協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Sunday, May 24, 2020
मैले चिनेको र बुझ्को नेन्शन मन्डेला
नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए ! सबैले आ-आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले !त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना ब्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए ! मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती ब्यक्तिलाई पनि आफ्नो टेबलमा बोलाउन भने !
अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले ! ति ब्यक्तिले पनि खाना खान थाले ! तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो ! उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो ! खाना खाई सकेर ती ब्यक्ति शिर झुकाएर फ़टाफट होटलबाट निस्किए !
ति ब्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने- राष्ट्रपति महोदय, ती ब्यक्ति धेरै बिरामी देखिन्छन् ! खाना खाने समयमा उसको हात र शरीर लगातार काँमिरहेको थियो ! पसिना पनि आइरहेको थियो ! र उनी साह्रै आत्तिएका देखिन्थे !
मण्डेलाले भने- तपाईले सोचेको ति ब्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन ! बास्तबमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती ब्यक्ति त्यो जेलका जेलर थिए !
मेण्डेलाले अगाडि भने - जब उनले मलाई यातना दिन्थे म बेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती ब्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे !
मण्डेलाले फ़ेरि अगाडि भने- अहिले म देशको राष्ट्रपति छु ! सायद उसलाई लाग्यो होला उसको साथ पनि मैले त्यस्तै ब्यबहार गर्नेछु ! तर, मेरो चरित्र त्यस्तो छैन ! मलाई लाग्छ कि बदलाको भाबनाले काम गर्दा बिकासतिर होइन बिनाशतिर गइन्छ ! धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै बिकासतर्फ बढ्न सक्छौं !!
Subscribe to:
Post Comments (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...
No comments:
Post a Comment