हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Sunday, March 8, 2020
नेपाल रेडक्रस सोसाइटी बेग उपशाखा रघुगंगा गाउँपालिका-१ बेगखोला म्याग्दीको ७औं बार्षिक सधारण सभा तथा अधिवेशन बेग देउरालीमा सम्पन्न
<समचार अपडेट दल प्रसाद तिलीजा बेगबाट>
फागुन २५ गते आइतबार
म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोला बेग देउरालीमा नेपाल रेडक्रस सोसाइटी बेग उपशाखा रघुगंगा गाउँपालिका-१ बेगखोला म्याग्दीको ७औं बार्षिक सधारण तथा अधिवेशनमा नौ ओटै टोलको व्याक्तिहरू लाई बोलाईएर यसै मिति २०७६\११\२४ गते सनिबारको दिनमा सधारण सभामा नेपाल रेडक्रस सोसाइटीले ९ ओटै टोलमा ९ वटा स्टेचर वितरण गरेको थियो।
नेपाल रेडक्रस सोसाइटीको प्रमुख महा मन्त्री याम बहादुर चोखाल ज्यूले यस ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो भने नेपाल रेडक्रस सोसाइटी बेग उपशाखा रघुगंगा-१ बेगखोला बेगमा नेपाल रेडक्रस सोसाइटी स्थापना २०६९ सालमा स्थापना भएको र यस उपशाखाले आफ्नो स्थर स्थापना काल देखी नै रेडक्रसको आधारभूत सात शिद्धान्तहरूलाई सिरोपोर पार गर्दै आफ्नो काम र कर्तव्य गर्दै आईरहेको यस उपशाखाले २०७३ सालको पहिरोमा पुरिएका स्थानियहरूको पुनरबास व्यवस्था सहयोग गर्दै आएको र यस्तै बेगखोला प्राकृतिक विषयका विकदहरूलाई समयमा रेडक्रसले राहत वितरण गर्दै आएको भन्दै सह सचिब खिम बहादुर फगामी ज्यूले बताउनुभएको थियो। पुरानो पदमा आठ जना समिति गठन गरिएको थिए सभापति पुर्ण परिवार उप सभापति बेग बहादुर पुर्जा सचिव दुद बहादुर गर्बुजा सह सचिब खिम बहादुर फगामी कोषाध्यक्ष राज कुमारी गर्बुजा सदस्य दल बहादुर गर्बुजा सदस्य ठ प्रसाद फगामी र सदस्य प्रेम मायाँ पाईजा रहेका वताईएको छ भने यस रेडक्रस सोसाइटीको सदस्यहरु ११८ जना मध्ये उपशाखा आजिवन विशिष्ट सदस्यहरुको नाम भने लेखिएको छैन देस विदेशमा बस्ने बेगखोलेहरूले आजिवन सदस्य लिनु भएको छ भनेर फगामीले बताएका थिए। नयाँ समितिगठन गरिएको हो तर फोटो भने छैन र नाम पनि नभएको कारणले पोष्ट गरिएको छैन पछि जानकारीमा पोष्ट गराउँने नै छु।
गाउँ घरमा घट्ने घट्नाहरूलाई रेडक्रसले उद्दार गर्दै यसै मिति २०७२ सालमा ठूलो भुकम्प आएको थियो २०७३ सालमा ठूलो बाढी पहिरो भएको थियो बेगखोलामा भन्नाले समग्रमा बेगखोला साविक बेगखोला गा.वि.स अन्तर्गत भित्र पर्ने ठूलो पहिरो चलेको थियो त्यसमा पनि नेपाल रेडक्रस सोसाइटी उपसाखाले पनि विभिन्न किसिमका सक्ने सहयोग गरेको वताईएको छ। चार जना अपाङ्ग लाई छनोट गरी स्वास्थ्य परिक्षण गर्दा उहाँहरूले पाउँने सामाग्री समान प्राप्त गरेका थिए भने हिड्न गाह्रो हुने रिम वहादुर गर्बुजा, दुर्गा बहादुर फगामी, सुदी मायाँ गर्बुजा, टिका मायाँ गर्बुजा, दिल बहादुर पुर्जा र भक्त वहादुर फगामी लगायत ६ जनालाई लठ्ठी वितरण गरेको हो। आँखा कम्जोर हुने पावर चश्मा नर मायाँ तिलीजा, विष्णु मती पुन, मन मायाँ बि.क, ट मायाँ शेर्बुजा, धनसरी तिलीजा, धन मायाँ परिवार, कुमार तिलीजा, टक बहादुर बागदास,सुन मायाँ वि.क,भिम मायाँ तिलीजा र खेम बहादुर पुर्जा गरी ११ जनालाई पावर चश्मा वितरण गरेका थिए कान नसुन्नेहरूलाई पनि मेसिन उपलब्ध गराए पछि नर देवी फगामी, धनलाल गर्बुजा, कुल देवी पुर्जा सुवित्रा गर्बुजा,कुमार तिलीजा, हस्त बहादुर गर्बुजा र फग बहादुर गर्बुजा गरी सात जनालाई कानको मेसिन वितरण भैसकेको जनाएको छ भने एक जना ड्राईप्रेस च मायाँ फगामीलाई र अर्को आईर म्याट्रेस टिका मायाँ पुर्जालाई वितरण गरेको थियो।
यसै गरी आइरिश रेडक्रस आर्थिक सहयोगमा यस म्याग्दी जिल्लामा पर्ने रघुगंगा गाउँपालिका अन्तर्गत पर्ने दग्नाम चिम्खोला र बेगखोला गरी ३ वडामा सामुदायिक जिवीको पार्जन प्रवद्धन कार्यक्रम सम्पन्न गरि नेपाल रेडक्रस सोसाइटी र रघुगंगा गाउँपालिकाको समन्वय गरी रघुगंगा गाउँपालिका-१ बेगखोलामा रेडक्रसले किबी खेतीमा १९ जनालाई १५ ओटा विरूवा र १५ हजार बराबरको सामाग्री वितरण गरेको जनाएको छ सुन्तला खेतीमा दर्तामा ४८ जनालाई समाबेश गरेको र ओखर खेतीलाई गछ्या अनुसार ओखरको विरूवा खेती ९ जनालाई वितरण गरेको जनाएको बताइएको छ। यी सब विरूवाको तालिम दिई खेती लगाइएको बताएका छन्।
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...


No comments:
Post a Comment