(गाँउले कथा) - उहिले जुठेको परिवारमा प्रायः सधैं जसो झगडा भइरहन्थ्यो रे।कारण एउटै थियो कि-जुठेको बाबा र आमा आपसमा तिमीलाई भन्दा मलाई बढ्ता दुःख भयो।स्वभावैले गरिव परिवार ,लाउन खानको अभाव,उमेरले चालिस काटिसकेको,सधैं जसो अर्काको हलो जोतिरहनु पर्ने,एक चोंठी जाँड र एक माना मकैको ठेलाले दिन घचेटनु पर्ने,कामको थकाइ,शरीर कम्जोर भएर या कुन्नि?आज घर पुग्दा बित्तिकै बौनाको पानीले दाँया हात मात्रै छम्केर बुडिले तयार परेको खाना खाई भुक्लुक्क पल्टनु पर्ला भन्ने कल्पना गर्दै घर भित्र पस्छ।बुडी भने बल्ल ढुंग्रोले फु फु... गर्दै आगो सल्काउदै रैछिन आजको दैनिकी त्यहीँबाट शुरु हुन्छ।
आपसमा भनाभन चलिरहदा त्यो दिन त झन ठुलै रुप लिएछ झगडाले।आखिर भोली देखी काम साँटेर गर्ने कुराले झगडा साम्य भएछ।जिन्दगीमा बुडाले या बुडीले त्यो काम कसरी गरे होला भनेर कल्पनासम्म नगरेका दुबै जना आज राती भने राम्ररी सुत्न सकेनन् भोलि देखी गर्नु पर्ने नौलो कामको चिन्ताले।हिंजो कै सर्तनुसार हलो जुवा काँधमा बोकेर गोरु धपाउदै जुठेकी आमा खेत तिर लागिन।उता जुठेको बाबा भने हिंजो खाना तयार नपारेकै निँउमा त्यत्रो जात्रा मच्चिएकोले भरे बेलुकीको खाना तयार पार्न बिहानै देखी तमतयार हुनु पर्छ भन्ने लागेर हिंजो बुडीले ढिकीमा कुटेको चामल केलाउन सबै सामान जम्मा पार्छ तर नाँङ्लो मुनी पतेस-पतेस गरेर आवाज दिने चिज भने दिन भरी खोजिमरे पनि भेटिनछ।अरु गर्नु पर्ने दर्जनौं कामहरु त झन कता हो काता?पसिना चिट-चिट छुटेको छ,दिन ढल्की सक्यो हत्तेरी?बुडीले पुरै खेत जोतेर फर्कने बेला भयो।हिंजो बुडीलाई मनपरि लगाएको बचनहरु संझेर उ धेरै नै पश्चात्ताप गरिरहन्छ।
उता बुडी पनि बल्ल तल्ल हलो जुवा खेतसम्म पुर्याएर गोरु नार्न तमतयार हुन्छे।गोरुको काँधमा जुवा चढाएर डोडी त खोइ कसरी बाँधिन कुन्नि?घाँसको मुठा बाँधे जसरी कसिछन।तर जुवामा हलुँडो कताबाट छिराउने मरेकाटी मेसो पाईनछन।कहिं कतै छोरा मान्छेको बिउ भेटिए पनि सोध्नु हुन्थ्यो भन्छिन मनमनै तर भेटिदैन।आज बर्बाद हुने भयो बुडाले घरको सबै काम सकेर खाना तयार पारिसके होलान् ।घर पुगेर के भन्ने होला?हिंजो बढी भएर ट्याँउ-ट्याँउ गरेको थुतुनो एकछिन आफै बटार्छे।झ्याप्पै साँझ पर्न थालिसक्यो।अब कहिल्यै पनि बढी भएर मुख फर्काउने छैन मन भित्रै देखी अठोट गर्दै घर पुग्छे।बुडा बुडी आपसमा डराए जस्तो,नरमस भए जस्तो एकछिन हेराहेर हुन्छन।पहिले बुडा मुसुक्क हाँस्छ।संगै बुडी पनि हाँस्छे।घरमा गरिनु पर्ने कुनै काम गरिएको थिएन।आगो न मुगो,कुखुरा चल्ला स्याँउ-स्याँउ बिचल्ली नै थियो।
आज कुन्नी?जुठेको बाबाको पुरुषार्थ भने निक्कै खस्किएको देखिन्थ्यो।माफ गर बुडी आज बिहानै देखी चाङोल केलाउन खोजेको नाङ्लो मुनिबाट आवाज दिने चिज कुन ठाँउमा राखेकी हौ?भेटिन।खोज्दा खोज्दै अरु काम गर्न भ्याइन।बुडी मरिमरी हाँस्छे।मुर्ख छोरा मान्छे के चिज हुनु र?औंलाको आवाज हो एकै छिनमा केलाएर देखाइन।हो हो... जुठेको बाबा आज साँच्चै लम्पसार नै परेको देखिन्थ्यो।यसै मौकामा जुठेकी आमाले पनि आफ्नो कमजोरी पस्कने मौका छोपिहालिन।मलाई पनि माफ गर बुडा म पनि तिम्रै जस्तो समस्यामा परेर आको छु आज।जुवामा हलुँडो छिराउने मेसो नपाएर एक सिउ पनि जोत्न पाइन कुरा नमेटिदै बुडो पनि गज्जवले हाँस्छ।सायद World cup मा आफ्नो टिमले पनि एक गोल फर्काए जस्तो महसुस गर्दै लामो.....सुस्केरा... काड्छ।घरको मुख्य अभिबाबक बुडो आज निक्कै भावुक हुंदै बुडीलाई अंगालो मार्छ।गल्ती ठुलो मेरो थियो सानो तिम्रो पनि।आँउदा दिनहरुमा यस्ता खाले गल्तिहरु हामीले दोहोराउनु हुँदैन।आफुले जानेको काम तिमी गर,मैले जानेको म गर्छु।तिमीले मलाई बुझ्ने प्रयास गर,म तिमीलाई बुझ्ने छु।झगडा होइन कहिल्यै झगडा होइन।
"Right man is in the right place"
हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Friday, February 15, 2019
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...
No comments:
Post a Comment