हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Saturday, March 9, 2019
मण्डली बजै चिम्खोला
आज बिहान सबेरै म्याग्दी चिमखोला मण्डली बजैको फोटो देख्न पाउदा खुशिको साथ आत्मा हृदय देखी सेवा गरे ।
मण्डली बजैको फोटो उपलब्ध गराउनु हुने पेजको एड्मिन ज्यु लाई हृदय देखी नै धेरै धेरै धन्यवाद ।
मण्डली बजैको वास्तविक सक्कली फोटो अझसम्म मैले कहि देखेको थिएन । मण्डली बजैको थानमा मेरो त्यो बाल्यकालको उमेरमा पुजाआजा गर्न गएको पनि झन्डै २९/३० बर्ष पुगेको अनुमान गरेको छु । नेपालमा नभए पनि मेरो नाममा मण्डली बजैलाई पुजाआजा दर्शन मेरो परिवारले गर्नु भएको छ । साथै मण्डली बजै प्रती मेरो बिश्वास पनि छ किनकि परेकोलाई मात्र थाहा हुन्छ । हाम्रो पुर्खाको परम्परागत रुढीबादी बिश्वासलाई अन्धविश्वास मान्ने समाज पनि धेरै छन् । किनभने उनिहरुलाई परेको छैन बुझेका छैनन् । हाम्रो परम्परा रुढीबादी र पुख्र्यौली विविधता माथी डाह गर्न पछि परेका छैनन् । म यो चाहन्छु कि हामीले आफ्नो पुर्खाको विविधता भित्र रहेर स्वतन्त्र अधिकार ले हाम्रो समुदाय र नेपाली समाजमा मानव सभ्यताको परिचय दिएर बाच्न सकुन,रमाउन सकुन्,हास्न सकुन् ,गरिखान पाउन आफ्नो भेषभुषा आफै सँग सिमित छ । स्वतन्त्र अधिकाकारले आफ्नो पहिचान झल्काउने पाउन । स्वार्थी पुरा गर्नको निम्ति विसुद्द राजनीतिको झण्डा समातेर धर्मको नाममा समुदाय र नेपाली समाजलाई विखण्डन गर्ने जस्ता वातावरणको सृजना गरि भातभैलो मच्चाउन खालको प्रवृत्तिहरु उत्पन्न नगरुन ।
मण्डली बजैले सबैको कल्याण गरुन
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment