ट्रिय स्वाभिमानमा आँच पुर्याएको भन्दै बन्द गर्नुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् ।
उनीहरुले ‘बेलायती र गोर्खा सैनिकलाई गरिने व्यवहारमा एकरुपता नरहेको हुँदा’ बेलायती दासत्वलाई अस्वीकार गर्न पनि गोर्खा भर्ती बन्द गर्न सुझाएका हुन् ।
मिलिजुली गुरुङ समाजले आज यहाँ गरेको अन्तक्र्रियामा गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का अध्यक्ष पदमबहादुर गुरुङले गोर्खा भर्तीका बारेमा बेलायत र नेपालबीच अहिलेसम्म कुनै सम्झौता नै नरहेको जिकिर गरे । राणा शासकले नेपाली युवालाई गोर्खा भर्तीमा पठाएको सन्दर्भ उल्लेख गर्दै गुरुङले भने— अङ्ग्रेज र राणा नेपालको बर्बादीका कारण हुन् ।
नेपालमा गरिबीले गर्दा गोर्खा भर्तीमा नेपाली युवाको आकर्षक बढेको भनाइलाई प्रतिवाद गर्दै गुरुङले भन्नुभयो— सन् १९४७ भन्दा पहिला नेपालको ऋण नै थिएन, जनसङ्ख्या पनि ५० लाखको हाराहारीमा थियो, बरु राष्ट्र निर्माण्मा लाग्नुपर्ने नेपाली युवा गोर्खा भर्तीमा गएपछि देश झन् पछि पर्यो ।
उनले विश्वमा हुने गरेका कुनै पनि युद्धमा नेपालको संलग्नता नरहेका कारणले पनि नेपालीहरु अन्य देशका लागि युद्धमा सहभागी हुन नहुनेमा जोड दिए ।
सोही कार्यक्रममा प्रा डा श्रीधर गौतमले नेपालको सरकार जनपक्षीय हुन नसकेका कारणले गोर्खा भर्ती पहिलेदेखि नै विभेदपूर्ण हुने गरेको बताए । गौतमले गोर्खा भर्ती रोकेर नेपालमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए ।
समाजशास्त्री डा गणेश गुरुङले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन वीर गोर्खालीले सहयोग गरेकाले यो बन्द गर्नु या नगर्ने भन्दा पनि देशमै आन्तरिक रोजगारको अवसर सिर्जना गर्नुपर्ने बताए । अहिले विश्वव्यापीकरणको प्रभाव र विभिन्न मुलुकका बीचमा ज्यालामा हुने भिन्नताले गर्दा कुनै पनि राष्ट्रका नागरिकलाई भर्ती मात्र नभएर वैदेशिक रोजगारीमा रोक्न नसकिने उनको तर्क थियो ।
उनले भने–“मुलुकमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ र युवालाई त्यसतर्फ आकर्षित गर्नुपर्छ तर भर्ती रोक्ने होइन भर्तीमा जाने नजाने उनीहरुको इच्छा, चाहना र सक्षमताको कुरा हो ।”
यसअघि गोर्खा भर्तीमा आधारित रहेर तयार गरिएको वृतचित्र ‘को बन्छ लाहुरे’ प्रदर्शन गरिएको थियो । गोर्खा भर्तीका विभिन्न चरणका अभ्यास, छनोट प्रक्रिया र अन्य आयामलाई समेटेर तयार पारिएको वृतचित्र एक घन्टा १७ मिनेटको छ ।
Subscribe to:
Post Comments (Atom)
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment